काठमाडौं – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र (बालेन) साहले सञ्चालन गरिरहेको अनधिकृत संरचना भत्काउने अभियानलाई समर्थन गरेका छन्।
त्यसो त आफू प्रधानमन्त्री भएकाले डा. भट्टराईले पनि कुनै बेला काठमाडौंका सडक चौडा पार्ने अभियान सञ्चालन गरेका थिए।
अहिले मेयर शाहले नक्सा पास नभएका र अवैध रूपमा खडा गरिएका संरचना भत्काउने अभियान सञ्चालन गरिरहेका छन्। यसका लागि उनलाई स्याबासी दिँदै नेपाल समाजवादी पार्टीका अध्यक्ष भट्टराईले यसलाई निरन्तरता दिन आग्रह गरेका छन्।
डा. भट्टराईले अल्फाबिटा कम्प्लेक्सका सञ्चालकलाई नक्सा देखाउँदै गरेको तस्बिरसहित ट्विटरमा लेखेका छन्, ‘वेल डन बालेन शाह, किप इट अप।’
Well done @ShahBalen ! Keep it up !! pic.twitter.com/tPS7gCSRmQ
— Baburam Bhattarai (@brb1954) August 25, 2022





















