पूर्व सेनापतिमाथि दुव्र्यवहार

काठमाडौं : पावरमा हुँदा विवेक नपुर्याएर अनावश्यक पेलान दिएको र अन्याय गरेको भन्दै एक जना भूतपूर्व जर्नेलले भर्खरै अवकाशप्राप्त पूर्व सेनापतिलाई अभद्र व्यवहार गरेको चर्चा सैनिक वृत्तमा चलेको छ ।

स्रोतका अनुसार पूर्वजर्नेल सञ्जयसिंह भण्डारीले निवर्तमान चिफ पूर्णचन्द्र थापालाई दुव्र्यवहार गरेका हुन् । उनले पूर्व जर्नेल रमिन्द्र क्षेत्रीको ४०औं वैवाहिक उत्सवमा सहभागी हुँदा आफ्ना चिफलाई नानाभाँती भन्दै आक्रोश पोखेको बताइन्छ ।

द्वन्द्वकालमा कार्यालय आउन लाग्दा माओवादी आक्रमणमा गोली लागेर घाइते भई कम्मरमुनिको भाग नचल्ने अवस्थामा पुगेका जर्नेल रमिन्द्रले सोल्टी होटलमा फागुन महिना ४०औं वैवाहिक उत्सवको आयोजना गरेका थिए ।

त्यहाँ सहभागी पूर्वसेनापति थापाविरुद्ध जर्नेल भण्डारीले आफूलाई पूर्वाग्रह राखेर बढुवा नदिइकन घर पठाएको भन्दै अपशब्द प्रयोग गरेको स्रोतले बताएको छ ।

लोसपा नेता शरदसिंह भण्डारीको भाइ नाताका सञ्जय पूर्वसेनापति थापाको अन्यायमा परेका धेरै सैनिक अधिकृत एकजुट भएर विरोधमा लागेको र भेटेको खण्डमा नछोड्ने भन्दै बम्किएका थिए । थापाले सबैसँग हात मिलाउँदै गरेको अवस्थामा भण्डारीले आँखा तर्दै हात मिलाउनसमेत इन्कार गरेका थिए ।

यो घटनाबाट ‘मुडअफ’ भएका थापा त्यसपछि पूर्वसेनापति राजेन्द्र क्षेत्रीले नातिनीको पास्नीमा जंगी अड्डाभित्र आयोजित पार्टीको निम्तो दिंदा पनि नगएको स्रोतले बताएको छ । त्यसैले पूर्व सेनापति थापा आजभोलि नितान्त निकट नातेदारको जमघटबाहेक कुनै पनि सार्वजनिक समारोह र निम्तोमा देखिन छोडेको दाबी स्रोतले गरेको छ । जनआश्था साप्ताहिकमा खबर छ l

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...