काठमाडौं –
नेपाली काँग्रेसका सभापति तथा प्रधानमन्त्रि शेर बहादुर देउवाले थप तिन जनालाई केन्द्रिय सदस्यमा मनोनित गरेका छन् ।
कांग्रेसका विधान २०१७ संसोधन सहितको धारा २१ को उपधारा १० अधिकार प्रयोग गर्दै देउवाले कल्याण गुरुङ,प्रदिप पौडेल र जिवन बहादुर शाहीलाई केन्द्रिय सदस्यमा मनोनित गरेका काँग्रेस केन्द्रिय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
गुरुङ १४ औ महाधिवेशनमा सभापतिमा पराजित भएका थिए । कृष्ण सिटौला निकट देउवा प्यानलबाट महामन्त्रि उठेकोमा पराजित भएका थिए । सहमहामन्त्रिमा पराजित जीवन बहादुर शाही पनि देउवा प्यानलबाट चुनाव लडेका थिए ।
यसअघि हिजो देउवाले १० जना केन्द्रिय सदस्य मनोनित गरेका थिए ।
यो पनि : सत्तारुढ गठबन्धनमा राष्ट्रियसभा निर्वाचनको १९ सिटमा भागबण्डा टुंगिएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सोमबार विहान बसेको बैठकमा राष्ट्रिय सभा निर्वाचनको १९ सिटमा भागबण्डा मिलेको हो ।
सत्तारुढ गठबन्धनमा राष्ट्रियसभा निर्वाचन १९ सिटमा भागबण्डा टुंगिएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सोमबार विहान बसेको बैठकमा राष्ट्रियसभा निर्वाचनको १९ सिटमा भागबण्डा मिलेको हो ।
नेकपा एकीकृत समाजवादीका महासचिव डा.वेदुराम भुसालकाअनुसार रिक्त हुन लागेको १९ सिटमध्ये काँग्रेसलाई ६, माओवादीलाई पाँच, एकीकृत समाजवादीलाई ५, जसपालाई २ र जनमोर्चालाई एक सिट बाँडिएको छ ।
जसमा काँग्रेसका ३, माओवादी र एकीकृत समाजवादीका चार–चार सिट खाली हुँदैछ । उक्त सिट सोही पाटीलाई छोडेर एमालेका ८ सिटमा मात्र गठबन्धनभित्र भागबण्डा गरिएको छ ।
आगामी फागुनदेखि चार वर्षे कार्यकाल पूरा गरेका राष्ट्रियसभाका २० सांसद बिदा हुँदैछन् । एमालेबाट आठजना, माओवादी केन्द्रबाट चार, नेकपा एकीकृत समाजवादीबाट चार, काँग्रेसबाट तीन र मनोनीत एकजना सांसद बिदा हुने क्रममा छन् ।
राष्ट्रपतिबाट मनोनीत हुने एक स्थानबाहेक १९ सिटका लागि यही माघ १२ गते बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म ७ वटै प्रदेशमा चुनाव हुँदैछ । सत्ता गठबन्धन आबद्ध दलहरू काँग्रेस, माओवादी, एकीकृत समाजवादी जसपा गठबन्धन बनाएर चुनावमा जाने तयारीमा छन् ।
काँग्रेसले बागमती र लुम्बिनी र सुदूरपश्चिम प्रदेशबाट एक–एक जना राष्ट्रियसभा सांसद गुमाउँदैछ । यस्तै एमालेले प्रदेश एकबाट ३, लुम्बिनीबाट २, सुदूरपश्चिम, प्रदेश २, कर्णालीबाट एक–एकजना सांसद गुमाउँदैछ ।
माओवादी केन्द्रले गण्डकीबाट २, प्रदेश २ र कर्णालीबाट एक–एक जना सांसद गुमाउँदैछ । एकीकृत समाजवादीले बागमती, गण्डकी कर्णाली र सुदूरपश्चिमबाट एक–एक जना सांसद गुमाउँदैछ ।
प्रदेश १ बाट एमाले सांसद नैनकला ओझा, परशुराममेघी गुरुङ र अगमप्रसाद वान्तवा राई विदा हुनेछन् । लुम्बिनीबाट एमालेका रामलखन चमार, कोमल वली र काँग्रेसका
दृगनारायण पाण्डेको कार्यकाल सकिँदैछ । सुदूरपश्चिमबाट काँग्रेसकी तारादेवी भट्ट, एकीकृत समाजवादीका शेरबहादुर कुँवर र एमालेका चक्रप्रसाद स्नेहीको पदवाधि सकिँदैछ ।
बागमतीबाट काँग्रेसका राधेश्याम अधिकारी र एकीकृत समाजवादीकी उदय शर्मा पौडेलको कार्यकाल सकिँदैछ । गण्डकीबाट माओवादीका दीनानाथ शर्मा, खिमबहादुर विक र एकीकृत समाजवादी शान्ति अधिकारी जिसी विदा हुँदैछन् ।
प्रदेश २ माओवादीका शशिकला दाहाल र एमालेका सुमनराज प्याकुरेलको समय अवधि सकिँदैछ । कर्णाली प्रदेशबाट एकीकृत समाजवादीका ठगेन्द्रप्रकाश पुरी एमालेकी कविता बोगटी र माओवादीका जीवन बुढा विदा हुँदैछन् ।





















