काठमाडौं –
भारतका पहिला चिफ अफ डिफेन्स स्टाफ (सिडिएस) विपिन रावतको मृ त्यु पछि पूरै देश शो कमा छ। तमिलनाडुको कन्नुरमा बुधबार भएको हेलिकप्टर दु र्घ ट नामा रावत, उनकी पत्नीसहित १३ जनाको मृ त्यु भएको थियो।
यस दु र्घ ट नालाई लिएर विभिन्न प्रश्नहरु उब्जिएका छन्। अत्याधुनिक हेलिकप्टरको दु र्घ ट नाबारे विभिन्न शं काहरु व्यक्त भइरहेका छन् । केही विज्ञहरुले यसबारे आफ्नो धारण पनि दिएका छन्।
अन्तर्राष्ट्रिय ह ति या र नियन्त्रण मु द्धाका विशेषज्ञ, भू–रणनीतिकार तथा लेखक ब्रहमा चेलानीको एक ट्विट अहिले चर्चामा छ। यतिसम्म की चीनको मिडिया ग्लोबल टाइम्सले त्यसमा कडा प्रतिक्रिया दिएको छ।
चेलानीले हेलिकप्टर दु र्घ ट नाबारे एकपछि अर्को ट्विट गरेका छन्। ट्विटमार्फत उनले चीन वि रु द्ध खरो उत्रिएका सिडिएस रावत र ता इ वा न जनरल प्रमुखको हेलिकप्टर क्र्यासलाई लिएर ड र लाग्दो समानतालाई उजागर गरेका छन्।
ग्लोबल टाइम्सले चेलानीको ट्विटमा चीनको नाम लिइएपछि आ प त्ति जनाएको छ। उसले यो हिसाबमा त अमेरिकामाथि पनि शं का गर्न सकिने बताएको छ।
चेलानीले ग्लोबल टाइम्सलाई जवाफ पनि फर्काएका छन्। चेलानीले पछिल्लो २० महिनामा चीनसँग सीमा वि वा द च र्कि ए को बेला यस्तो भएको बताएका छन्। यसबाट भारतलाई ठूलो क्ष ति भएको उनको तर्क छ।
यो पनि : भारतको दक्षिणी राज्य तमिलनाडूमा भएको हेलिकोप्टर दुर्घटनामा मृ त्यु भएका चीफ अफ डिफेन्स स्टाफ (सिडिएस) विपीन रावत नेपालसँग राम्रो सम्बन्ध भएका सैनिक अधिकारी थिए ।
रावतसँगै उनकी पत्नी मधुलिका र अन्य ११ सैनिक अधिकारीको नीलगिरिमा बुधबार भएको हेलिकोप्टर दु र्घ ट नामा नि ध न भएको छ ।
नेपालसँग सीमा जोडिएको उत्तराखण्डको गढवालमा जन्मिएका रावत सैन्य सेवामा गोर्खा राइफल्ससँग सम्बन्धित रहेका थिए । भारतीय सेनाका चार तारे जनरल रावत ११ गोर्खा राइफल्ससँग सम्बन्धित थिए ।
उनी सन् १९७८ डिसेम्बर १६ मा ११ गोर्खा राइफल्सको पाँचौ बटालियनमा भर्ना भएका थिए । रावत सन् २०१७ डिसेम्बर ३१ मा भारतीय स्थल सेनाका प्रमुख हुने गोर्खा बटालियनका तेस्रो अधिकारी हुन् ।
भारत सरकारले सामान्यत: वरिष्ठतालाई प्रमुख बनाउने परम्परा तोड्दै तेस्रो वरीयतामा रहेका रावतलाई स्थल सेना प्रमुख बनाएको थियो । रावतलाई नेपालले पनि मानार्थ महारथी सम्मान गरेको थियो ।
राष्ट्रपति विद्यादेवी भण्डारीले २०७३ चैत १६ राष्ट्रपति निवासमा आयोजित कार्यक्रम महारथी उपाधिबाट सम्मान गरेकी थिइन् । त्यतिबेला उनले पोखरा र मुक्तिनाथको समेत भ्रमण गरेका थिए ।
यसै वर्षको सुरुवातमा मन्त्रिपरिषद्ले भारतीय सेनाका सिडिएस रावतलाई भ्रमणका लागि निम्तो दिने प्रस्ताव स्वीकृत गरे पनि को भि डका कारण सफल हुन सकेको थिएन ।
भारतले आफ्नो सैनिक संरचनालाई परिवर्तन गरेर स्थल, जल र वायु सेनाको एउटै कमान्ड अन्तर्गत निर्माण गर्न रावतलाई सन् २०२० जनवरी १ मा पहिलो चिफ अफ डिफेन्स स्टाफ नियुक्त गरेको थियो ।
सन् २०१०मा दिल्लीस्थित नेसनल डिफेन्स कलेजमा सहपाठी रहेका नेपाली सेनाका पूर्वमेजर जनरल विनोज बस्न्यात रावत गोर्खाली पल्टनमा हुर्किएका व्यक्ति भएका बताउँछन् ।
‘उनी गोर्खालीका माझ हुर्किएका हुन् । उनी नेपाली बोल्न र टोपी लगाउन खुब रुचाउँथे’, बन्स्यात विगत स्मरण गर्दै भने, ‘त्यहाँ एक सय जना थिए होलान् तर हामी निकट थियौं । व्यक्तिगत रुपमा मित्र गुमाएको छँदैछ । त्यो भन्दा पनि बढी नेपाली सेना र देशले पनि राम्रो सम्बन्ध भएको व्यक्तिलाई गुमाएको छ ।’
बस्न्यात रावतलाई नेपालसँगको सम्बन्धलाई सुधारका लागि आफै प्रयास गर्ने व्यक्तिको रुपमा सम्झन्छन् । ‘११ गोर्खा राइफल्सको कमान्ड गरेको कारणले धेरै नेपालीसँग उहाँको राम्रो थियो,’ उनले भने ।
रावतका पिता पनि गोर्खा पल्टनमै कार्यरत थिए । पिता लक्ष्मणसिंह भारतीय सेनामा लेफ्टिनेन्ट जनरलसम्म बनेका थिए । राजनीतिक विषयमा पनि चर्को टिप्पणी गर्ने रावत समय समयमा विवादमा पर्ने गरेका थिए ।
गत माघमा काठमाडौंमा रहेको थिंक ट्यांक एसियन इन्स्टिच्युट अफ डिप्लोमेसी एन्ड इन्टरनेसनल रिलेसन्सले आयोजना गरेको कार्यक्रममा प्रमुख वक्ताका रुपमा रहेका रावतले श्रीलंकाबाट पाठ सिक्दै चीनसँग सतर्क हुनुपर्ने सुझाव नेपाललाई दिएका थिए ।
रावतले पदीय मर्यादाभन्दा बाहिर गएर उक्त टिप्पणी गरेको भन्दै कतिपयले आलोचना गरेका थिए । त्यसअघि पनि उनले भौगोलिक कारणले नेपाल र भुटान भारतबाट बाहिर जान नसक्ने बताएका थिए ।
आन्तरिक राजनीतिक विषयमा पनि उनले टिप्पणी गर्ने गरेका थिए । कतिपयले उनलाई सेनाको व्यावसायिक मर्मविपरीत गएर सत्तारुढ भारतीय जनता पार्टी (बिजेपी)को पक्षमा धारणा राख्ने गरेको भन्दै आलोचना गर्दथे ।
यसैबीच, नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माले रावतको निधनप्रति दु:ख व्यक्त गरेका छन् ।