काठमाडौंं – चुनाव नजिकिएसँगै स्थानीय तहमा उम्मेदवारी दिएका व्यक्तिहरु यतिबेला चुनावी अभियानमा व्यस्त छन्।
त्यसमध्ये देशकै राजधानी काठमाडौंमा चुनावी अभियान तिव्र नहुने कुरै भएन। त्यसमा पनि काठमाडौं महानगरपालिकाको मेयरका प्रत्यासीहरुको चुनावी अभियान झनै तिव्र रुपमा चल्नु स्वभाविक हो।
यसपटक एमालेबाट पूर्व मेयर समेत रहेका केशव स्थापितले पनि मेयरका लागि टिकट पाएका छन्। यस क्रममा उनले धेरैपटक विवादस्पद अभिव्यक्तिहरु पनि दिइरहेका छन्।
यसबीचमा स्थापितले आज सोमबार पनि विवादस्पद अभिव्यक्ति दिन छुटाएनन्। आज उनले आफूलाई भोट नहाल्ने व्यक्तिहरु नर्कमा पुग्ने बताएका हुन्।
काठमाडौंको त्रिपुरेश्वर–११ वंशिघाटमा आयोजित चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै स्थापितले भनेका छन्,‘यो ठाउँमा असजिलो पर्दा म अगाडि उभिएको थिए, यहाँ मेरो अधिकार पनि लाग्छ। यहाँका कोही दाजुभाइले मलाई भोट हालेन भने त्यो मान्छे नर्कमा जान्छ।’
यसअघि उनले मेयरकै प्रत्यासी बालेन शाहलाई ‘फुच्चे, ठग’ भनेका थिए भने। एक महिलालाई ‘तिम्रो अनुहार राम्रो थुतुनो चाहीँ ठिक रहेनछ’ भनेका थिए।





















