मुम्बई पुगेका राजेशले भने- हिन्दी फिल्म खेल्ने…..

काठमाडौं –

अभिनेता राजेश हमाल भारतको मुम्बई पुगेका छन् । आफू र मोडल नीति शाहले अभिनय गरेको हिन्दी गीत ‘चेहेरा’ सार्वजनिक कार्यक्रममा सहभागी हुन राजेश मुम्बई पुगेका हुन् ।

गीत सार्वजनिक कार्यक्रममा भारतीय सञ्चारकर्मीसँग कुरा गर्दै उनले हिन्दी चलचित्रमा काम गर्नसक्ने समेत संकेत गरेका छन् ।

नेपाल र भारतको मित्रतालाई प्रस्तुत गरिएको ‘चेहेरा’ बोलको गीतको भिडियो सार्वजनिक कार्यक्रममा राजेशले भने, ‘निर्माता राजेश चौधरी र मबीच कुराकानी पनि भइरहेको छ । म त कलाकार हुँ । म हरेक भाषाका चलचित्रमा काम गर्न चाहन्छु ।’

अभिनेता राजेश हमालले सार्वजनिक नयाँ गीतले नेपाल र भारतको भाषा र संस्कृतिलाई जोडेको पनि उल्लेख गरे ।

साथै उनले मुम्बई शहरको पनि प्रशंसा गरे । राजेशले भने, ‘मलाई मुम्बईको खानेकुरा निक्कै मनपर्छ । मुम्बईमा इनर्जी छ । यहाँ थुप्रै भाषा बोल्ने मानिसहरु बस्छन् । सबैले मुम्बईलाई आफ्नो शहर ठान्छन् ।’

यो पनि : कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा राजा वीरेन्द्रको शालिक ठड्याइएको छ । बुधबार स्वतन्त्र सुर्खेतबासी जनता समूहले राजाको शालिक ठड्याएको हो । राज वीरेन्द्रको जन्म जयन्तीको अवसर पारेर सालिक राखिएको जनाइएको छ ।

राजाको प्रतिमा निर्माण गरिएको उक्त चोकमा राजा वीरेन्द्रको शालिक राखिएको थियो । तर, २०६२–०६३ को ज’नआ’न्दो’ल’न हुँदा सालिक हटाइएको थियो । वीरेन्द्रनगर नगरपालिकाले वीरेन्द्र चोक पुनःनिर्माण गरेपनि सालिक भने राखेको थिएन ।

पुनःनिर्माण भएको लामो समयसम्म सालिक राख्ने वा नराख्ने विषयमा विवाद भैरहेको थियो । तथापि नगरपालिकासँग समन्वय नगरी स्वतन्त्र सुर्खेतबासी जनता समूहले आज सालिक राखिदिएको हो ।

राष्टिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य जनक सिंहले राजाको शालिक कूनै एउटा व्यक्तिले मात्र नभई जनताको अपेक्षाअनुसार राखिएको जानकारी दिए । उनले भने, ‘राजाको इतिहास चिनाउका लागि आवाश्यक थियो । हाम्रो इतिहास भन्ने कुरा केहो बुझ्नुपर्छ । त्यसैले राखिएको हो ।’

साथै उनले यो शालिक राख्न निकै ठुलो बलिदानी गरिएको समेत दाबी गरे ।

यसरी स्थापना भयो वीरेन्द्रचोक 
तत्कालीन राजा वीरेन्द्रले मन पराएको ठाउँ भएकाले उनले नै सहरी योजनाविद् माधवभक्त माथेमालाई ल्याएर वीरेन्द्रनगरको गुरुयोजना बनाउन लगाएका थिए ।

२०४४ सालमा राजा वीरेन्द्रका दम्पती नै सुर्खेतमा आएर यो चोक अनावरण गरेका थिए । त्यसबेला नै यो चोकको नाम वीरेन्द्र चोक राखिएको हो ।

राजा वीरेन्द्र २०२३ सालमा पहिलोपटक सुर्खेत आएको बेलामा उनले उपत्यका खुब मन परेकाले २०२९ सालमा गुरुयोजना बनाउन लगाएको बुझिन्छ । त्यतिबेलासम्म कटकुवा नगर पञ्चायतका रुपमा रहेको यो उपत्यकालाई त्यसैबेला वीरेन्द्र चोक नामाकरण गरिएको थियो ।

०६२/०६३ को जनआन्दोलनका वेला राजा वीरेन्द्रको शालिकसहितको वीरेन्द्र चोक भत्काएपछि पुनर्निर्माण गरिएको चोकको नाममा वीरेन्द्रको सालिक नराखेर गमला राखिएको थियो । 

नगरपालिकाले वीरेन्द्र चोकलाई ०७५ साल जेठमा पानीको फोहोरासहितको चोक निर्माण गर्ने योजना बनाएपनि विवाद भएपछि यो योजना सफल हुन सकेन र चोकमा गमला राखिएको थियो ।

सुर्खेत स्व. राजा वीरेन्द्रको मनपर्ने ठाँउ भएको र यहाँको विकासमा स्व. राजाको कदम योगदानलाई सम्मान गर्दै अहिलेलाई अर्धकदको सालिक पुर्नस्थापना गरिएको छ। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...