काठमाडौँ –
प्रहरी प्रधान कार्यालयले प्रहरी उपरीक्षक हिराबहादुर पाण्डेलाई तीन महिनाका लागि नि ल म्ब न गरेको छ । सिरहाका कांग्रेस सभापति रामचन्द्र यादवलाई ध म्की दिएपछि छा न बि न मा परेका एसपी पाण्डेलाई मंगलबार बेलुका नि ल म्ब न गरिएको हो ।
प्रहरी प्रवक्ता एसएसपी वसन्तबहादुर कुँवरले व्यावसायिक आ’चर’ण वि’प’री’त गतिविधि गरेको आ’रो’पमा अनुसन्धानका लागि पाण्डेलाई तीन महिना नि’ल’म्ब’न गरिएको बताए ।
‘एसपी पाण्डेमाथि अनुसन्धान जारी छ,’ उनले भने, ‘अनुसन्धानलाई सहयोग पुर्याउन उनलाई तीन महिनाका लागि नि’ल’म्ब’न गरिएको हो ।’
पाण्डेलाई प्रहरी मुख्यालय तानेर अर्का एसपी अर्जुन तिमल्सिनालाई सिरहा प्रहरी प्रमुखका रूपमा खटाइएको छ ।
कांग्रेस सिरहाका जिल्ला सभापति रामचन्द्र यादवले सरुवाको विषयलाई लिएर जिल्ला प्रहरी कार्यालयका तत्कालीन प्रमुख एसपी हिराबहादुर पाण्डेले आफूलाई गो ली हान्ने ध म्की दिएको दा बी गरेका थिए ।
यादवले विज्ञप्ति जारी गर्दै मा द क प दा र्थ सेवन गरी आइतबार राति १:२५ बजे तत्कालीन एसपी पाण्डे धनगढीमाई नगरपालिका–९ जिरोमाइलस्थित
घरमै आएर अ प श ब्द, गा ली ग लौ ज गरी गो ली हा न्ने ध म्की दिएको बताएका हुन् । ज्यान मार्ने ध म्की दिएको भन्दै जिल्ला प्रहरी कार्यालय सिरहामा एसपी पाण्डे वि रु द्ध जाहेरी परेको थियो ।
यो पनि : सत्ता साझेदार माओवादी केन्द्रले भारतद्वारा अ ति क्र मि त कालापानी, लिपुलेक र लिम्पियाधुरा सहितका नेपाली भूमि रक्षाका लागि संघर्ष गर्न तयार रहेको बताएको छ।
प्रज्ञा प्रतिष्ठान कमलादीमा आठ दिनसम्म चलेको महाधिवेशनपछि ४५ बुँदे घोषणा पत्रमा उक्त कुरा उल्लेख गरिएको छ।
माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बन्दसत्रमा पेश गरेको राजनीतिक प्रतिवेदनमा यो कुरा उल्लेख भएको थिए।
तर महाधिवेशन प्रतिनिधिहरुले चुच्चे नक्सा र मिचिएका नेपाली भूमिबारे कुरा उठाएपछि माओवादीले घोषणापत्रको दोस्रो नम्बर बुँदामा यसलाई समेटेको हो।
‘यो महाधिवेशन कालापानी, लिपुलेक, लिम्पियाधुरा लगायत नेपाली भूमि रक्षाका लागि सदैव संघर्षरत रहने प्रण गर्दछ’, घोषणापत्रमा भनिएको छ, ‘संघीय संसदबाट पारित पूर्ण नक्सालाई पाठ्यक्रममा समावेश गरी राष्ट्रियताको भावना सुदृढ गर्न सरकार समक्ष माग गर्दछ।’
माओवादीले सन् १९५० को असमान सन्धि लगायत अन्य सम्झौताहरु खारेजी र सार्वभौमिक समानता कायम गर्न पनि पहल गर्ने जनाएको छ।
‘सन् १९५० को असमान सन्धि लगायतका सबै असमान सन्धि-सम्झौता खारेजी र सार्वभौमिक समानता र आपसी हितका आधारमा आवश्यकता अनुसार नयाँ सन्धि-सम्झौतामा आवश्यक
पहलकदमी लिन नेपाल सरकार,देशका सबै राजनीतिक दलहरू र सरोकारवालाहरूलाई यो महाधिवेशन विशेष अपील गर्दछ’, माओवादीले घोषणापत्रमा भनेको छ।
त्यस्तै नेपालको सीमा रक्षाका लागि ज्यान गुमाएका कञ्चनपुरका गोविन्द गौतम सहितलाई पनि माओवादीले सम्झिएको छ।
‘नेपालको सीमा रक्षार्थ शहीद भएका कञ्चनपुरका गोविन्द गौतम र भारतीय पक्षले तुइन काटेपछि वेपत्ता भएका दार्चुलाको व्यास गाउँपालिकाका जयसिंह धामीप्रति उच्च सम्मान व्यक्त गर्दै
घटनामा संलग्नलाई कायर्वाही र क्षतिपूर्तिका लागि कुटनीतिक पहल गर्न नेपाल सरकार समक्ष माग गर्दछ’, माओवादीले भनेका छन्, ‘कञ्चनपुर, कैलालीलगायत नेपाल-भारत
सीमा क्षेत्रमा भारतीय पक्षबाट भइरहेको ज्यादतीको विरोध गर्दछ। सुस्ता, महेशपुर लगायतका सबै अतिक्रमित भूमि फिर्ता लिन र नेपाल र भारतबीचको सीमाको वैज्ञानिक व्यवस्थापनका लागि सरकारसँग माग गर्दछ।’





















