साउन १ गते सार्वजनिक बिदा !

काठमाडौं – कर्णाली प्रदेश सरकारले भोलि साउन १ गते सार्वजनिक बिदा दिने भएको छ ।

‘साउने सङ्क्रान्ति तथा देउडा पर्व’का अवसरमा  प्रदेश सरकारले भोलि साउन १ गते सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

गत वैशाख १७ गते बसेको कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार आन्तरिक मामिला तथा कानुन मन्त्रालयले आइतबार एक सूचना जारी गरी साउन १ गते सार्वजनिक बिदाको घोषणा गरेको हो  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...