काठमाडौँ –
सरकारले स्थानीयस्तरमा को भि ड–१९ को जो खि म को अवस्था हेरेर वडाभित्रको गाउँ तथा टोलमा मात्र पनि ‘स्मार्ट लकडाउन’ गर्न सक्ने अधिकार स्थानीय प्रशासनलाई दिएको छ ।
यसअघिको लकडाउनमा कुनै स्थानविशेषमा को रो ना को जोखिम बढ्दा पूरै जिल्लाभरि लकडाउन गर्ने गरिएको थियो । यस पटक स्मार्ट लकडाउन
विधि अपनाएर सरकारले जहाँ समस्या देखियो, त्यहीँ मात्र लकडाउन गर्न सक्ने गरी काम गर्न स्थानीय प्रशासनलाई निर्देशन गरेको छ ।
को भि ड–१९ स ङ्क ट समन्वय व्यवस्थापन केन्द्र (सीसीएमसीसी)का प्रवक्ता एवं सहसचिव सुनिता नेपालका अनुसार स्मार्ट लकडाउनमा सम’स्या देखिएका
निश्चित क्षेत्रलाई मात्र विशेष निगरानी गरिने भएकाले पहिलेको जस्तो पूरै जिल्लाभरि लकडाउन नहुने र वडास्तरको गाउँ तथा टोलमा मात्र पनि लकडाउन गर्न सकिनेछ ।
प्रवक्ता नेपालले भन्नुभयो, “लकडाउन भन्ने बित्तिकै पूरै जिल्ला वा देशभरि हुने भन्ने होइन; अब जहाँ सम’स्या छ, त्यहीँ मात्र लकडाउन हुन्छ । बाँकी क्षेत्रमा दैनिक जनजीवन सामान्य अवस्थामा सञ्चालन हुनेछन् । त्यसैले यसलाई स्मार्ट लकडाउन भनिएको हो ।”
सीसीएमसीसीको आइतबार बसेको बैठकले यस्तो अधिकार प्रमुख जिल्ला अधिकारीलाई प्रदान गर्न सरकारलाई सिफारिस गरेपछि अब को भि ड को जोखिमको अवस्था हेरेर जिल्ला, पालिका तथा वडा तहमा मात्र पनि स्मार्ट लकडाउन गर्न सकिने छ ।
को भि ड को जो खि म नियन्त्रण, नियमन र निषेधका लागि स्मार्ट लकडाउन सम्बन्धी कार्यविधि २०७८ लाई कार्यान्वयन गरी समस्या भएको क्षेत्रमा मात्र लकडाउन गरेर बाँकी भागमा जनजीवन सहज रूपमा सञ्चालन गर्ने नीति सरकारले लिएको छ ।
सो कार्यविधि र एकीकृत को भि ड–१९ को रोकथाम, नियन्त्रण र उपचारको कार्ययोजना–२०७८ लाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न गृह मन्त्रालयले प्रमुख जिल्ला अधिकारीलाई अधिकार दिएको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा बसेको को भि ड–१९ निर्देशक समितिको बैठकमा सरोकारवाला सङ्घ/संस्थाका प्रतिनिधि तथा विज्ञ चिकित्सकहरूले विश्वका अरू मुलुकले अवलम्बन गरेको स्मार्ट लकडाउन कार्यान्वयन गर्नुपर्ने सुझाव दिएका थिए ।
प्रधानमन्त्री देउवाले स्मार्ट लकडाउन लगाउँदा जहाँ समस्या छ, त्यहाँ जनशक्ति तथा स्रोत परिचालन गर्न सहज हुने, उपचार प्रभावकारी हुने, जोखिमलाई
सहजै नियन्त्रणमा लिन सकिने, जो खि म बाहिर रहेका क्षेत्रका बासिन्दाले थप असहजता भोग्नु नपर्ने भएकाले स्मार्ट लकडाउनको विधि अवलम्बन गर्न निर्देशन दिनुभएको थियो ।
उपत्यकामा तयारी
यसैबीच को रो ना स ङ्क्र म ण रोकथाम तथा नियन्त्रण व्यवस्थापनका लागि काठमाडौँ उपत्यकामा ‘स्मार्ट लकडाउन’ लागू गर्ने तयारी भएको छ । यस विषयमा छलफल गर्न उपत्यकाको तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीबीच मङ्गलबार संयुक्त बैठक तय गरिएको छ ।
बैठकपछि आवश्यक निर्णय गरिने काठमाडौँका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले बताउनुभयो । को भि ड–१९ म हा मा री को नयाँ स्वरूप ओमिक्रोनको स ङ्क्र म ण बढ्न थालेपछि यसको नियन्त्रणका लागि तीनवटै जिल्लाको
को भि ड–१९ स ङ्क्र म ण व्यवस्थापन केन्द्र (डीसीसीएसी)ले सम्बद्ध स्वास्थ्य अधिकारी तथा सरोकारवाला निकायसँग छुट्टाछुट्टै छलफल गरेको छ ।
जिल्ला प्रशासन कार्यालयबाट प्रदान गरिने अत्यावश्यक बाहेकका सेवाहरू ‘आलोपालो’ प्रदान गर्ने विषयमा छलफल भइरहेको जानकारी प्रजिअ रिजालले दिनुभयो ।
त्यस्तै ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरूले को भि ड–१९ सङ्क्रमण व्यवस्थापन केन्द्र (सीसीएमसीसी) र गृह मन्त्रालयबाट जारी निर्देशन कडाइका साथ कार्यान्वयन गर्ने जनाएको छ ।
भक्तपुरका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले यस विषयमा आन्तरिक छलफल सुरु भएको बताउनुभयो । ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्याय ओमिक्रोनको स ङ्क्र म ण
रोकथाम तथा नियन्त्रणका लागि आवश्यक तयारीसँगै चरणबद्ध छलफल भइरहेको बताउनुहुन्छ । तत्काललाई मास्क, सेनिटाइजरको प्रयोग, अनावश्यक भीडभाड नियन्त्रण र सचेतनासँगै खोपमा जोड दिइएको छ । याे खबर आजको गोरखापत्र दैनिकमा छ ।





















