काठमाडौं – “देशमा छ लाख महिला बढी भएर पनि बिहे गरिनस् भन्दै बाबुआमाबाट पुरै द’बाव छ।”
राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजाले नेपालमा पुरुषभन्दा महिलाको सङ्ख्या ६ लाखले बढी भएको तर जनसङ्ख्या वृद्धिदर घटेको देखायो। यस विषयमा बीबीसीले सामाजिक सञ्जालहरूमार्फत् सर्वसाधारण मानिसको धारणा जान्न खोज्दा प्रकाश ओलीले ठट्यौलो पारामा माथिको प्रतिक्रिया लेखे।
उनले जसरी नै सुरज शिवाले लेखेका छन् “ल खुसी लाग्यो अब विवाह गर्न केटीको अभाव नहुने भयो।”अनीशा सुवेदीलाई चाहिँ लैङ्गिक समानताको अवधारणाले गर्दा महिलाहरूको जनसङ्ख्या क्रमशः बढ्दै जानु सकारात्मक लागेको छ।
कसैले महिलाको सङ्ख्या बढी देखिनुलाई पुरुषहरू विदेशिनुसँग जोडेर व्याख्या गरेका छन् भने कसैले लिङ्ग पहिचान गरी हुने गर्भपत’न कम हुनुलाई कारण मानेका छन्।
केन्द्रीय तथ्याङ्क विभागका अनुसार देशको कुल जनसङ्ख्या दुई करोड ९१ लाख ९२ हजार ४८० पुगेको छ। देशभरि महिलाको सङ्ख्या एक करोड ४९ लाख एक हजार १६९ रहेको छ भने पुरुषको सङ्ख्या एक करोड ४२ लाख ९१ हजार ३११ रहेको छ।
न्यून सङ्ख्यामा रहेका तेस्रो लिङ्गीबारे जनगणनाको प्रारम्भिक विवरणमा केही खुलाइएको छैन।
के पहिलो पटक पुरुषको दाँजोमा महिला बढी देखिएका हुन् त ?
एक दशकमा नेपालको जनसङ्ख्या १०.१८ प्रतिशतले बढेको देखिन्छ। विगत १० वर्षको वृद्धिदर ०.९३% देखिएको छ। यो अघिल्लो जनगणनाको तुलनामा कम हो। विसं २०६८ मा गरिएको जनगणनामा उक्त दर १.३५% थियो।
यस पटक कुल जनसङ्ख्यामा ४८.९६ प्रतिशत पुरुष छन् भने र ५१.०४ प्रतिशत महिला। महिलाको सङ्ख्या बढी भएको यो पहिलो पटक होइन भन्ने कुरा विगतका तथ्याङ्कहरूले पनि पुष्टि गर्छन्।
दश वर्षअघि २०६८ सालको जनगणनामा कुल जनसङ्ख्या दुई करोड ६४ लाख ९४ हजार ५०४ मध्ये ४८.५ प्रतिशत पुरुष थिए भने महिला ५१.५% थिए।
“हालको प्रारम्भिक नतिजाअनुसार लैङ्गिक अनुपात (प्रति १०० महिलाको तुलनामा पुरुषको सङ्ख्या) ९५.९१ रहेको छ जुन पछिल्लो जनगणनामा ९४.१६ थियो,” तथ्याङ्क विभागले जनाएको छ।
त्यस्तै २०५८ र २०४८ सालमा भएको जनगणनामा प्रति १०० महिलामा पुरुषको अनुपात क्रमशः ९९.८ र ९९.५ रहेको थियो। विसं २०३८ र २०२८ मा भने १०५.० र १०१.४ रहेको तथ्याङ्क छ।
विगत २० वर्षदेखि महिलाको जनसङ्ख्या तुलनात्मक रूपमा बढ्न थालेको जनसङ्ख्याविद् डा. योगेन्द्रबहादुर गुरुङले बताए।
“पछिल्ला केही जनगणनाहरूदेखि नै महिलाहरूको सङ्ख्या बढी देखिएको छ। तर लैङ्गिक अनुपातमा सामाजिक सम’स्या सिर्जना हुनेगरी ठूलो अन्तर देखिँदैन,” डा. गुरुङले भने।
महिलाको सङ्ख्या बढ्नुको कारण के हो ?
कुनै पनि समाजको सामाजिक तथा आर्थिक अवस्था, जैविक कारण र मानवीय गतिविधिहरूले महिलाको सङ्ख्या बढ्ने क्रम प्रभावित हुने विज्ञहरू बताउँछन्।
समाज जति उन्नत बन्दै गयो लैङ्गिक विभेदको खाडल कम हुँदै जान्छ र हरेक लिङ्गका मानिसमा समान अधिकार र पहुँच कायम हुन्छ। समान अधिकार र पहुँचले मानिसको सङ्ख्यामा प्रभाव पार्ने डा. गुरुङको तर्क छ।
“विकासले विभे’दको ठाउँ साँघुरो बनाउँदै लैजान्छ। त्यसले गर्दा महिला, पुरुष वा सबै लिङ्गका मानिसमा पोषण, शिक्षा, स्वास्थ्य र अन्य कुराहरूको हकमा समान पहुँच पाउँछन्। त्यस पहुँचको असर मानिसको शारीरिक र मानसिक स्वास्थ्यदेखि ऊ कति समय बाँच्छ भन्नेमा पर्छ।”
महिलाहरूको औसत आयु पुरुषहरूको भन्दा लामो हुनुलाई महिलाको सङ्ख्या बढी हुनुको एक कारण इङ्गित गर्छन् जनसङ्ख्याविद् गुरुङ।
विश्व स्वास्थ्य सङ्गठनका अनुसार सन् २०१६ मा जन्मिने मानिसहरू ७२ वर्षको औसत आयु लिएर जन्मिएका थिए। लिङ्गका आधारमा औसत आयु छुट्टाउँदा महिलाको ७४ वर्ष दुई महिना र पुरुषको ६९ वर्ष आठ महिना थियो।
किन लामो समय बाँच्छन् महिला ?
महिलाको जीन, होर्मोन, पेसा र आचरणका कारण पनि औसत आयु लामो हुने जनाइएको छ। डा. गुरुङले सैद्धान्तिक लिङ्ग अनुपातबारे भनेः एक सय जना छोरी जन्मिँदा १०५ जना छोरा जन्मिन्छन्।
छोराको जन्मदर धेरै भए पनि महिला धेरै बाँच्छन्। जब छोरीले छोरासरह खाना, स्याहारसुसार पाउँछन् तब स्वस्थ हिसाबमा हुर्किने मौका पाउँछन्। समयक्रममा विभिन्न जोखिमका कारकहरू देखिन थाल्छन्।
डा. गुरुङका अनुसार महिलाको तुलनामा पुरुषहरू बढी शारीरिक दबाव पर्ने काम गर्ने, चुनौतीपूर्ण गतिविधिमा संलग्न हुने, मा’दकपदार्थ, ला’गुऔषधि सेवन गर्ने भएकाले उनीहरूको औसत उमेर कम हुन्छ।
विकास उन्मुख देशहरूमा पुरुषको तुलनामा महिलाको औसत आयु डेढदेखि दुई वर्ष बढी छ भने विकसित देशहरूमा पाँच वर्षसम्म महिला बढी बाँच्ने बताइन्छ।
“त्यसैले नेपालमा पनि पुरुषभन्दा महिलाको सङ्ख्या बढी देखिनु स्वाभाविक कुरा हो। प्राकृतिक, जैविक साथै आर्थिक विकासको प्रभाव मानिनु पर्छ,” उनले भने।
अहिले जन्मिने छोरा र छोरीको सङ्ख्या कस्तो ?
परोपकार प्रसूति तथा स्त्रीरो’ग अस्पतालका निर्देशक डा. अमिरबाबु श्रेष्ठ भने पछिल्ला वर्षहरूमा जन्म सङ्ख्याका आधारमा महिला र पुरुषको सङ्ख्या धेरै वा थोरै हुनुमा असर नपरेको विचार अघि सार्छन्।
अस्पतालको तथ्याङ्कअनुसार त्यहाँ आर्थिक वर्ष २०७५/०७६ मा ११,९४६ जना छोरा जन्मिएका थिए भने १०,४१६ छोरी जन्मिए।त्यस्तै वर्ष २०७७/७८ मा गत सातासम्म जन्मिएका २२,२२२ शिशुमध्ये ११,७७८ अर्थात् ५३ प्रतिशत पुरुष शिशु रहेका छन्। त्यस्तै ४७ प्रतिशत १०,४ ४४ महिला शिशु छन्।
“यो ठूलो अ’न्तर होइन। त्यसैले लिङ्ग पहिचान गरेर छोरी तुहा’उने क्रम बढेको छ भन्ने मिल्दैन,” डा. श्रेष्ठले भने। चालु आर्थिक वर्षमा उक्त अस्पतालमा मात्र १५,०५६ वटा गर्भपतन भएका छन्।
“अनधिकृत रूपमा औषधि र औजारको प्रयोगबाट गर्भप’तन गराउने काम हुन्छन्। त्यस्ता गतिविधि नियन्त्रण गर्न सके हाल गैर कानुनी रूपमा भइरहेको बच्चाको लिङ्ग पहिचान र गर्भप’तन रोक्न सकिन्छ,” डा. श्रेष्ठले भने।
देशमा महिला धेरै हुनुको अर्थ के हो ?
जनसङ्ख्या वृद्धिदर घट्नेभन्दा बढी हुनुले समाजका हरेक क्षेत्रमा महिला र पुरुषको बराबर सहभागिता र पहुँचले समाज विकासशील भएको सङ्केत गर्ने बताउँछन् समाजशास्त्री डा. तुलसीराम पाण्डे।
समाजमा कुन लिङ्गका मानिस धेरै हुँदा कस्ता लाभ वा हानि हुन्छन् भन्नेबारे ठोस उत्तर नहुने उनको तर्क छ।
“समानता र समताका आधारमा चल्ने समाजलाई धेरै फाइदा छ। तर हाम्रो देशमा दशकौँदेखि पुरुषको तुलनामा महिलाको सङ्ख्या धेरै हुँदा पनि आवश्यक बराबरी कायम हुन सकेको छैन,” उनले भने।
शिक्षामा असमान पहुँचका कारण लैङ्गिक विभेदको खाडल ठूलो बनेको छ। त्यसैले सङ्ख्यात्मक हिसाबमा महिला बढी हुनुभन्दा ठूलो महत्त्व उनीहरूको सीप विकास र अवसर प्रदान गर्नुमा हुने उनको तर्क हो।
“क्रमिक रूपमा महिलाहरूको पनि शिक्षामा पहुँच बढ्दो छ। तर अझै पनि पुरुषको हाराहारीमा पुर्याउन सकिएको छैन। सीप र शिक्षामा पछाडि छुट्दा महिलाहरूलाई सार्वजनिक काममा पछि परेर घरकै काममा सीमित रहनुपर्ने परिस्थिति विकास हुन्छ। त्यो क्रम भङ्ग गरिनु पर्छ,” उनले भने।
केही देशमा महिला वा पुरुषको अनुपात असन्तुलित भएका कारण वैवाहिक संस्था प्रभावित भएका विवरणहरू समेत सार्वजनिक भएका छन्। तर नेपालमा त्यो अवस्था नआइसकेको पाण्डेको दाबी छ।
जनसङ्ख्याविद्ले भने महिलाको सङ्ख्या धेरै हुनुको अर्थ “पाको उमेरको महिला धेरै छन्” भन्ने सङ्केत भएको जिकिर गरे।
“देशमा भएका महिला युवा वा काम गर्न सक्षम समूहका होइनन्। ती महिला अरूमा निर्भर उमेर समूहको भएको बुझ्नुपर्छ,” डा. गुरुङले बताए।
अर्की सामाजिक अध्येता शारदा सिंहले महिलालाई सामाजिक तथा आर्थिक विकासको महत्त्वपूर्ण सूचकका रूपमा व्याख्या गरेकी छन्।
“जुन देशमा पुरुषसरह महिलालाई पनि स्थान दिइएको हुन्छ, निश्चित रूपमै त्यस देशको आर्थिक तथा सामाजिक विकास राम्रो हुन्छ,” उनले एउटा जर्नलमा ‘सामाजिक-आर्थिक विकासमा महिलाको भूमिका’ शीर्षकको लेखमा उल्लेख गरेकी छन्।
“विश्वका विकसित मुलुकहरू जहाँ शिक्षा एवं चेत’नाको विकास राम्रोसँग भएको छ त्यहाँ महिलाहरूको भूमिका पुरुषहरूको सरह स्वीकार गरेको पाइन्छ। अथवा महिला पुरुष समान गतिमा अगाडि बढिरहेका छन्।”