प्रेस काउन्सिल पुगेर ऋषि धमलाले सिकेर आए यस्ता कुरा, भने अब सुध्रन्छु !

काठमाडौं – सञ्चारकर्मी ऋषि धमलाले प्रेस काउन्सिल नेपालको कार्यालयमा पुगेर पत्रकार आचार संहिता पालना गर्ने प्रतिबद्धता ब्यक्त गरेका छन् ।

उनको लिखित स्पष्टिकरणमा चित्त नबुझाएपछि सोमबार छलफलका लागि काउन्सिलले कार्यालयमा बोलाएको थियो । 

सञ्चारकर्मी धमलाले आफूलाई पत्रकार आचारसंहिताबारे थाहा नभएको र अब पालना गर्ने बताएका छन् । उनले आफूबाट कमी कमजोरी

भएको स्वीकार गर्दै आगामी दिनमा सुधारेर जाने प्रतिबद्धता ब्यक्त गरेको प्रेस काउन्सिलका सुचना अधिकारी रामशरण बोहोराले जानकारी दिए । 

प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमण सकेर स्वदेश फर्किने क्रममा भिडियो छायांकन गर्दै धमलाले देउवा बसेको स्थानमा जर्बजस्ती घुस्ने प्रयास गरेका थिए ।

सो सामग्री प्राइम टिभीबाट समेत प्रशारण भएपछि काउन्सिलले चैत २२ गते २४ घण्टे लिखित स्पष्टिकरण सोधेको थियो । धमलाले बुझाएको लिखित स्पष्टिकरण चित्त बुझ्दो नभएको भन्दै काउन्सिलको बैठकले सोमबार उनलाई छलफलका लागि बोलाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...