काठमाडौ –
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा १ हजार ९५७ जनामा को’रो’ना भा’ईर’स पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरिका विभिन्न प्रयोगशालमा ८ हजार ५८७ जनाको पीसीआर परीक्षण र चार हजार १०५ जनाको एन्टीजेन परीक्षण गर्दा थप १ हजार ९५७ जनामा को’रो ना पोजेटिभ देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा को’रो’ना भा’इर’स संक्र’मण मुक्त भएर ५ हजार १०३ जना घर फर्किएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार दिएको जानकारी अनुसार विभिन्न जिल्लाबाट गरी ५ हजार १०३ जना निको भएका हुन् ।
नेपालमा पछिल्लो २४ घण्टामा को’रो’ना संक्र’मणबाट थप १३ जनाको मृ’त्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यस्तै सरकारी कार्यालयहरू, सार्वजनिक स्थल र भिडभाड हुने ठाउँमा को’भि’ड-१९ वि’रु’द्ध खोप लगाएको प्रणाण देखाउन खोप कार्ड अनिवार्य गरिएसँगै त्यसबारे धेरैमा चासो र चि’न्ता व्यक्त भएको पाइएको छ।
कतिपयले खोप कार्ड हराएको तथा केहीले खोप लगाए पनि कार्ड नपाएको अवस्था रहेकाले उनीहरूमा चि’न्ता उत्पन्न भएको विवरणहरू पनि आएका छन्।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अधिकारीहरूले चाहिँ आफ्नो कार्ड सुरक्षित राख्न र विद्युतीय कार्डका लागि दर्ता गराएर खोप लगाएको
प्रमाण सधैँका निम्ति सुरक्षित गर्न आग्रह गरेका छन्। उनीहरूका भनाइमा खोपको अतिरिक्त मात्रा लिन पनि त्यस्तो कार्डको आवश्यकता पर्नेछ।
के छ सरकारको निर्णयमा
को’भि’ड-१९ सङ्क’ट व्यवस्थापन समन्वय केन्द्र सीसीएमसीसीले सार्वजनिक स्थलमा प्रवेशका लागि खोप कार्ड अनिवार्य गर्न सिफारिस गरेको थियो।
सोही सिफारिस अनुसार सबैजसो सरकारी निकायहरूले यही माघ पहिलो सातादेखि खोप कार्डबिना प्रवेश निषेध गर्ने व्यवस्था कार्यान्वयन गर्ने व्यवस्था गरेका छन्।
भिडभाड बढी हुने रेस्टुराँ, सिनेमाहल, रङ्गशाला जस्ता स्थानमा पनि त्यस्तै व्यवस्था गर्न सम्बन्धित सरकारी निकायहरूले निर्देशन दिइसकेका छन्।
अब सरकारी कार्यालयसहित होटल, रेस्टुराँ, हल, रङ्गशाला, पार्क लगायतमा प्रवेशका लागि माघ ७ गतेदेखि खोप कार्ड अनिवार्य हुनेछ।
आन्तरिक उडानका लागि विमानस्थल प्रवेशका लागि भने माघ ३ गतेदेखि नै खोप कार्ड अनिवार्य रूपमा देखाउनुपर्ने व्यवस्था गरिएको अधिकारीहरूले बताएका छन्।
विभिन्न सरकारी निकायले निकालेका सूचनामा खोप कार्ड लागु भएपछि सबैले खोप लगाएको प्रमाण देखाउनु पर्नेछ। तर त्यसका लागि खोप कार्ड नै बोक्नुपर्छ भन्ने चाहिँ छैन।
मानिसहरूले प्रमाणित हुने खालको खोप कार्डको तस्बिर मोबाइलमा देखाए पनि हुनेछ। स्वास्थ्य मन्त्रालयले माघबाटै सुरु गर्न लागेको तेस्रो मात्रा खोप लगाउनका लागि पनि त्यस्तो कार्ड आवश्यक पर्ने अधिकारीहरूको भनाइ छ।






















