काभ्रेको एक चाउमिन र सस बनाउने उद्योगमा आगलागी

काठमाडौं – काभ्रेको एक चाउमिन र सस बनाउने उद्योगमा आगलागी भएको छ ।

जिल्ला प्रहरी कार्यालय काभ्रेकाअनुसार बिहीबार बिहान करिब ६ बजेको आसपासमा दोलखा घर भएका शम्भु कार्कीले चलाउँदै आएको कारखानामा आगलागी भएको हो ।

आगलागीबाट सस, चाउमिन, सस र चाउमिन बनाउन प्रयोग हुने कच्चा पदार्थ र केही थान मेसिन जलेर नष्ट भएको छ । यस्तै, उक्त कारखाना भित्र पार्किङ गरी राखेको मोटरसाइकल र कारखाना समेत जलेर पूर्ण रुपमा नष्ट भएको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...