दुर्गा प्रसाईले गरे फेरी मच्चाइन् अर्को नयाँ तहल्का, सबै चकित !

काठमाडौं –

मेडिकल व्यवसायी तथा नेकपा एमालेका केन्द्रीय सदस्य दुर्गा प्रसाईले नयाँ व्यवसाय थालेका छन् । उनले भक्तपुरमा तरकारी बजार संचालनमा ल्याएका हुन् । 

सूर्यविनायक नगरपालिका–८ सूर्यविनायक, अरनिको राजमार्ग नजिकै रहेको ५० रोपनी जग्गामा तरकारी बजार संचालनमा आएको हो ।

सूर्यविनायक हरित तथा कृषि  थोक बजारमा मंलगबार पत्रकार सम्मेलन गर्दै व्यवसायी प्रसाईले भने, ‘जे गर्छु स्वदेशमै गर्छु भनेर तरकारी बजार संचालनमा ल्याएको हुँ ।’

२ अर्ब रुपैयाँ भन्दा धेरै लगानी गरेर तरकारी बजार संचालनमा ल्याएको उनले दावी गरे ।  बिचौलियाको अन्त्य गर्न र किसानलाई राहत दिन आफुले तरकारी बजार बनाएको प्रसाईको दाबी रहेको छ ।

आफ्नो कामलाई मिडियाले गलत ढंगले प्रचार गरेको भन्दै प्रसाईले यो कुरालाई नकारात्मक भन्दापनि किसानका् हितको लागि सोचिदिन सबैलाई आग्रह समेत गरे ।

‘हाल २२ सय स्टलमा प्रत्यक्ष ४४ सय जनाले रोजगारी पाउने र १० हजार भन्दा धेरै किसान अप्रत्यक्ष फाइदा लिने सक्ने छन्,’ पत्रकार सम्मेलनमा प्रसाईले भने ।

केही समय अगाडीनै बजार संचालनमा आएको भएपनि कोरोनाको कारणले सहज नभएकाले भोली बुधबार एमालेका अध्यक्ष केपि शर्मा ओलीले बजारको उद्घाटन गर्ने कार्यक्रम रहेको उनले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...