रोकिएन् बालेन रफ्तार, कुलमानलाई समेत छाडेनन् !

काठमाडौं – महानगरपालिकाका प्रमुख बालेन्द्र (बालेन) शाहले केयुकेल र कुलमान घिसिङ प्रमुख रहेको विद्युत प्राधिकरणलाई समेत नछाडेको खबर छ । ब्याक टु ब्याक स्टेड फरवार्ड कदम चाल्दै आएका बालेन केयुकेल र प्राधिकरण नेतृत्वमाथि खनिएका छन्।

(केयुकेएल) खानेपानी वितरणका लागि खनिएका सडक कालोपत्रे नगरेको र प्राधिकरणले बिजुलीको तार भूमिगत गरेपछि छाडिएको सडक कालोपत्रे नगरेको भन्दै (केयुकेएल) र प्राधिकरणमाथि खनिएका हुन् ।

काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र (बालेन) शाह केयुकेल र विद्युत प्राधिकरणमाथि खनिएका छन्। (केयुकेएल) खानेपानी वितरणका लागि खनिएका सडक कालोपत्रे नगरेको र प्राधिकरणले बिजुलीको तार भूमिगत गरेपछि छाडिएको सडक कालोपत्रे नगरेको भन्दै (केयुकेएल) र प्राधिकरणमाथि खनिएका हुन् ।

वडा नं. १३, १४, १५ र २६ का सडक खानेपानी वितरणका लागि भन्दै खनिएका छन् । तर, लामो समय बिते पनि कालोपत्रे नभए पछि उनले कहिले कालोपत्रे हुन्छ भन्दै प्रश्न गरेका हुन् ।

यसैगरी खानेपानीको पाइप बिछ्याउन सहमति माग भइआएका वडा नम्बर २, ३, ४ र ५ को काम कसरी हुँदैछ ? काठमाडौं उपत्यका खानेपानी लिमिटेडका पदाधिकारीलाई उनले प्रश्न गरे ।

विद्युत् प्राधिकरणका पदाधिकारीलाई वडा नम्बर ३ रानीबारी क्षेत्र, वडा ४ को बालुवाटार, विशालनगर, धुम्वाराही क्षेत्र, वडा ५ को हाँडीगाउँ, मालीगाउँ, कालोपुल क्षेत्र, वडा २६ को नयाँ बसपार्क क्षेत्रमा बिजुलीको तार भूमिगत गरेपछि छाडिएको सडक कहिलेसम्ममा पुनःस्थापना हुन्छ भन्ने प्रश्न गरे ।

बैठकमा सडक विभाग, काठमाडौं उपत्यका खानेपानी लिमिटेड, आयोजना कार्यान्वयन निर्देशनालय, विद्युत् प्राधिकरणलगायत कार्यालयका पदाधिकारीले बर्खायाममा सडक कालोपत्रे गर्न नसकिने बताएका थिए ।

पाइप तथा बिजुलीका तार बिछ्याउन खनिएका सडक पानी पर्न छाडेपछि कालोपत्रे हुने उनीहरूले भनाइ राखे । प्रमुख साहले सहर व्यवस्थापनका लागि आचरण सुधारको खाँचो रहेकामा पनि जोड दिए । सेवा प्रदायक तथा लाभग्राहीको व्यवहारमा परिवर्तन ल्याउन सक्ने हो भने सहरी सेवा तथा सुविधा व्यवस्थापनमा परिवर्तन आउने उनले धारणा थियो ।

प्रमुख शाहले भने, “सडक, खानेपानी, ढल निकासजस्ता भौतिक पूर्वाधारको सञ्जाल, बिजुली, टेलिफोन तथा इन्टरनेट सेवाप्रदायकको तार सञ्जाल, फोहरमैला व्यवस्थापनजस्ता कामका लागि पहिला सफ्टवेयरमा काम गरौँ, त्यसपछि हार्डवेयरमा काम गर्नुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...