मंसिर ४ को चुनाव हुनेभयो झनै रोचक, देश दुनियाले चिनेका चर्चित युवा समेत कांग्रेसबाट ओर्लिदैछन् चुनावी मैदानमा !

काठमाडौं – आसन्न यसपटकको संघको चुनाव निकै रोचक र फरक हुने देखिएको छ । स्वतन्त्र मात्र नभई पार्टीबाटै समेत बौद्धिक र आशा गरिएका व्यक्ती समेत चुनावमा उम्मेदवारी दिन हौसिएपछि मंसिर ४ को चुनाव प्रतिक्षित बनेको हो ।

यसैबीच, देश दुनियाले चिनेका राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष स्वर्णिम वाग्लेले चितवन–१ बाट प्रतिनिधिसभा सदस्य उमेदवारी दाबी गरेका छन् ।

आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसबाट उमेदवारीका लागि अर्थशास्त्री डा.वाग्लेले आवेदन दिएका हुन् । नेपाली कांग्रेसले केन्द्रबाट गरेको परिपत्र अनुसार निर्वाचन क्षेत्रहरुले उमेदवार बन्न ईच्छुकको आवेदन मागेका थिए ।

संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम यूएनडीपीको एशिया प्रशान्त क्षेत्रको आर्थिक सल्लाहकार भएर काम गरी फर्किएका वाग्लेले संसदीय चुनाव लड्ने निर्णयसहित उम्मेदवारीका लागि आवेदन दिका हुन् ।

“मैले आठ वर्षअघि विश्व बैंकको जागिर छोडेर राष्ट्रिय योजना आयोगको सदस्य भएपछि स्वदेशमै बसेर राजनीति गर्ने निर्णय लिएको हुँ,” डा. वाग्लेले भने, “बीचको एक डेढ वर्ष मैले प्रधानमन्त्रीसहित कांग्रेस शीर्ष नेताको सल्लाहमा विशेष जिम्मेवारी सम्हाल्नेगरी न्युयोर्क गएको थिएँ ।”

उनले विगतमा आर्थिक र योजनाका क्षेत्रमा राजनीतिक नेतृत्वसँग जोडिएर काम गरे पनि अब भने पूरै राजनीतिमा जानेगरी उमेदवारीको आवदेन दिएको जानकारी दिए ।

नेपाली कांग्रेसले उम्मेदवार हुन इच्छुकसँग आवेदन माग गरेको थियो। वाग्ले यूएनडिपीको एशिया प्रशान्त क्षेत्रको आर्थिक सल्लाहकार थिए। उनी हालै नेपाल आएका थिए।

यस्तै कांग्रेसकाबाट चितवन १ मा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठ, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष विश्वनाथ पौडेल, त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति तीर्थराज खनियाँ, नेता राजेन्द्रप्रसाद बुर्लाकोटी र भीमप्रसाद थपलियाले प्रत्यक्षतर्फ उम्मेदवार बन्न आवेदन दिएका हुन्।

उनीहरु सबैले आफैँ उपस्थित भएर निवेदन दर्ता गरेको क्षेत्र नम्बर १ का सचिव दीपक पौडेलले जानकारी दिए। समानुपातिकतर्फ नेता शुशीलादेवी उप्रेती, सावित्री बोगटी पाठक, जोखाप्रसाद चौधरी, वासुदेव चौधरी, सावित्रीदेवी चौधरी, टंकप्रसाद उप्रेती, सूर्य अर्याल र मानबहादुर थापाले निवेदन दर्ता गरेका छन्।

निवेदन दर्ताका लागि आज बिहान १० बजेदेखि साँझ ५ बजेसम्म समय तोकिएको थियो। क्षेत्रीय समितिले बुधबार दिउँसो प्रत्यक्षतर्फ उम्मेदवार बन्न इच्छुक सबै नेताहरुसँग छलफल गर्ने जनाएको छ।

छलफलबाट उपयुक्त उम्मेदवार छनोट गरी उपल्लो तहमा सिफारिस गरिने पौडेलले बताए। कांग्रेस चितवनको क्षेत्र नम्बर २ र ३ ले भने उम्मेदवार बन्न इच्छुकले निवेदन गर्दा गर्ने मिति बुधबारलाई तोकेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...