काठमाडौं –
नेकपा (माओवादी केन्द्र)ले भारतलाई पञ्चशील सिद्धान्तको अवलम्बन गर्न र नेपालको सार्वभौम अधिकार एवं भौगोलिक अखण्डतामाथि ह स्त क्षे प तथा अ ति क्र म ण बन्द गर्न चे ता व नी दिएको छ ।
माओवादी केन्द्रका अन्तर्राष्ट्रिय विभाग प्रमुख नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ले शुक्रबार विज्ञप्ति जारी गर्दै लिपुलेकमा भारतले शक्तिको बलमा गरेको ह स्त क्षे प को घोर भर्त्सना गर्दै नेपालको सार्वभौम अधिकार र भौगोलिक अखण्डता माथिको ह स्त क्षे प बन्द गर्न चे ता व नी दिएका हुन् ।
माओवादी केन्द्रले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको भूमि लिपुलेकमा सडक विस्तार गर्ने घोषणा गरेकोमा आपत्ति जनाउँदै भर्त्सना समेत गरेको छ ।
‘हामी भारतीय पक्षलाई सबैको सार्वभौमिक समानताको सम्मान गर्ने पञ्चशीलको सिद्धान्तको अवलम्बन गर्न र नेपालको सार्वभौम अधिकार एवं भौगोलिक अखण्डतामाथि हस्तक्षेप एवं अ ति क्र म ण
नगर्न जोडदार माग गर्दछौं । शक्तिको बलमा गरिएको भारतीय यस्तो कार्यको हामी घोर भर्त्सना गर्दछौं’, प्रमुख श्रेष्ठले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
माओवादी केन्द्रले लिपुलेक प्रकरणमा भारतीय प्रधानमन्त्री मोदीले दिएको अभिव्यक्तिबारे नेपाल सरकारले अहिलेसम्म कुनै प्रतिक्रिया नजनाएकोमा दुः ख लागेको जनाएको छ ।
‘नेपाल सरकारले तुरुन्तै यो अ ति क्र म ण वि रु द्ध कडा वि रो ध जनाओस् र यो अनुचित र अन्यायपूर्ण निर्माणकार्य बन्द गराउन शिघ्रतिशीघ्र कुटनैतिक पहल गरोस्’, माओवादी केन्द्रले भनेको छ ।
यो पनि : सत्तारुढ नेपाली कांग्रेसले लिपुलेक-लिम्पियाधुराबारे भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भनाइप्रति आ प त्ति प्रकट गर्दै करिब २ सातापछि आफ्नो धारणा सार्वजनिक गरेको छ।
पार्टीका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले शुक्रबार विज्ञप्ति जारी गर्दै एकपक्षीय रुपमा नेपाली भूमिमा सडक निर्माण लगायतका भारतीय पक्षको गतिविधि आ प त्ति जनक रहेको बताएका छन् ।
उनीहरुले भारतीय प्रधानमन्त्री मोदीले ‘लिपुलेक क्षेत्रमा भारत सरकारले सडक बनाइ रहेको’ भनेर दुई साताअघि एक कार्यक्रममा दिएको अभिव्यक्तिको वि रो ध गर्दै संस्थागत रुपमा कांग्रेसको धारणा सार्वजनिक गरेका हुन्।
महामन्त्रीद्वय शर्मा र थापाले निकालेको विज्ञप्तिमा भनिएको छ, ‘लिपुलेक, लिम्पियाधुरा र कालापनी नेपाली भूमि हो। यसबारेमा कांग्रेसले विगतदेखि नै संस्थागत रुपले आफ्नो धारणा र अडान स्पष्ट गर्दै आएको छ।’
उनीहरुले कांग्रेस पहिलेदेखि नै भारतद्वारा अ ति क्र मि त भूमिबारे प्रष्ट रहेको बताएका छन्।
‘लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपालको भू–भाग हो। नेपालको भोगाधिकार यी भूगोलमा कायम हुनुपर्दछ भन्ने बिषयमा नेपाली कांग्रेस प्रष्ट छ’, उनीहरुले भनेका छन्,’कालापानीबाट भारतीय सैनिक फिर्ता हुनुपर्दछ।’
अघिल्लो वर्ष पारित नक्साकै आधारमा नेपालको भूमि कायम हुनुपर्ने पनि उनीहरुले बताएका छन्।
‘नेपालको संसदले सर्वदलीय एकता साथ संविधान संशोधन मार्फत पारित गरेको नेपालको नक्सा सुगौली सन्धिपछिको नेपाल थियो, हो र त्यसको कार्यान्वयन हुनुपर्छ भन्ने बिषय
राजनैतिक दलहरू एवं नेपाल सरकार समेतको साझा अभिमत हो भन्ने बिषयमा नेपाली कांग्रेस प्रष्ट छ’, कांग्रेसको विज्ञप्तिमा भनिएको छ, ‘दुई राष्ट्रबीचको
सीमा सम्बन्धी कुनैपनि प्रश्नको हल ऐतिहासिक तथ्यका आधारमा हुनुपर्दछ। १८१६ को सुगौली सन्धिको दस्तावेज दुवै राष्ट्रको साझा स्वीकारोक्तिको तथ्य हो भन्नेमा हामी प्रष्ट छौं।’
कांग्रेसले नेपाल–भारत संयुक्त आयोगमा दुई देश बीचको सबै प्रश्नमा कुटनैतिक संवादबाट समाधानमा पुग्ने गरी भएको सहमति विपरीत लिपुलेकमा सडक निर्माण भनेर
आएको विषय ग म्भी र र आ प त्ति जनक रहेको बताएको छ। विज्ञप्तिमा लिपुलेकमा बनिरहेको सडक अविलम्ब यो रोकिनुपर्ने माग पनि गरिएको छ।
‘दुवै छिमेकी राष्ट्रसँग नेपालको पुरानो र ऐतिहासिक सम्बन्ध रहिआएको छ’, विज्ञप्तिमा अगाडि भनिएको छ, ‘यसर्थ सीमासम्बन्धी कुनैपनि प्रश्नको हल ऐतिहासिक तथ्यका आधारमा उच्चस्तरीय कुटनैतिक माध्यमबाट खोजिनु पर्दछ भन्ने बिषयमा नेपाली कांग्रेस प्रष्ट छ।’
लिपुलेकमा सडक निर्माणलाई लिएर यसअघि नेकपा एमाले र नेकपा एकीकृत समाजवादी पार्टीले पनि विज्ञप्ति निकालेर आ प त्ति जनाइसकेका छन्।
तर सत्तारुढ गठबन्धनको माओवादी केन्द्र अहिलेसम्म मौन छ। शेरबहादुर देउवा नेतृत्वको सरकारले पनि यसबारेमा कुनै ठोस धारणा सार्वजनिक गरिसकेको छैन।





















