ओलीले पनि घुमाए दिमाग, यी २ दलसँग गर्नेभए चुनावी तालमेल !

काठमाडौँ – 

सत्ता गठबन्धन नेकपा एमालेलाई कुनै पनि हालतमा पत्तासाफ गर्ने मनसायमा देखिएको छ । तीन तहकै चुनावमा तालमेल गर्ने गठबनधनको तयारी रहेपनि यो सम्भव नभएको जानकारहरु बताउछन् ।

यसैबीच, नेकपा एमालेले पयिन दुई दलसँग गठबन्धन गर्ने तयारी गरेको छ । मधेशमा महन्थ ठाकुर नेतृत्वको लोसपा र सीके राउत नेतृत्वको जनमत पार्टीसँग गठबन्धन गर्ने खबर बाहिरिएको छ ।

राष्ट्रियसभाको १२ माघमा हुने चुनावमा एमाले र लोसपाबीच तालमेल भएको छ । यसलाई भविष्यमा हुने चुनावमा पनि तालमेलको संकेतको रुपमा लिइएको छ ।

सत्तागठबन्धनका केही घटक वैशाख या जेठभित्र चुनाव गर्ने पक्षमा छन् । २०७९ सालमा तीन तहको चुनाव हुनेछ । पहिले प्रतिनिधि सभा कि स्थानीय चुनाव ? यो प्रश्न तेर्सिएको छ ।

चुनावमा बहस चल्दै गर्दा दलहरुको ध्यान मधेश प्रदेशमा बढी गएको छ । ८ जिल्ला रहेको मधेश र समथर भूभागहरुमा निर्वाचन क्षेत्र बढी छन् । त्यहाँ आफ्नो प्रभाव बलियो बनाउन दलहरु सक्रिय भएका छन् ।

उनीहरुले चुनावी गठबन्धनको पूर्वाभ्यास गरिरहेका छन् । सत्ता गठबन्धनको जनता समाजवादी पार्टी मधेशमा मजबुत छ ।

नेपाली काँग्रेससँग गठबन्धनमा रहेकाले जसपा चुनावमा पनि तालमेल गर्ने दाउमा छन् । जसपाको काँग्रेससँग भरसक नभए माओवादी र नेकपा एससँग गठबन्धनको सम्भावना देखिदैछ ।

ओली प्रधानमन्त्री हुँदा सीके राउतसँग सरकारले सम्झौता गरेको थियो । महन्थ ठाकुरसँग पनि ओली सरकारमा हुँदा नै सहमति बनाएका थिए । उनले ठाकुरले उठाएको मागको सम्बोधन पनि गरेका थिए । यसले यी शक्तिबीच निकटता बढाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...