हर्क साम्पाङको यस्तो प्रस्तावले लोकसेवाको तयारीमा रहेकाहरू भए खुसीले गदगद, झनै पलायो अर्को आशा !

काठमाडौं – स्थानिय तहको निर्वाचनमा स्वतन्त्र उमेदवारी दिएर सुनसरीको धरान उपमहानगरपालिकाको मेयरमा निर्वाचित भएका हर्क साम्पाङ आफ्नो काममा अविचलित रुपमा सदावहार लागीरहेका छन् । कसैले प्रशंसा गरोस् या ओलोचना उनलाई त्यसकाे कुनै प्रवाह छैन ।

मेयर साम्पाङले हालै दिएको एउटा अभिव्यक्तिले फेरी देशभर उनको प्रशंसा चुलिएको छ । साधारण जीवनशैली र जनतासँगै घुलमिल गरेर काम गर्ने शैलीका कारण विशिष्ट पहिचान बनाएर अघि बढिरहेका साम्पाङले निकैनै मन छुने अभिव्यक्ति दिएका छन् । जुन अभिव्यक्तिका कारण उनको प्रशंसा चुलिएको छ ।

यस्तै उनै हर्कराज राई हर्क साम्पाङले र्क साम्पाङले बोल्ड प्रस्ताव अघि बढाएका छन् । मेययर हर्कराज राई ‘हर्क साम्पाङ’ले अघि बढाएको प्रस्तावले लोक सेवा आयोगको तयारी र लोकसेवा दिने सोच बनाउनेहरुलाई खुसी दिएको हो ।

मेयर साम्पाङ’ले लोक सेवा आयोगले लिने परिक्षा र अन्तर्वार्ता पनि लाइभ हुनुपर्ने प्रस्ताव अघि सारेका छन् । मेयर राईको प्रस्ताव अहिले सामाजिक सञ्जालमा भाइरल बनाइएको छ ।

उनले सामाजिक संञ्जाल फेसबुकमा एक स्टाटस लेख्दै यस्तो बताएका हुन् । लोक सेवा आयोगको परिक्षा र अन्तर्वार्ता पनि लाइभ गर्दा विश्वास देखिने उनले बताएका छन् ।

पछिल्लो समय लोक सेवा आयोगको परिक्षा र अन्तर्वार्तामा घुसपेट हुने गरेको आरोप लाग्दै आएको छ । हर्क साम्पाङले समसामयिक विषयमा आफ्नो विचार सामाजिक सञ्जाल फेसबुक मार्फत राख्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...