काठमाडौं –
काठमाडौंमा फेरि झ्याप-झ्याप बिजुली जाने क्रम बढेको छ । पछिल्ला दिनमा जसरी चिसो बढेको छ, त्यही दरमा विद्युत जाने सम’स्या बढेको छ ।
बिहीबार दिउँसो काठमाडौंका विभिन्न स्थानमा पटक-पटक बिजुली गयो । लाइनहरु प्रभावित हुँदा सर्वसाधारणले सास्ती भोग्नुपर्यो । गत वर्षहरुमा पनि यस्तै सम’स्या देखिने गरेको थियो ।
गत वर्ष धेरैले कुलमान घिसिङ प्राधिकरणको नेतृत्वमा नदोहोर्याएका कारण व्यवस्थापकीय कारणले सम’स्या बढेको अड्कलबाजी गरेका थिए । तर, घिसिङ कार्यकारी निर्देशकका रुपमा फेरि आएपछि पनि यो समस्या समाधान हुने बाटोमा गएको देखिएको छैन ।
गत वर्षायाममा पनि यस्तै समस्या देखिएपछि प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले वितरण सेवाका अधिकारीलाई सम’स्या समाधानमा केन्द्रित भएर काम गर्न निर्देशन दिएका थिए ।
वितरण केन्द्रहरु भने यसलाई विगतकै जस्तो स्थानीय रुपमा उत्पन्न प्राविधिक कारण भन्दै टारिरहेका छन् । बिजुलीका स्थानीय प्रणालीमा प्राविधिक सम’स्या आउनुलाई प्राधिकरणले साधारण रुपमा ब्याख्या गर्दै आएको छ ।
सडक विस्तार आयोजना, बिजुलीको तार भूमिगत गर्ने आयोजना, ट्रान्सर्फमर र स्वीच गेयर, तार फेर्नेलगायतका काम गर्दा पनि लाइन जाने गरेको प्राधिकरणका अधिकारीहरु बताउँछन् ।
कहिलेकाहीँ ट्रान्सर्फमर र लाइनहरुमा समस्या भएर बिजुली जानुलाई उपभोक्ताले प्राविधिक समस्याका रुपमा बुझ्नुपर्ने उनीहरुको भनाइ छ । तर, उपभोक्ताहरु भने प्रणाली व्यवस्थापनमा प्राधिकरणले खास ध्यान नदिएका कारण पनि यस्तो अवस्था आएको आ’रो’प लगाउँछन् ।
विद्युत प्राधिकरणका प्रवक्ता तथा भारप्रेशण केन्द्रका प्रमुख सुरेशबहादुर भट्टराई काठमाडौंमा कढीमा ४ सय मेगावाटसम्म बिजुली माग भइरहेको बताउँछन् । ‘माग धान्न कुनै सम’स्यम छैन, हामीसँग यो वर्ष ४५६ मेगावाटको, ५२.४ मेगावाट क्षमताको लिखु-४ जस्ता आयोजना प्रणालीमा थपिएकाले माग व्यवस्थापनमा कुनै चि’न्ता नै छैन,’ उनी भन्छन् ।
माग धान्न सकस नभएपनि प्राधिकरणले प्रणाली सुधारको लागि पर्याप्त काम गरेको छैन । भूमिगत बिजुली लाइन विस्तार गरिरहेकाले पनि प्राधिकरणले हालको वितरणलाइनमा सामान्य सुधारका काम मात्रै गरेको छ । यही बेला वितरण ट्रान्सर्फमरको अभावले पनि सम’स्यामा पारेको प्राधिकरणको वितरण केन्द्रहरु बताउँछन् ।
स्थानीय क्षेत्रमा माग बढ्दा सम्बन्धित फिडरका लागि आवश्यक र प्रक्षेपित माग धान्न सक्ने गरी सबस्टेसन र वितरण प्रणालीलाई तयार राखिएको ग्राहक सेवा तथा वितरण निर्देशनालयका एक अधिकारी बताउँछन् ।
‘हामीले गर्नसक्ने जति सबै काम गरेका छौं,’ उनी भन्छन्,’तर, कतिपय स्थानमा सडक विस्तार लगायतका कामका लागि सटडाउन लिनुपर्ने हुन्छ । सिस्टम सुधारको लागि पनि काम गरिरहेका छौं ।’
काठमाडौंको प्रणाली सुधारका लागि प्राधिकरणले थालेका कतिपय काममा अवरोध हुँदा पनि सम’स्या भएको छ । २० वर्षअघि सुरु भएको थानकोट-चापागाउँ-भक्तपुर १३२ केभी रिङ मेन प्रसारणलाइन निर्माणको काम अझै सकिएको छैन । यसमा बुङ्मति क्षेत्रका स्थानीयवासीन्दाको अवरो’ध छ ।
यो लाइन नबने मातातीर्थसम्म जति बिजुली ल्याइए पनि शहरभित्र वितरण गर्न नसकिने प्राधिकरण बताउँछ । लामो समयदेखि वि’वाद सल्टाउन प्राधिकरणले सकिरहरेको छैन । सम’स्या नसल्टिएपछि प्राधिकरणले चोभरबाट पाटनको सबस्टेसनसम्म भूमिगत रुपमा नै प्रसराणलाइन बिछ्याउने तयारी गरिरहेको छ।
सो लाइनलाई भुक्तपुरसम्म पुर्याएपछि बन्ने रिंगबाट बिजुलीको वितरण लाइनमा गुणस्तर थपेर लाइन आउने-जाने सम’स्या हल गर्न मद्धत पुग्ने प्राधिकरणका अधिकारीहरु बताउँछन् ।
अध्ययन गर्दै प्राधिकरण
लोडसेडिङ हटेको लामो समयसम्म पनि एक्कासी बत्ती काटिने सम’स्या नहटेपछि नेपाल विद्युत प्राधिकरणले यसबारे अध्ययन पनि गरिरहेको छ। सम’स्या नहट्नुमा स्थानीय तवरमा व्यवस्थापनमा भएको कमजोरी पनि कारक रहेको हुनसक्ने देखिएकाले यसबारे ग’म्भी’र रुपमा अध्ययन भइरहेको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए ।
‘किन धेरै बिजुली गइरहेको छ, भनेर हामीले अध्ययन गरिरहेका छौं,’ घिसिङले भन्छन् ,’स्थानीय स्तरमा हाम्रा संयन्त्रहरुले सही ढंगले समयमै व्यवस्थापन नगरेकाले यस्तो भएको हुनसक्ने भएकाले हामीले अध्ययन थालेका हौं ।’ अध्ययनको निचोडअनुसार सुधारको थप प्रयास अघि बढ्ने उनको भनाइ छ ।
कतिपयले यसलाई ‘लोडसेडिङ’ भन्दै गुनासो गर्ने गरेका छन् । प्राधिकरणले हिउँदमा लोड बढ्दा मुख्यगरी वितरणलाइनमा आउने सम’स्याका कारण यस्तो बिजुली काटिने समस्या आउने गरेको बताउने गरेको छ । तर, वर्षौंसम्म गुनासो कम नभएपछि प्राधिकरणले तल्लो स्तरसम्मै व्यवस्थापनमा देखिएको समस्याबारे अध्ययन शुरु गरेको घिसिङले बताए ।
वर्षैसाल क्रमशः अनियमित बिजुली कटौतीको तथ्यांक घट्दै गएपनि २४ घण्टा नै नियमित विद्युत आपूर्तिको वातावरण बनाउनु महत्वपूर्ण रहेको प्राधिकरणले बताएको छ ।
‘यसबारे बुझ्दा कतिपय क्षेत्रमा सडक विभागसहित स्थानीय तहहरुले विभिन्न विकासे कामका लागि दिउँसो २-४ घण्टा सट डाउन माग्दा रहेछन्,’ उनले भने,’यति मात्रै कारणले सम’स्या देखिएको हैन, हाम्रो वितरण केन्द्रले समयमै ट्रान्सर्फमर पडि्कएको, पोल ढलेको, तार चुँडिएको लगायतका सम’स्याबारे रेस्पोन्स नगरेकोले पनि यस्तो भएको हुनसक्ने देखिएकाले अध्ययन थालेका हौं ।’
उनले वितरण प्रणालीमा आउन सक्ने सम’स्यालाई हटाउन प्राधिकरणले आ’क्र’म’क रुपमा सुधार गरिरहेको पनि बताए । जाडो महिनामा स्थानीय क्षेत्रमा लोड बढ्दा प्रणालीले धान्न नसकेपछि ट्रान्सर्फमर पड्किने सम’स्याहरु देखिन्छ । माग बढेअनुसार प्रणलीको क्षमता पनि बढाउने गरी काम भइरहेको घिसिङले बताए ।
‘सिस्टमलाई विश्वसनीय बनाउने कुरा हाम्रो लागि निकै चुनौतीपूर्ण छ,’ उनले भने,’ प्रणाली जति विश्वसनीय हुन्छ, त्यति नै उपभोक्ताको आत्मविश्वास बढ्छ र त्यसले खपत पनि बढ्छ ।’ प्राधिकरणलाई मागअनुसार वितरण गर्न बिजुली आपूर्ति गर्न सम’स्या नरहेको भन्दै घिसिङ दोहोर्याए ।
जाडो मौसममा हिटर, एसी, इलेक्ट्रिक गिजर लगायत धेरै बिजुली खपत गर्ने यन्त्रहरु बढी चल्छन् । यसका कारण स्थानीय क्षेत्रमा वितरण गर्न राखेको ट्रान्सर्फमरको क्षमताभन्दा बढी बिजुली खपत हुने अवस्था आउनसक्ने सम्भावना पनि हुन्छ । त्यसले स्थानीय वितरण प्रणालीमा चाप परेर ट्रान्सर्फमर बिग्रने स’मस्या पनि बढ्छ ।
कार्यकारी निर्देशक घिसिङका अनुसार अहिले बिजुलीको वितरण सिंगल लाइन सिस्टममा आधारित छ । अब त्यसलाई डबल लाइन सिस्टममा रुपान्तरण गर्न अत्यावश्यक रहेको कार्यकारी निर्देशक उनी बताउँछन् । यसका लागि काठमाडौंमा काम पनि भइरहेको छ। एक स्थानको सबस्टेशनमा सम’स्या आउँदा अर्को सब स्टेसनबाट लाइन दिन सकिने गरी यस्तो रिंग तयार गरिँदैछ ।
लोडसेडिङ व्यवस्थापनसँगै प्राधिकरणले बिजुलीको गुणस्तर र सुरक्षालाई प्राथमिकतामा राखेर काम अघि बढाएको कार्यकारी निर्देशक घिसिङको दाबी छ । हाल उपत्यकामा विभिन्न पाँच स्थानमा नयाँ सबस्टेसन निर्माण भइरहेको छ ।
ती सब-स्टेशनले मल्टिपल रिंगको काम गर्नेछन् । यी स्थानमा सबस्टेसन निर्माण सकिएर सञ्चालनमा आएपछि एकातर्फबाट लाइन काटियो भने अर्को स्टेशनबाट लाइन दिन सकिनेछ ।
वितरण लाइनलाई उच्च भोल्टेजमा लैजान पनि प्राधिकरणले काम थालेको छ ।११ केभी र ३३ केभीमा मात्रै वितरण भइरहेको लाइनलाई १३२ केभीमा लैजाँदा उपभोक्ताले गुणस्तरीय बिजुली पाउने घिसिङ बताउँछन् ।
विद्यमान सब-स्टेसनहरुमा पनि सुधारका कामहरु भइरहेको र वितरण प्रणालीलाई चुस्त बनाउन सबैतिर समानान्तर रुपमा प्रयास भइरहेको कार्यकारी घिसिङले बताए । ‘झ्याप्प बिजुली कटौती हुन नदिन सबै खालका प्रयास एकसाथ अघि बढाएका छौं,’ घिसिङले भने ।





















