Advertisement

१५ वर्षीया किशोरीसंग लिभिङ टुगेदर गर्ने धादिङेली युवकलाई…

Advertisement

धादिङ – 

किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा भक्तपुरबाट धादिङका एकजना युवक पक्राउ परेका छन् ।

१५ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा भक्तपुरको भक्तपुर नगरपालिका–६ स्थित डेकोचाबाट शनिबार राति धादिङको ज्वालामुखी गाउँपालिका-४ मैदी घर भएका २२ वर्षीय राज परियार पक्राउ परेका हुन्।

किशोरी र राजु गाउँबाट काठमाडौंमा आएर लिभिङ टुगेदर बस्न थालेका भक्तपुर परिसरका डिएसपी राजु पाण्डेले जानकारी दिनुभयो।

उमेर नपुगेका कारण विवाह गर्नेबारे असमझदारी भएपछि किशोरीका परिवारले उनीविरुद्ध बलात्कारको उजुरी दिए अनुसार परियारलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

सिन्धुलीमा बन्दुकसहित ठेकेदार र कामदार पक्राउ, सिन्धुली प्रशासनले स्थानीय निर्वाचनलाई लक्षित गरेर बन्दुक बुझाउन सूचना जारी गरेकै दिन लुकाएर राखेको अवस्थामा भरुवा बन्दुकसहित तीन जनालाई प्रहरीले सोमबार पक्राउ गरेको छ ।

सिन्धुलीको घ्याङलेख गाउँपालिका ३ को स्वास्थ्यचौकी भवन निर्माण गर्ने ठेकेदार कमलामाई नगरपालिका १२ खोक्सिङका ३८ वर्षीय नेत्रबहादुर मोक्तान र कामदारहरू वडा नं. ५ रानीखोलाका

५३ वर्षीय तीर्थबहादुर मगर, नुवाकोट जिल्ला सुर्यगडी गाउँपालिका १, मनिडाँडाका ३८ वर्षीय कुमार तामाङको सुत्ने बिस्तारामुनिबाट लुकाएर राखेको अवैध भरुवा बन्दुक फेला परेको सिन्धुली प्रहरीका डीएसपी मनोजकुमार लामाले जानकारी दिए ।

अवैध हतियार राख्ने निर्माणाधीन स्वास्थ्य चौकी भवनका ठेकेदार र कामदार तीनै जनालाई सिन्धुली अदालतबाट ७ दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यसैबीच बिलबीजक नभएको अवैध चिनी बीपी राजमार्गको हिरापानी चेकपोस्टमा प्रहरीले फेला पारी भन्सार कार्यालय पथलैया पठाएको छ । दुई लाख ७४ हजार पाँच सय रुपैयाँ मूल्य पर्ने ६१ बोरा चिनी काठमाडौं लैजाँदै गरेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...