देउवा–प्रचण्डहरुको दाँतबाट पसिना निस्किने संकेतः राष्ट्रपतिले बोल्ड अर्को कदम चाल्दै !

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीको नागरिकता विधेयक प्रमाणिकरण नगर्ने चट्टानी अडानले सत्तागठबन्धन तरंगित भएको छ । राष्ट्रपतिको अडानले गठबन्धनका शीर्ष नेता शेर बहादुर देउवा, पुुष्पकमल दाहाल प्रचण्डहरुको दातबाट पसिना निस्किनेभयो भन्दै सामाजिक सञ्जालमा टिप्पणी हुन थालेको हो ।

राष्ट्रपतिले आफूले पदबाट राजीनामा दिनेबारे नसोचेको बताएकी छिन्। राष्ट्रपति राजीनामा दिने मुडमा रहेको भन्दै सत्तारुढ दलहरुभित्र व्यापक हल्ला भइरहेका बेला नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मा, पूर्वप्रधानसेनापति प्यारजंग थापा र पूर्णचन्द्र थापासहित ६७ जना सैनिक अधिकारीसामु राष्ट्रपति भण्डारीले राजीनामा नदिने प्रष्ट पारेकी थिइन्।

सेनापति शर्मासहित वर्तमान र भूतपूर्व सैनिक अधिकारीहरुसँग लामो कुराकानीका क्रममा बुधबार राष्ट्रपति भण्डारीले राष्ट्रिय सुरक्षा र समसामयिक राजनीतिक अवस्थाले त्यसमा पार्ने असरबारे परामर्श गरेकी थिइन्। सेनापतिसहित अधिकांश जर्नेलहरुले विवादास्पद नागरिकता विधेयकमा राष्ट्रपतिले प्रमाणिकरण गर्न नहुने सुझाव दिएका थिए। सबैका सुझाव सुनेपछि राष्ट्रपति भण्डारीले आफूले उठाएका विषयमा राष्ट्रिय सभाले गहन छलफल गरेर ती विषयहरुलाई सम्बोधन गर्छ भन्ने आफूलाई लागेको बताएकी थिइन्।

उनले यो प्रक्रियाका लागि लाग्ने दुई महिनाको समय कुरेर हेर्न आग्रह गर्दै सैनिक अधिकारीहरुले अहिलेकै अवस्थामा विधेयक प्रमाणीकरणका लागि ल्याए आफूले प्रमाणीकरण नगर्ने संकेत गरेकी थिइन्। राष्ट्रपति राजीनामा दिने मुडमा रहेको भन्दै सत्तारुढ दलहरुभित्र व्यापक हल्ला भइरहेका बेला नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मा, पूर्वप्रधानसेनापति प्यारजंग थापा र पूर्णचन्द्र थापासहित ६७ जना सैनिक अधिकारीसामु राष्ट्रपति भण्डारीले राजीनामा नदिने प्रष्ट पारेकी थिइन्।

अहिलेकै अवस्थामा विधेयक प्रमाणीकरणका लागि राष्ट्रपतिकोमा पठाइए त्यसलाई प्रमाणीकरण नगरी समय लम्ब्याउने, तन्काउने र देशवासीका नाममा संबोधन गर्दै यथार्थ कुरा जनतासामु राख्नुपर्ने सुझाव पूर्वसैनिक अधिकारीहरुले दिएका थिए। सहभागी एक पूर्वसैनिक जर्नेलका अनुसार, यस्तो विधेयक प्रमाणीकरण नगरेर अडान राखे राष्ट्रपतिलाई इतिहासले उच्च मूल्यांकन गर्ने र सो अडानलाई नेपाली सेनाले पूर्णरुपमा सहयोग गर्नेबारे राष्ट्रपतिलाई आश्वस्त पार्ने प्रयास गरिएको थियो।

सैनिक जनरलहरुसंगको कुराकानीमा कतिपयले सर्बोच्च अदालततिर पठाइदिने विकल्प हुनसक्छ कि भन्ने सुझाव दिएका थिए भने कतिपयले अहिलेको अवस्थामा सर्बोच्च अदालतले पनि राष्ट्रिय सुरक्षाको महत्वपूर्ण विषय नागरिकतबारे अडान राख्न नसक्ने खतरा भएकाले सर्बोच्चको राय लिनेतिर लाग्नु हानिकारक हुने सुझाव पनि राष्ट्रपति भण्डारीलाई दिएका थिए। यो भेटपछि सहभागीहरुका लागि राष्ट्रपति निवास शीतलनिवासमा रात्रिभोजसमेतको आयोजना गरिएको थियो।

राष्ट्रपति भण्डारीले सेनापतिसहित सैनिक जर्नेलहरुसँग भेट गर्ने कार्यक्रम तय भएपछि प्रधानमन्त्री शेरबहादुर देउवा भने सशंकित भएको बताइएको छ। उनले गृहमन्त्री बालकृष्ण खाणलाई के कुरा हो त्यो भन्ने बुझ्न अह्राएको र गृहमन्त्री खाणले सेनापति प्रभुराम शर्मासँग हिजै भेट गरेका थिए।

स्रोतका अनुसार राष्ट्रपतिले राजीनामा नदिने, प्रमाणिकरण त झन् गर्दै नगर्ने तर यो विधेयकलाई नागरिकता विधेयक प्रमाणीकरण नगरी त्यत्तिकै थन्क्याइदिए त्यसपछि आउने संबैधानिक राजनैतिक संकट के हुन्छ भन्नेबारे राजधानीमा बहश शुरु भइसकेको छ। यस्तै यता ष्ट्रपति विद्यादेवी भण्डारीले सैनिक अधिकारीहरुसँग गरेको परामर्शलाई सत्ता गठबन्धनले अस्वभाविक भनेको छ। बिहीबार बालुवाटारमा बसेको गठबन्धनको बैठकमा राष्ट्रपति भण्डारीका पछिल्ला गतिविधिबारे समीक्षा भएको थियो।

त्यस बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रपति भण्डारीको गतिविधिबारे चासो व्यक्त गरेका थिए। यस्तै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपतिको कदम स्वभाविक नभएको बताएका थिए। बैठकमा प्रधानमन्त्री देउवाले नागरिकता विधेयक फिर्ता गरेपछि राष्ट्रपतिले निरन्तर गरिरहेको परामर्शबारे सत्ता गठबन्धनका अन्य नेताहरुको धारणा बुझेका थिए।‘राष्ट्रपतिले नागरिकता विधेयक पनि फिर्ता गर्नुभयो। उहाँ निरन्तर परामर्शमा हुनुहुन्छ उहाँको मनसाय बुझ्न सकिएन,’ प्रधानमन्त्री देउवाले बैठकमा भनेका थिए।

यस विषयलाई माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले अस्वभाविक रहेको बताए। ‘सेना र कानुनविद्हरुसँगको परामर्श र नागरकिता विधेयकबारे उहाँको कदम स्वभाविक छैन,’प्रचण्डको भनाई थियो। राष्ट्रपति भण्डारीले बुधबार सेनाका बहालवाला र अवकास प्राप्त अधिकारीहरुसँग छलफल गरेकी थिइन्।

यस्तै जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले राष्ट्रपतिको कदमलाई असंवैधानिक भनेका थिए।‘संविधानले कसैलाई पनि नागरिकताबाट बञ्चित नगराउने भनेको छ। विगतमा गएको अध्यादेश स्वीकृत गर्ने र अहिले प्रतिनिधिसभाले पठाएको विधेयक अस्वीकार गरेर उहाँले असंवैधानिक काम गर्नुभएको छ,’ उनले भने।

बैठकमा एकीकृत समाजवादीले सेनासँगको परामर्शलाई स्वभाविक मान्न नसकिने धारणा व्यक्त गरेको छ।‘सेनासँग उहाँले परामर्श गर्नुपर्ने कुनै कारण थिएन। उहाँको काम शंकास्पद छ भन्ने धारणा समाजवादीले राखेको छ,’ बैठकमा सहभागी एक नेताले भने।

एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले राष्ट्रपतिको पछिल्लो गतिविधि शंकास्पद रहेको बताएका छन्। पार्टी स्थापनाको पहिलो वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन्। राष्ट्रपति भण्डारीले प्रतिनिधिसभाले प्रमाणीकरणका लागि पठाएको नागरिकता विधेयक फिर्ता गरेकी थिइन्। उनले फिर्ता गरेपछि सरकारले जस्ताको त्यस्तै विधेयक पठाइने निर्णय गरेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...