एमाले नेतामाथि घरैमा खु र्पा हा नियो, ग म्भी र घा इ ते

काठमाडौं – नेकपा एमालेका केन्द्रीय सल्लाहकार परिषद् सदस्य गोपाल गुरागाईँमाथि धनकुटास्थित घरैमा धारिलो हतियार खुर्पा प्रहार गरिएको छ।

शनिबार मध्यान्ह १२ बजेको समयमा धनकुटा नगरपालिका-६ आत्मरास्थित निवासमै ७५ वर्षीय गुरागाईंमाथि छिमेकीले खुर्पा हानेका हुन्।

उनलाई छिमेकी २३ वर्षीय दिनेश पोखरेलले खुर्पा प्रहार गरेको जिल्ला प्रहरी कारयालय धनकुटाका प्रहरी उपरीक्षक लक्ष्मीराज अधिकारीले बताएका छन्।

गुरागाईंमाथि खुर्पा हान्ने पोखरेललाई प्रहरीले तत्कालै पक्राउ गरेको छ। पोखरेलले प्रारम्भिक बयानमा गुरागाईंको ज्यान लिने उद्धेश्यले खुर्पा हानेको बताएका छन्।

प्रहरीका अनुसार गुरागाईंलाई खुर्पा हान्ने युवा मानसिक तनावमा परेर डिप्रेसनको औषधि लिइरहेका थिए। प्रहरीले मानसिक बिरामीको सामना गरिरहेका पोखरेललाई कसैले उकासेर खुर्पा हान्न लगाएको हुनसक्ने जनाएको छ।

खुर्पा प्रहारबाट घाइते गुरागाईंको आँखामाथिको भागमा गहिरो चोट लागेको छ। उनलाई अहिले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारका लागि भर्ना गरिएको छ।

यो पनि हेर्नुहोस् । नेकपा एमालेले विराटनगर महानगरपालिकाको प्रमुख (मेयर) र उपप्रमुख (उपमेयर) पदको उम्मेदवार सिफारिस गरेको छ ।

एमालेले आगामी वैशाख ३० गते हुन लागेको स्थानीय निर्वाचनका लागि प्रमुखमा ५ जना र उपप्रमुखमा तीन जनाको नाम सिफारिस गरेको हो । एमालेको विराटनगर महानगर कमिटीको बैठक शनिबार पार्टी कार्यालय पाञ्चालीमा बसेको थियो ।

प्रमुखको उम्मेदवार सिफारिस गरिएकाहरुमा रामलाल साह, बाबुराम कार्की, सागर थापा, पर्शुराम बस्नेत र महेश भट्टराई रहेका छन् । एमालेले उम्मेदवारको रुपमा चर्चामा आएका केन्द्रीयस्तरका नेताको नाम भने सिफारिस गरेन ।

यसअघि एमालेका केन्द्रीय नेता तथा पूर्वमन्त्रीहरू लालबाबु पण्डित, जीवन घिमिरेलगायतको नाम चर्चामा ल्याएको थियो । सिफारिस गरिएको नाममध्ये थापा एमाले विराटनगरका अध्यक्ष हुन् भने साह केन्द्रीय सदस्य, कार्की जिल्ला उपाध्यक्ष, बस्नेत र भट्टराई प्रदेश सदस्य हुन् ।

यस्तै एमालेले उपप्रमुखमा शिल्पा कार्की, बिमला घिमिरे दाहाल, अन्जु उपाध्याय (शिला) को नाम सिफारिस गरेको छ । कार्की एमाले महानगरपालिकाकी उपाध्यक्ष हुन भने दाहाल प्रदेश सदस्य र उपाध्याय जिल्ला सदस्य हुन् । जिल्लाले प्रदेशमा पठाएपछि प्रमुख र उपप्रमुखको नाम टुंग्याउने बताइएको छ ।

यसैबीच एमालेले तीन वटा वडाको वडाअध्यक्षसहित सदस्यहरूको नाम टुंगो लगाएको छ । विराटनगर १०, ११ र १९ नम्बर वडाको उम्मेदवारी सर्वसम्मतिले टुङ्ग्याएको हो ।

विराटनगर १० को वडाअध्यक्षमा अर्जुन गिरी, ११ मा तिर्थेन्द्र न्यौपाने र १९ मा श्याम घिमिरेलाई पार्टीले वडाअध्यक्षको उम्मेदवारी बनाउने सर्वसम्मतिले टुंगो लगाएको एमाले विराटनगरका अध्यक्ष सागर थापाले बताए ।

न्यौपाने विराटनगर ११ का हालका वडाअध्यक्ष हुन् । सिफारिसमा परेका अन्य भने नयाँ अनुहार हुन् । बाँकी रहेका १६ वटा वडाका उम्मेदवार पनि केही दिनभित्रमा टुंग्याउने एमालेले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...