को रो ना स ङ क्र म ण बढेपछि आइतबारदेखि विद्यालय बन्द हुने

दाङ – 

तुलसीपुर उपमहानरपालिकाका सामुदायिक तथा निजी विद्यालय आइतबारदेखि बन्द हुने भएका छन् ।

यहाँका शिक्षक र विद्यार्थीमा को रो ना को स ङ्क म ण देखिएपछि विद्यालय बन्द हुने भएका हुन् । तुलसीपुर उपमहानगरपालिकामा आज बसेको आकस्मिक बैठकले

यही पुस २५ गते आइतबारदेखि माघ ३ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको उपमहानरपालिकाका जनस्वास्थ्य प्रवद्र्धन शाखा प्रमुख ओम न्यौपानेले जानकारी दिए।

शिक्षा समितिका संयोजक कुमार लामिछानेको अध्यक्षतामा बसेको बैठकमा वतावरण तथा विपत् व्यवस्थापन समितिका संयोजक नवराज लामिछाने,

शिक्षा समितिका सदस्य श्याम डाँगी, विपत् व्यवस्थापन शाखा प्रमुख टोपबहादुर डाँगी, विभिन्न सामुदायिक तथा संस्थागत विद्यालयका प्रधानाध्यापक तथा प्रतिनिधिको सहभागिता रहेको थियो । तुलसीपुर क्षेत्रमा सामुदायिक ८३ र निजी विद्यालय ६८ वटा छन् ।

कोरोनाको सङ्क्रमण बढेपछि यसअघि बुधबार नै अश्वारा मावि, गुरु जजुर मावि रक्षाचौर र सेन्टर स्कूल मावि तुलसीपुर बन्द भइसकेका छन् । तुलसीपुरमा बिहिबारसम्म ८४ जनामा को रो ना पुष्टि भएको छ ।

यो पनि : नेकपा (एमाले)  दाङको अध्यक्षमा हुकुम बस्नेत निर्विरोध निर्वाचित भएका छन् । १३औं जिल्ला अधिवेशनले बस्नेतलाई सर्वसम्मत चयन गरेको हो ।

अध्यक्षको दाबी गरेका अर्का पुराना नेता शिवकुमार आचार्यले आफ्नो दाबी छाडेपछि बस्नेत निर्विरोध अध्यक्ष चयन भएका हुन् ।

एमालेको शुक्रबार रातिसम्म जारी बन्दसत्रबाट नेतृत्वको घोषणा गरिएको थियो ।

जिल्ला कमिटी उपाध्यक्षमा राममणि पाण्डे चयन, सचिवमा मनोहर बुढाथोकी,  उप-सचिवमा कृष्ण भुसाल र हिरादेवि पुनसहित १२१ सदस्यीय जिल्ला कमिटी  गठन भएको छ ।

अधिवेशनमा एक हजार ६००  प्रतिनिधि सहभागी थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...