एजेन्सी-
चर्चित गायिका अञ्जु पन्तले गायिका लताको स्मरणमा उनैले गाएको ‘मेरे नैना’ बोलको चर्चित गीतको कभर सङ सार्वजनिक गरेकी छन्।
उनले दुई दिन अघि मात्र श्रीमानले यो गीत गाउन अनुरोध गरेपछि यो गीत सार्वजनिक गरेको बताएकी छन् ।
उनले भनेकी छन् ‘संगीत इतिहासको एक धरोहर आदरणीय लता मंगेशकरको नि’धनको खबरले स्तब्ध बनायो। विश्वले उहाँको सांगीतिक योगदानलाई कहिल्यै भुल्नेछैन’,
अञ्जुले भनेकी छन्, ‘संयोग पनि कस्तो हुँदो रहेछ१ दुई दिनअघि मात्र मेरो श्रीमानले यो गीत गाउन अनुरोध गर्नुभयो, अनि मैले रेकर्ड गरें।
आज(सोमबार) त्यही गीत लताजीको सम्झना र सम्मान स्वरूप यहाँहरू माझ ल्याएकी छु। उहाँप्रति हार्दिक श्रद्धा’ञ्जली!
’मंगेशकरको ९२ वर्षको उमेरमा गत आइतबार फेब्रुअरी ६ नि’धन भएको हो । उनको निधनमा विश्वभरकै संगीतप्रेमी शोकमा डुबेका छन्।
विश्वका ३६ भाषामा ५० हजारभन्दा बढी गीत गाएकी लताले नेपाली गीतमा पनि स्वर दिएकी छन्।
यो पनि : गायिका रचना रिमालको स्वरमा चर्चित गजल ‘न बिर्से तिमीलाई न पाएँ तिमीलाई’ को ‘नयाँ भर्सन’ सार्वजनिक भएपछि विभिन्न आलोचना भइरहेको छ।
विभिन्न टिकाटिप्पणी भइरहेका बेला सो गजलकी ओरिजिनिल गायिका अन्जु पन्तले पनि मुख खोलकी छन् । नयाँ भर्सन आउनु खुसीकै कुरा भए पनि
यसअघिका गायक/गायिकाको नामै उल्लेख नगरी अफिसियल भनेर सार्वजनिक गरिनु दु’खद् र अ’न्यायपूर्ण भएको उनको प्रतिक्रिया छ ।
उनले फेसबुकमा यस्तो लेखेकी छन।
मेरा सम्पूर्ण श्रोता,दर्शक तथा शुभचिन्तकमा अभिवादन
भर्खरै पुनःरेकर्ड भएर युट्युवमा सार्वजानिक भएको न विर्षेँ तिमीलाई न पाएँ तिमीलाई गजलको नयाँ भर्सन आएको खवर थाहा पाएँ ।
यसपछि धेरै संगीतकर्मी, सञ्चारकर्मी तथा मलाई माया गर्ने शुभचिन्त’कहरुले जिज्ञासा र चिन्ता ब्यक्त गर्नुभएको पाएँ । हाल म काम बिशेषले विदेशमा भएको कारणले तुरुन्तै प्रतिक्रिया जनाउन सकिन यसप्रति क्षमा प्रार्थी छु ।
यो गजल सर्जक विपिन किरणको शब्द, संगीतकार महेश खड्काको संगीत, किरण कँडेलको एरेन्ज रहेको साथै शम्भु तन्डुकारले रेकर्डिङ र महेश्वर राजभण्डारीले मिक्सिङ गर्नुभएको थियो भने यो गजलमा मैले आवाज दिएकी थिएँ ।
नेपाली सांगीतिक इतिहासमा अति नै लोकप्रिय जन–जनको मन मुटुमा बस्न सफल यो गजल पछि मेल आवाजमा गायक जगदिश समालले पनि गाउनुभयो ।
आजसम्म पनि उत्तिकै सर्वाधिक लोकप्रिय रहेको उक्त गजललाई नयाँ गायक गायिकालाई फरक भर्सनमा गाउनु आवश्यक थियो कि थिएन
त्यो विषयमा मेरो केही भन्नु छैन । केही समयअघि विपिन किरण भाईले यो गजलको नयाँ एरेन्जमा मेरो आवाजमा नै रिरेकर्ड गर्ने भन्नु भएको थियो र सोही अनुसार एरेन्जर महाराज थापाले गर्नुभएको
नयाँ एरेन्ज पनि मलाई पठाउनु भएको थियो र हामी समयअनुकुल मिलाएर पुनः रेकर्ड गर्ने योजनामा थियौ । यसैक्रममा उहाँले कभरको रुपमा किड्स भर्सन नयाँ भाइ बहिनीहरुलाई गाउन दिने कुरा मसँग सोध्नुभएको थियो र मैले खुशीसाथ हुन्छ भनेकी थिएँ ।
अहिले नयाँ भर्सनमा गायिका रचना रिमालको स्वरमा रेकर्ड भएछ । मेरी छोरी समान कि रचना नानु लगायत सबै नवआगन्तुक कलाकारप्रति सधैँ स्वागत, आशिर्वाद र धेरै माया छ र रहिरहने छ ।
उही संगीत उही एरेन्जमेन्ट नयाँ भर्सनमा ओरिजीनल गायक गायिकाको नाम समेत उल्लेख नगरी, अफिसियल भनेर सार्वजानिक हुनु चाँही दु’खद र अन्या’यपूर्ण कुरा हो ।
के र कुन उद्देश्यका लागि यस्तो भयो, मलाइ थाहा भएन । म एक ब्यक्तिको कुरा भन्दा पनि यो चलनले भोलीका दिनमा संगीत र कलाकारलाई दिने सम्मान र आदरको संस्कार नै पो भुल्न लागिरहेका छैनौ भन्ने चिन्ता लागेको छ ।
आशा छ सम्बन्धित पक्षले यो विषयलाई अनावश्यक विवाद र चर्चा गरिरहनु भन्दा दर्शक श्रोताको माग अनुसार समाधानको उपाय निकाल्नु हुनेछ ।
भविश्यमा कोही पनि कलाकार अपमानित र अन्यायमा परेको अनुभुति गर्ने दिन कहिल्यै नआओस् । मेरा लाखौँ सहकर्मी, श्रोता, दर्शकहरुबाट पाएको माया र सम्मानप्रति सदैब आभार ब्यक्त गर्दछु ।
























