एजेन्सी –
एक प्रेमीले प्रेमिकाकी आमालाई मृगाैला दान गरे । तर प्रेमिकाले भने त्यसको एक महिना नबित्दै धो का दिएकी छिन् । धो का यहाँसम्म कि ती युवतीले आफ्नी
आमालाई मृर्गौलासमेत दिएर बचाएका प्रेमीलाई छोडेर अर्कै युवकसँग विवाह गरिन् । घटना मेक्सिकाेको हो । ती प्रेमी (युवक) मेक्सिकोको एक विद्यालयको
शिक्षकसमेत रहेको बताइएको छ । उनले उक्त रहस्य सामाजिक सञ्जाल टिकटकबाट खुलासा गरेका छन् । उनले भाेगेकाे यो घटनाबारे बेलायती पत्रिका द सनले पनि स्टाेरी छापेको छ ।
युवकको नाम उजील मार्टिज रहेको द सनले उल्लेख गरेको छ । उजिलले प्रेमिकाको नाम उल्लेख नगरी सामाजिक सञ्जालमा भनेका छन्, ‘मैले उनको आमालाई मृगौला दान गरेँ, उनले मलाई छोडिन् । र, एक महिनापछि विवाह गरिन्।’
उनले सोफामा सुतिरहेको बेला निराश हुँदै आफूलाई भिडियोमा कै द गरेका छन् । उनले टिकटकमा राखेको उक्त भिडियो १६.६ मिलियन पटक हेरिएको छ ।
कमेन्टमा उनलाई सहानुभूति प्रकट गर्नेहरुको लहर नै चलेको छ ।





















