पेङदोर्जेको प्रतिमा सहित डम्फु पार्क निर्माण हुदै !

काभ्रे– काभ्रेपलाञ्चोकको डाँडापारि स्थित खानीखोला गाउँपालिका वडा नं. ३ र ४ को सिमाना डाँडागाउँमा तामाङ समुदायको सांस्कृतिक बाजा डम्फुको आविस्कारक पेङ दोर्जेको प्रतिमा सहित डम्फु पार्क निर्माण कार्य अगाडि बढेको छ ।

सो ठाउँमा आवश्यक जाग्गा व्यवस्थापन गरेपछि संघिय सरकारको आर्थिक सहयोगमा वरिपरि पर्खाल लगाउने र घेराबाट काम भईरहेको खानीखोला गाउँपालिका वडा नंं ३ का वडाअध्यक्ष सागर जिम्बाले बताएको खबर जनप्रतिरोध साप्ताहिकले प्रकाशन गरेको छ ।

अहिलेसम्ममा सो ठाउँमा डम्फु स्तम्भ निर्मााका लागि ठाउँ सम्बाउने देखि फाउन्डेशन निर्माण गरिसकेको र करिब डेढ रोपनी क्षेत्रफलमा सो पार्क निर्माण गर्न लागेको उनले बताए । संघिय सरकारको सस्कृति,पर्यटन तथा नागरिक उडड्यन मनलयबाट तत्कालिन मन्त्रि हित बहादुर तामाङ रहेको बेला बिनियोजिन सो ठाउँमा पार्क निर्माणको काम अगाडि बढेको हो ।

सो ठाउँमा ठुलो डम्फुको आकृति पेङदोर्जेको प्रतिमा सहितको बगैचा निर्माण हुनेछ । अहिले सो ठाउँमा स्थानिय उपभोक्ता समितिमार्फत जग्गा सम्याउने, पर्खाल लगाएर घेराबार गर्ने काम भईरहेको छ ।

सांस्कृतिक ईतिहास सहितको उक्त काम सम्पन्न भएपछि सो ठाउँमा आन्तरिक तथा बाह्य पर्यटकको आवागमन हुने अपेक्षा गरिएको खबर जनप्रतिरोध साप्ताहिकबाट सभार गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...