काठमाडौं –
एमालेका प्रमुख सचेतक विशाल भट्टराईले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरिसन एमसीसी यथास्थितिमा सदनबाट अनुमोदन गर्ने शर्त राखेको छन् ।
सदनमा एमालले मागेको माग पुरा नगरेसम्म यथास्थितिमा एमसीसी पारित गर्न नदिने उनले बताए । एमालले राखेको माग सम्बोधनविना हुने कुनै पनि संसदको कार्यसुचिमा सहभागी नहुने उनले बताए ।
एमालले कारबा’ही गरेका माधवकुमार नेपाल सहित १४ जनाको संसदबाट पदमुक्त नगरेसम्म एमालले संसदमा अवरो’ध कायमै राख्ने भन्दै उनले यसविचमा बैठकमा पेस हुने कुनै पनि कार्यक्रममा सहभागी नहुने बताए ।
आफुहरुले माग सम्बोधन भएपछि एमसीसीको पक्ष वा विपक्षमा मतदान गर्ने भन्ने विषयमा एमालले निर्णय गर्ने प्रमुख सचेतक भट्टराईले न्युज कारखानासँग भने ।
“संसदमा निकास निस्किएपछि मात्र सदनमा टेबुल भएको एमसीसीको सम्बन्धमा निर्णय लिन्छौ” उनले भने ।
एमाले संसद सचिवालयमा एमसीसी दर्ता गराए पनि कांग्रेस र माओवादी केन्द्रले कार्यान्वयनको लागि सम्झौता गरेकाले एमालेको भुमिका कम हुने उनले बताए ।
एमसीसी भन्दा पनि आफुहरुले राखेको माग ठुलो भएकोले पहिला आफुहरुको माग सम्बोधनमा सभामुखले ध्यान दिनुपर्नेमा उनको भनाई रहेको छ ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमाले एमसीसीको समर्थन वा विरोधमा खुलेर बोलेको छैन भने आइताबार संसद बैठकमा पनि एमालेको विरो’धकै बिच एमसीसी टेबल भएको थियो ।





















