काठमाडौ –
अध्ययनका लागि अष्ट्रेलिया पुगेका नेपाली विद्यार्थीहरुका लागि खुसीको खबर बाहिरिएको छ । को भि ड म हा मा री का कारण अष्ट्रेलियामा कामदारको अ भा व हुँदा नयाँ निमय लागू भएको छ ।
अब विद्यार्थीका लागि काम गर्ने समयको हदबन्दी हटेको छ । अब नेपाली विद्यार्थीले पनि चाहे जति समय काम गर्न पाउने भएका छन् । यसअघि पाक्षिक रूपमा ४० घण्टामात्र काम गर्न पाउने ब्यवस्था थियो ।
जसका कारण अष्ट्रेलियामा काम गर्दै अध्ययन गर्दै गरेका विद्यार्थीका लागि आर्थिक सम’स्या थियो । अब भने चाहे जति समय काम गर्न पाउने भएपछि आर्थिक सम’स्यावाट छुटकारा पाउने सम्भावना बढेको छ ।
यसै साता बसेको अस्ट्रेलियन सरकारको मन्त्रिपरिषद् बैठकले पाक्षिक रूपमा ४० घण्टाभन्दा बढी काम गर्न नपाउने नियमलाई अस्थायी रूपमा हटाउने निर्णय गरे पछि धेरै नेपाली विद्यार्थी पनि लाभान्वीत हुने भएका हुन् ।
अध्ययनका लागि अष्ट्रेलिया नेपालीको मुख्य गन्तब्य हो । सरकारको पछिल्लो निर्णयलाई विद्यार्थीले स्वागत गरेका छन्। यसअघि पनि अस्ट्रेलियन सरकारले केही समयका लागि भन्दै अत्यावश्यक सेवाका लागि यस्तै निर्णय गरेको थियो।
तर को भि ड का बीच गरिएको यो निर्णयका केही ख रा बी पनि छन् । यसैबीच देशमा कामदारको अभाव हुँदा विद्यार्थीलाई सस्तोमा काम लगाउन सरकारले निर्णय गरेको भन्दै केहीले मोरिसन सरकारको आलोचना समेत गरेका छन्।
अन्तर्राष्ट्रिय विद्यार्थीका रूपमा रहेका नेपालीहरु भने सरकारको यो निर्णयले खुसी भएका छन् । नेपाली विद्यार्थीहरुले यस्तो निर्णयले आफुहरुलाई फाइदा पुग्ने बताएका छन् ।
यसअघि नै अस्ट्रेलियामा कामदारको चरम अभा’व भएपछि सरकारले तत्कालै आउन चाहने अन्तर्राष्ट्रिय विद्यार्थी र वर्किङ होलिडे भिसामा आउने कामदारको भिसा शुल्क फिर्ता गर्ने निर्णय गरिसकेको छ।
प्रधानमन्त्री स्कट मोरिसनले आगामी आठ साताभित्र अस्ट्रेलिया प्रवेश गर्ने अन्तर्राष्ट्रिय विद्यार्थीलाई उनीहरूले तिरेको भिसा वापतको शुल्क फिर्ता गर्ने घोषणा गरेका हुन्।
विद्यार्थीले भिसा शुल्क बापत करिब ६ सय डलर तिर्ने गरेका छन्। यस्तै, वर्किङ होलिडे भिसा अन्तर्गत आउनेलाई आगामी तीन महिनाभित्र अस्ट्रेलिया आएमा उनीहरूको पनि भिसा शुल्क फिर्ता गरिनेछ।
यस नयाँ घोषणामार्फत् करिब ५५ मिलियन डलर खर्च हुने सरकारले अनुमान गरेको छ। यो कार्यक्रम अस्ट्रेलियाभन्दा बाहिर रहेका १ लाख ५० हजार विद्यार्थी र २३ हजार वर्किङ होलिडे भिसामा आउनेलाई लक्षित गरिएको छ।
प्रधानमन्त्री मोरिसनले यो रकम उनीहरूलाई अस्ट्रेलियामा आउँदा उपहार स्वरूप दिइएको बताए। नयाँ भिसा पाएका नेपाली विद्यार्थीले पनि यो समयमा अस्ट्रेलिया आए भिसा शुल्क फिर्ता पाउने मौका पाउने बताए।
यसअघि नै सरकारले कोभिडका कारण लामो समयदेखि सीमा बन्द हुँदा भिसा अवधि सकिएर अस्ट्रेलियामै फसेका वा बाहिर मुलुकमा रहेका ४८५ (टेम्पोररी ग्राजुयट) भिसाबाहकलाई
सरकारले पुनः भिसा आवेदन गर्न पाउने व्यवस्था मिलाएको छ । अध्यागमन विभागको पछिल्लो तथ्यांक अनुसार करिब ६० हजार नेपाली विद्यार्थी अस्ट्रेलियामा उच्च शिक्षा अध्ययनरत छन्।





















