मेयर बालेनले भित्राए आफ्नो टिममा विश्व प्रतिष्ठित ब्यक्तिहरु बालेन टिम भयो झनै बलियो..(भिडियाे हेर्नुस्)

काठमाडौं महानगरपालिकाले नेपाल प्रहरीका पूर्व प्रहरी उपरीक्षक (एसपी) जगतमान श्रेष्ठलाई ट्राफिक विज्ञ सल्लाहकारमा नियुक्त गरेको छ।

महानगरको प्रमुखस्तरीय निर्णयअनुसार मंगलबार श्रेष्ठलाई नियुक्ति दिइएको हो। मंगलबारदेखि नै लागु हुने गरी उनलाई विज्ञ सल्लाहकारको रूपमा नियुक्ति दिएको महानगरले जानकारी दिएको छ।

महानगरले काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयसँग समन्वय गरी ट्राफिक व्यवस्थापन गर्दै आएको छ। ट्राफिक व्यवस्थापन गर्न महानगरले पार्किङमा बनाइएका संरचनाहरू भत्काउने काम गरिरहेको छ।

जसले गर्दा पनि काठमाडौंको जामको समस्या हट्ने आकलन गरिएको छ।  श्रेष्ठसँग नेपाल प्रहरीमा ३० वर्ष सेवा गर्दा ट्राफिक प्रहरीमा मात्र २० वर्ष काम गरेको अनुभव छ ।

महानगरले काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयसँग समन्वय गरी ट्राफिक व्यवस्थापन गर्दै आएको छ। ट्राफिक व्यवस्थापन गर्न महानगरले पार्किङमा बनाइएका संरचनाहरू भत्काउने काम गरिरहेको छ। जसले गर्दा पनि काठमाडौंको जामको समस्या हट्ने आकलन गरिएको छ।

त्यस्तै, मेयर शाहले केहि दिनअघि शिक्षा सल्लाहकारमा रेशु अर्याल नियुक्त गरेका थिए ।  अर्याल टिच फर नेपालको संस्थापक समेत हुन् । उनी यसअघि विवेकशील साझा पार्टीको केन्द्रीय सदस्य समेत थिइन्।

त्यस्तै, महानगरको कानुनी सल्लाहकारको रूपमा ओमप्रकाश अर्यालसहित ५ जनालाई नियुक्त गरेको थियो। मेयर बालेनले डिना श्रेष्ठ, शंकर पुडासैनी, ओमप्रकाश अर्याल, महेश नेपाल र कुमारी खरेललाई कानुनी सल्लाहकारमा नियुक्त गरेको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...