काठमाडौं –
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा दुई डाक्टरबीच अप्रेसन थिएटरमा भएको वि’वा’दबारे नेपाल मेडिकल काउन्सिलले छानबिन सुरु गरेको छ ।
घटनाबारे उजुरी परेपछि काउन्सिलबाट सदस्य डा. हरिहर वस्तीको नेतृत्वमा ३ सदस्यीय टोली छानबिन गर्न प्रतिष्ठान पुगेको छ । छानबिन टोलीमा वस्तीसँगै काउन्सिलका अर्का एक सदस्य र विषयविज्ञ पनि छन् ।
गत पुस २९ गते दुर्घटना परी एउटा खुट्टा भाँच्चिएका सिरहाका ललितकुमार साहलाई अप्रेसन गरी रड लगाउने बेला डा. रोशनप्रसाद साह कलवार र अन्य डाक्टरबीच झ’ग’डा गरेको थियो ।
डाक्टरहरूबीच झ’ग’डा भएकै कारण बिहान ९ बजे थिएटरमा लगिएका ती बि’रा’मीलाई बेलुका ५ बजे मात्र अप्रेसन सकेर निकालिएको थियो । अहिले ती बिरामी घर फर्किइसकेका छन् ।
डा. कलवारले साइन नेल प्रयोग गरेर अप्रेसन गरेका थिए । तर अन्य डाक्टरहरूले उक्त सामान प्रयोग गर्ने अनुमति नभएको भन्दै निर्मलीकरण
गरेर अर्को नेल तयारी अवस्थामा राखेका थिए । सोही विवादले चर्को रूप लिएपछि यो घटना प्रहरी, अस्पताल प्रशासन हुँदै काउन्सिलसम्म पुगेको थियो ।
यो पनि : अप’रा’ध अनौठा छन् । अप’रा’धका लागि मानिसहरुपनि जे जति खर्च गर्नपनि तयार छन् । अझ धनको लोभमा मानिसहरु जे गर्नपनि तयार छन् ।
को रो ना वि रु द्ध को खोप नलगाएकालाई खोप कार्ड बेचेर १५ लाख डलर अर्थात १८ करोड नेपाली रुपैयाँ कमाउने न्युयोर्कको लङ आइल्याण्डका दुई नर्स प’क्रा’उ परेको खबर अहिले भा’इ’र’ल छ ।
अमेरिका जस्तो देशमा त पैसाका लागि यतिहदसम्म भइरहेको छ भने गरिब देशहरुमा के भइरहेको होला ? अनुमान मात्र गर्न सक्छौ ।
न्युयोर्कको राज्यको डाटावेसमा खोपा नलगाएकाहरुको विवरण पनि खोप लगाएको भन्दै राखेर कार्ड बेच्ने २ जना नर्सहरुलाई त्यहाँको प्रहरीले प’क्रा’उ गरेपछि यो सनसनीपूर्ण तथ्य बाहिर आयो ।
४९ वर्षकी जुली डेबुनो र ४४ बर्षकी मारिसा उराओलाई प’क्रा’उ गरिएको अधिकारीहरुले पुष्टि गरेका छन् । उनीहरु वाइल्ड चाइल्ड पेडियाट्रिक हेल्थ केयरमा कार्यरत रहदै आएका थिए भने डेबुनो त्यसकी संचालक समेत हुन्।
उनीहरुले सन् २०२१ को नोभेम्बरदेखि सन् २०२२ को जनवरीसम्म ३ महिनाको अवधिमा भ्याक्सिनकार्डहरु बेचेका थिए। बयस्कलाई २२० डलरमा र
बालबालिकाहरुका लागि ८५ डलरमा कार्ड बेचिएको थियो। उनीहरुले सरकारी गुप्तचरहरुलाई पनि नक्कली कार्ड बेचेपछि फन्दामा परेका हुन्। गुप्तचरहरु ग्राहकको भेसमा त्यहाँ पुगेका थिए।
उनीहरुको साथबाट ९ लाख डलर नगदसमेत बरामद गरिएको छ। साथै घरमा भेटिएको एउटा खातामा कार्ड बेचेर १५ लाख डलर नाफा गरेको विवरण समेत उल्लेख गरिएको थियो।