काठमाडौं –
अमेरिकाले नेपाल अन्तर्राष्ट्रिय आ तं क वा दी संगठनको थलो बन्नसक्ने ख त रा औंल्याएको छ ।
अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकेनले सार्वजनिक गरेको आ तं क वा द सम्बन्धी नयाँ प्रतिवेदनमा नेपाल अन्तर्राष्ट्रिय आ तं क वा दी संगठनको ट्रान्जिट प्वाइन्ट वा क्रिडास्थल बन्नसक्ने जो खि म औंल्याइएको छ ।
त्यस्तो जो खि म हुनुमा भारतसँग खुला सिमाना भएको र मुलुकको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थलमा सुरक्षा मापदण्ड र व्यवस्था अपर्याप्त हुनुलाई अमेरिकाले कारणको रूपमा उल्लेख गरेको छ ।
सन् २०१८ को प्रतिवेदनमा अमेरिकाले नेपाललाई आ तं क वा दी को उर्वर भूमिको रूपमा उल्लेख गरेको थियो । तर, अहिलेको प्रतिवेदनमा भने जो खि म मात्र औंल्याइएको छ ।
सन् २०१५ देखि २०१८ सम्मको प्रतिवेदनमा अमेरिकाले इन्डियन मुजाहिद्दिनले नेपालसम्म क्षेत्र विस्तार गरेको र नेपाल इन्डियन मुजाहिद्दिनको ठूलो हब रहेको बताएको थियो । तर, यसपटक भने भारतसँगको खुला सीमा मात्र सुरक्षा जोखिमको रूपमा रहेको भनिएको छ ।
अमेरिकी विदेश मन्त्रालय अन्तर्गतको ब्यूरो अफ काउन्टर टेररिज्मले यस्तो प्रतिवेदन निकालेको हो । सन् २०२० मा नेपालमा अमेरिका वि रो धी कुनै आ तं क वा दी गतिविधि नभएको प्रतिवेदनमा उल्लेख छ ।
आ तं क वा द लाई लिएर नेपालको आफ्नै खाले परिभाषा नरहेको भन्दै अमेरिकाले प्रतिवेदनमा मध्यपूर्वमा देखिएको आ तं क वा दी गतिविधिको असर नेपालमा समेत पर्न सक्ने जो खि म औंल्याइएको छ ।
यो पनि : उत्तर कोरियामा हाँस्नका लागि प्र ति ब न्ध लगाइएको छ । ११ दिनसम्मका लागि उत्तर कोरियामा हाँ स्न तथा अन्य कुनै पनि प्रकारका खुशीयाली मनाउन रो क लगाइएको हो ।
उत्तर कोरियाली पूर्वनेता किम जोङ्ग इलको १० औं पुण्यतिथिको पूर्वसन्ध्यामा यस्तो प्र ति ब न्ध लगाइएको हो । उत्तर कोरियाले आफ्ना पूर्वनेता किम जोङ्ग इलको पुण्यतिथिका अवसरमा ११ दिनसम्म शोक मनाउने भएको हो ।
उत्तर कोरियामा शोकको यो अवधिमा हाँस्न, खुशी मनाउन तथा म दि रा पा न गर्न पूर्ण रुपमा रोक लगाइएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
उत्तर कोरियामा अहिले किम जोङ्ग इलका छोरा किम जोङ्ग उनले शासन गरिरहेका छन् ।
किम जोङ्ग इलको शोक मनाउनका लागि ११ दिनसम्म कसैले पनि हाँस्न नपाउने, म दि रा पा न गर्न नपाउने र कुनै प्रकारको खुशी मनाउन नपाउने गरी प्रशासनले आदेश जारी गरेको छ ।
शोकको यो अवधिमा कसैलाई आफ्नो जन्मदिन नमनाउन भनिएको छ । सरकारी आदेश उल्लंघन गर्नेलाई कडा स जा य को व्यवस्था गरिएको र आदेश पालना गराउनका लागि ठुलो संख्यामा सुरक्षाकर्मीलाई निगरानीका लागि खटाइएको बताइन्छ ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्मयका अनुसार उत्तर कोरियामा विगतमा पनि शोकको अवधिमा सरकारी आदेश उ ल्लं घ न गरेको आ रो प मा कयौंलाई नियन्त्रणमा लिइएको थियो ।
तिनलाई वैचारिक अ प रा धी का रुपमा स जा य दिइएको बताइन्छ । उत्तर कोरियाका तत्कालीन सर्वोच्च नेता किम जोङ्ग इलको १७ डिसेम्बर २०११ मा नि ध न भएको थियो ।
उनले १७ वर्षसम्म देशमा शासन गरेका थिए । किम जोङ्ग इलको निधनपछि उनका छोरा किम जोङ्ग उन सत्तामा आएका हुन् ।