सलमान नेपाल नआउने भएपछि सालिन व्यक्तीत्व नेपाली वैज्ञानिक महावीर पुनले युरोपबाटै कसे यस्तो कडा व्यंग्य

काठमाडौं – बलिउड अभिनेता सलमान खानको नेपालमा हुने भनिएको कार्यक्रम स्थगित भएपछि सालिन व्यक्तीत्व नेपाली वैज्ञानिक महावीर पुनले युरोपबाटै कडा व्यङ्ग कसेका छन् ।

यही शनिबार अर्थात् जेठ १४ गते दशरथ रंगशालामा हुने भनिएको बलिउड अभिनेता सलमान खानको कार्यक्रम स्थगित भएपछि पुनले कडा स्टाटस लेखेका हुन् ।

सलमानसहित करिब एक दजर्न कलाकारहरू ‘दबंग टुर रिलोडेड’का लागि नेपाल आउने तय भएको थियो । तर अन्तिम समयमा प्राविधिक समस्या देखाएर कार्यक्रम केही हप्ताका लागि सरेको भन्दै आयोजकले मंगलबार विज्ञप्ति जारी गरेको थियो । टुरका लागि सलमानसँगै सोनाक्षी सिन्हा, ज्याकलिन, प्रभु देवा, साइ मान्जरेकर, गुरु रान्धावा आदि कलाकार भारतबाट आउने बताइएको थियो ।

यतिबेला सामाजिक सञ्जालहरूमा यस विषयलाई लिएर विभिन्ट टिकाटिप्पणीहरू भइरहेका छन् । यसैक्रममा राष्ट्रिय आविष्कार केन्द्रका प्रमुख महावीर पुनले पनि व्यांग्यात्मक स्टाटस लेखेका छन् ।

उनले लेखेका छन्, “नेपालमा सलमान खान नआउने भएछन् । त्यसैले युरोपबाट महावीर पुन खान आउने तयारी गर्दैछु । शुभेच्छुकहरूलाई न्यास्रो पार्नुभएन नि हाउ ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...