छोरी जन्मने बित्तिकै ५ हजारको मुद्दती खाता !

बागलुङ – लैंगिक विभेदका कारण भ्रुणहत्याको प्रवृत्ति हटाउन भन्दै बागलुङ नगरपालिकाले छोरी बचाऊ सम्बन्धी अभियान सुरु गर्ने भएको छ । तेह्रौं नगरसभामा नगरप्रमुख बसन्तकुमार श्रेष्ठले ल्याएको नीति तथा कार्यक्रममा ‘नगरको छोरी’ अभियान चलाउने भएको हो ।

त्यसका लागि छोरी जन्मने बित्तिकै ५ हजार रुपैयाँको मुद्दती खाता खोलिदिने व्यवस्था गरिएको हो । अभिभावकले सक्ने भएमा उक्त रकममा थप गर्न लगाउने र कम्तिमा २० बर्ष झिक्न नमिल्ने कार्यविधि बनाइने छ । उक्त रकम निरन्तर राख्दा ६५ वर्ष उमेर पुग्दा कम्तीमा ४ करोड रकम पुग्ने अनुमान गरिएको छ ।

उक्त योजनाका लागि नगरपालिकाले सदरमुकाममा कार्यरत बैंकसँग सम्झौता गरेर काम अगाडि बढाउने जनाएको छ । ‘गर्भ परीक्षण गरेर छोरी भए भ्रुणहत्या गर्ने प्रवृत्ति अन्त्यका लागि यो नीति अवलम्बन गरिएको हो,’ नगरप्रमुख श्रेष्ठले भने, ‘छोरीप्रतिको गलत दृष्टिकोण चिरेर सम्मान गर्ने वातावरण यो नीतिले ल्याउने छ ।’ साथै यो नीतिले दूर भविष्यमा सामाजिक सुरक्षा भत्ताको भारसमेत हटाउने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...