अभिनेत्री वर्षाले दिइन् प्रकाश सुवेदी वि रु द्ध विकास बोर्डमा उ जु री, यस्तो छ कारण !

काठमाडौं –

अभिनेत्री वर्षा शिवाकोटीले एपीवान टेलिभिजनमा प्रसारण हुने कार्यक्रम ‘रजतपट’ र त्यसका सञ्चालक प्रकाश सुवेदी वि रु द्ध उजुरी दर्ता गराएकी छन् ।

आफ्नो ब्यक्तिगत कुरासँग विभिन्न भ्रा म क समाचार बनाएर कार्यक्रममा प्रसारण गरेको भन्दै उनले केही दिनअगाडि चलचित्र विकास बोर्डमा उजुरी दिएकी छन् ।

‘आफुले ब्यक्तिगत सम्पतीबाट किनेको घर अरुले किनिदिएको भनेर ‘रजतपट’ मा भ्रा म क र ग ल त समाचार बनाइएको छ’

शिवाकोटीले भनिन् ‘उनको समाचारले म, मेरो परिवार र आफन्त सबै दुःखी भएका छौ । मेरो पर्सनल जीवनमा यसले नराम्रो असर पारेको छ ।’ निवेदकको विषयमा विकास बोर्डमा छलफल भइरहेको बताएकी शिवाकोटीले अझै अगाडि बढ्नुपरे तयार रहेको सुनाइन् ।

अभिनयको विषयका विभिन्न कुरा जोडेर आउने गसिफ आफुले सामान्य रुपमा लिँदै आएको बताएकी बर्षाले भनिन् ‘पर्सनल कुरोसँग जोडेर गलत समाचार प्रसारण विषयमा म चुप बस्न सक्दिन ।’

चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहालले वर्षाले बोर्डमा उजुरी दिएको पुष्टि गरे । ‘वर्षाले ‘रजतपट’ र प्रकाश सुवेदीविरुद्ध एक उजुरी बोर्डमा दर्ता गराउनु भएको छ’

अध्यक्ष दाहालले भने– ‘त्यस विषयमा छलफल हुन बाँकी रहेको छ ।’ छलफल नभएको बिषय भएकोले त्यस बिषयमा अहिले आफु थप केही नबोल्ने दाहालले सुनाए ।

यो पनि पढनुहोस : कहिले सुध्रिने सेलिब्रेटीज्यू ?

केही वर्षअघि अभिनेत्री शिल्पा पोखरेलले निर्माता छविराज ओझासँग पारपाचुके गर्न चाहिन्। शिल्पाअघि तीन पत्नीसँगको वियोग र बि’छो’ड सहेका छविले शिल्पालाई आफ्नो जीवनमा जोगाउन चाहन्थे वा सम्झौता थाहा छैन तर पा’र’पा’चु’के दिन तयार भएनन्। 

उल्टै आफ्नो सम्पत्तिका लागि शिल्पाले बिहे गरेको आरोप लगाउन पुगे। फर्किएर आए सकेको जति मायासहित मिलेर बस्ने आश्वासन दिए।सबैखाले युट्युबरले शिल्पालाई खोजे। उनको रोनाधोना क्यामरामा कैद गरे।

उनले पनि क्यामराका अघिल्तिर भक्कानिँदै आफूले सम्पत्ति होइन सम्बन्धको बन्धनबाट छुट्करा मात्रै चाहेको बताइन्। यति नै बेला उनले माइतीको अथाह सम्पत्ति सम्हाल्ने मान्छे आफू मात्रै रहेको उल्लेख गरिन्। 

जब शिल्पाले पा’र’पा’चु’के पछि श्रीमानबाट आफूले पाउनु पर्ने अधिकार माग गरिन्, त्यसपछि तिनै युट्युबका क्लिप भाइरल बनाइयो। हिजो सहानुभूति दिनेहरु नै धारे हात लगाउन थाले। उनले फेरि रुँदै स्पष्टीकरण दिनुपर्यो, ‘मेरो पनि त बाँच्नु पर्ने जिन्दगी बाँकी छ।’ 

उनलाई कुनै पनि बेला हेक्का नै भएन कहाँनिर के बोल्नु पर्छ भनेर। त्यसपछि शिल्पा अहिले पनि खुलेर बोल्न सकिरहेकी छैनन्। उता छवि नयाँ फिल्मको तयारीमा छन्। 

अभिनेत्री प्रियंका कार्कीले एकताका ‘डाइनिङ टेबलमा से क्स गर्नुको चार्म बेग्लै हुन्छ’ भनेर एक साप्ताहिकमा अन्तर्वार्ता दिइन्। उनको यो भनाइले त्यसबेला फिल्मी बजार हल्लायो। प्रियंकाले यो बोलीको मूल्य अहिलेसम्म चुकाउनु परिरहेको छ। यतिसम्मकी उनले राम्रो काम गर्दा पनि त्यहाँ उनलाई आउने प्रतिक्रिया कहिल्यै सकारात्मक देखिएनन्। 

प्रियंकाले त्यसपछि थुप्रै फिल्ममा अभिनय गरिन्। उनले अभिनय गरेका फिल्म ‘बल्कबस्टर’ पनि भए। केही समय उनी नम्बर वान नायिकाको स्थान बनाएर बसिन्। तैपनि उनलाई सामाजिक सञ्जालमा गालीगलौज गर्न छाडेनन्।

यस्ता न’का’रा’त्म’क कमेन्टबाट आजित भएपछि एक दिन प्रियंकाले लेखिन्, ‘जब–जब म नयाँ फोटो हाल्छु, नयाँ फिल्मको गीत या म्युजिक भिडियो सेयर गर्छु, किन यति धेरै गा ली गर्नुहुन्छ ? …भालु, वे श्या जस्ता शब्द प्रयोग गरेर आनन्द महसुस गर्नुहुन्छ ?’ उनले अगाडि लेखेकी थिइन्, ‘तपाईंका छोरी–चेलीमाथि कसैले यस्तै कमेन्ट गर्‍यो भने तपाईंको मन कति दुख्छ होला ?’

उनको यो स्टाटस प्रायजसो मिडियाका लागि समाचारको खजाना त बन्यो। तथापि उनलाई गा ली आउन भने बन्द भएन। प्रियंका अहिले छोरीकी आमा भएकी छिन्। उनले दिएको यो अभिव्यक्तिका कारण धेरैले शिशुकालमै रहेकी छोरीमाथि पनि प्रश्न उठाइरहेका छन्। 

कहाँ के बोल्ने मात्रै होइन, कलाकारहरु आफ्नो जीवनका कति कुरालाई गोप्य राख्न पनि जान्दैनन्। कतिपय कलाकार निर्माता निर्देशकको फिल्म प्रचारको फण्डामा फसेका छन्। चलचित्रमा एकसाथ अभिनय गरेका कलाकारको नाम जोडेर मिडियामा प्रचार भइरहेका हुन्छन्। 

निर्माता, निर्देशकले सित्तैमा फिल्म प्रचार गर्छन्, तर कलाकारले बदनामी कमाउँछन्। जसका कारण कलाकारको वैवाहिक जीवनमै असर परेको देखिन्छ। पछिल्लो ज्वलन्त उदाहरण हुन् अभिनेत्री आँचल शर्मा। आँचलले अभिनेता पल शाहसँग फिल्म र म्यूजिक भिडियोमा अभिनय गरिन्। 

विकासराज आचार्यको ‘नाइँ नभन्नू ल ४’ बाट जोडिएका पल र आँचलको प्रेम चर्चा सुरु भयो। त्यसपछि पल र आँचल जोडीका रुपमा थुप्रै मिडियामा अन्तर्वार्ता दिन पुगे। एकले अर्काको खुलेर प्रशंसा पनि गरे। साप्ताहिक पत्रिकाको ब्लोअपमा ‘पल–आँचल’को रोमान्टिक तस्बिर छापियो। 

फिल्मी वृत्तमा पल–आँचल रियल प्रेममा रहेको चर्चा भयो। उनीहरुले पनि लय मिलाए। तर त्यहीबीच आँचलले पललाई छोडेर डा. उदीप श्रेष्ठसँग विवाह गरिन्। पलका प्रशंसकले हिजो सँगै दिएर दिएका अन्तर्वार्ताका क्लिप काटेर भाइरल बनाए। आँचललाई गर्नुसम्म गा ली गरे। विवाहपछि आएको प्रतिक्रियाले आँचलको वैवाहिक जीवनमा के अ स र गर्यो थाहा छैन।

तर उनले चन्द्रागिरि पुगेर आफूहरुको नाम जोड्नेसँग आ क्रो श पोखिन्। उनले कलाकारको वैवाहिक जीवनलाई पनि ध्यान दिन आग्रह गरिन्। यी त फिल्मी दुनियाँका प्रतिनिधि पात्र मात्रै हुन्। पुराना कलाकारले गरेका यस्ता गल्तीबाट नयाँ कलाकारले पनि पाठ सिक्न सकेका छैनन्। 

यसैको ज्वलन्त उदाहरण हुन्, टिकटकबाट उदाएकी कलाकार प्रिज्मा खतिवडा। उनी रंगिन दुनियाँमा छिरेको छोटो समयमा कलाकार सागर लम्सालको प्रेममा परिन्। छोटो समयमै यो जोडीका प्रेमिल तस्बिर प्रशस्तै सार्वजनिक भए। उनीहरुको प्रेमको राम्रै चर्चा भयो। प्रिज्मा र सागरको प्रेम छोटो समयमै टुटेको खबर सार्वजनिक भयो। 

यो खबरपछि सागर मौन देखिए। प्रिज्मा भने हरेक जसो युट्युबमा रुँ दै अन्तर्वार्ता दिन पुगिन्। सागरले प्रेमको सम्मान नगरेको भन्न भ्याइन्। यति मात्रै होइन, उनले स्कुल जीवनको प्रेम, रिलेशन र ब्रेकअपबारे पनि भडास पोखिन्। छोटो समयमै धेरै खाले प्रतिक्रिया आए। धेरैले उनको चरित्रमाथि औँला उठाए। प्रिज्मा पुनः रुँदै मिडियामा आइन्। उनले भनिन्, ‘मेरो जीन्दगी अझैं बाँकी छ।’ 

त्यसपछि प्रिज्मा र सागर फेरि सँगै देखिए। म्यूजिक भिडियो चलाउन पुराना कलाकारले जस्तै प्रिज्माले पनि आफ्नो इज्जत दाउमा लगाइन्। केही कलाकारले अघिल्लो गल्तीबाट पाठ सिकेका छन्। उदाहरण, अभिनेत्री नीता ढुंगानालाई लिन सकिन्छ। एकताका आमेश भण्डारीसँग नीताको गहिरो प्रेम थियो। 

प्रेमपछि चलचित्र र म्यूजिक भिडियोमा यी दुईले सँगै काम पनि गरे। अहिले पनि उनीहरुका प्रेमकालका अन्तरंग कुराकानी तथा कपल तस्बिर प्रशस्तै भेटिन्छन् सामाजिक सञ्जालमा। आमेषसँगको प्रेम वियोगपछि नीता लामो समय एक्लै बसिन्।

पछिल्लो समय उनी ज्योतिष हरिहर अधिकारीको प्रेममा छिन्। उनीहरु हरेक क्षण साथमै देखिन्छन्। तर उनले यसपटक भने निकै संयमता अपनाएर बोलिरहेकी हुन्छिन्। यस मामिलामा हरिहर पनि सजगतासाथ पत्रकारले सोध्ने प्रश्नको उत्तर दिइरहेका हुन्छन्। 

माथि उल्लेख गरिएका घटना केही प्रतिनिधि घटना मात्रै हुन्। यस्ता सामान्य मान्छेको भन्दा कलाकारको व्यक्तिगत जीवनलाई लिएर सार्वजनिक चासो हुनु सामान्य हो। 

तथापि कलाकारले संयमित भएर बोल्न सकेमा उनीहरुले भावी जीवनमा तनाव झेल्नु पर्ने थिएन। अग्रज कलाकारको गल्तीबाट पछिल्लो पुस्ताले पनि पाठ सिक्नु पर्ने देखिन्छ। तर त्यस्तो हुन सकिरहेका छैनन्। उनीहरुले पनि सस्तो प्रचार र छिट्टै चर्चामा आउने लोभमा बिकाउ अभिव्यक्ति दिन छोडेका छैनन्। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...