Advertisement

नेपाल बैंक र पूर्वाञ्चल विश्वविद्यालयबिच सम्झौता

Advertisement

काठमाडौं : नेपाल बैंक र पूर्वाञ्चल विश्वविद्यालयबिच बैंकिङ कारोवार गर्ने सम्बन्धी एक सम्झौतामा हस्ताक्षर भएको छ । उक्त सम्झौता बमोजिम नेपाल बैंकले पूर्वाञ्चल विश्वविद्यालयमा कार्यरत कर्मचारी एवम् विद्यार्थिहरुलाई आधुनिक एवम् सहुलियतपूर्ण बैंकिङ सेवा प्रदान गर्ने व्यवस्था गरिएको छ ।

विश्व विद्यालयमा कार्यरत सम्पूर्ण कर्मचारीहरुको तलबी खातामा बैकले बचत निक्षेपको उच्चतम ब्याजदर प्रदान गर्ने, निःशुल्क डिजिटल बैंकिङ सुबिद्याहरु उपलब्ध गराउने, बैंकको लकर भाडामा छुट प्रदान गरिने, विश्वविद्यालयमा कार्यरत कर्मचारीहरुलाई सहुलियत ब्याजदरमा कर्जा प्रदान गर्ने निःशुल्क डेविट÷क्रेडिट कार्ड सुबिधा उपलब्ध गराउने र विश्वविद्यालयको आवश्यकता अनुसार थप बैंकिङ्ग सेवा सुबिधा उपलब्ध गराउने सम्वन्धी सम्झौतापत्रमा विश्वविद्यालयको तर्फबाट रजिष्ट्रार निलमणि पोख्रेल र नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीले हस्ताक्षर गरेका हुन ।

इटहरीमा आयोजित एक समारोहमा पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा.डा.यादवराज कोईरालाले समयसंगै अघि बढ्दै गइरहेको नेपालकै जेठो बैंकसंग पुर्वाञ्चल विश्वविद्यालयले गरेको यो सम्झौता कोशेढुंगाको रुपमा रहने उल्लेख गर्दै भविश्यमा विश्वविद्यालय र बैंक बीचको यो सम्बन्ध थप सुदृठ हुंदै जाने विश्वास व्यक्त गरे । विश्वविद्यालयका रजिष्ट्रार निलमणि पोखरेलले नेपाल बैंक लिमिटेड पहिलो र भरपर्दो भएको साथै यसले आफ्नो सेवा प्रवाहमा व्यापक सुधार गरेको देखिएकोले सम्झौतापत्रमा हस्ताक्षर गरिएको बताउदै विश्वविद्यालय र बैंकलाई अझ व्यवसायिक उचाईमा कसरी पु¥याउन सकिन्छ भन्ने विषयमा आफूहरुको जोड रहने उल्लेख गरे ।

बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारीले वित्तीय कारोवारको लागि नेपाल बैंकलाई छनोट गरेकोमा पूर्वाञ्चल विश्वविद्यालयप्रति हार्दिक आभार व्यक्त गरेका थिए । नेपाल बैंक समय संगै गतिशिल बन्दै गइरहेको र आम नेपालीको साझा बैंक भएको उल्लेख गर्दै उनले नेपाल बैंकका उर्जाशिल कर्मचारीहरु र व्यवस्थापनको अथक मेहनत र परिश्रमले गर्दा यो बैंक प्रगतिपथमा लम्कीरहेको र सम्पूर्ण ग्राहकहरुलाई अझैउत्कृष्ट स्तरको वित्तीय सेवा प्रदान गर्दै जाने प्रतिबद्घता पनि व्यक्त गरेका थिए ।

उक्त कार्यक्रममा पूर्वाञ्चल विश्वविद्यालयका योजना प्रमुख डा.कोमल प्रसाद दुलाल, विश्वविद्यालयका अनुसन्धान निर्देशक प्रा.डा.निनराज ढकाल, पाठ्यक्रम विकास केन्द्र प्रमुख प्रा.डा.मेदनी प्रसाद शर्मा लगायत विश्वविद्यालयका अन्य पदाधिकारीहरुको पनि उपस्थिति रहेका थिए । त्यसैगरी नेपाल बैंक १ नं प्रदेश कार्यालय प्रमुख सुर्य प्रकाश भट्ट, प्रधान कार्यालय बजारीकरण तथा अनुसन्धान डिभिजन प्रमुख अर्जुन बहादुर कंडेल लगायत मोरङ र सुनसरी जिल्लामा रहेका नेपाल बैंकका बिभिन्न शाखाका शाखा प्रबन्धकहरु साथै कर्मचारीहरुको पनि उक्त समारोहमा उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...