काठमाडौं –
उपेन्द्रबहादुर खडायतका दुवै खुट्टा छैनन्। तर पनि घुँडामाथिको भागले टेकेर टुकुटुकु हिँड्छन्। उपेन्द्रको देव्रे हात र दाहिने कान पनि छैन। तर दरिलो आत्मविश्वास छ।
उनी ढुक्कले ओहोरदोहोर गरिरहन्छन्। बस्न खासै मन लाग्दैन, धेरैजसो समय उभिइरहन्छन्। उनले नक्कली खुट्टा लगाउने कोशिस नगरेका होइनन् तर नक्कली खुट्टाले सपोर्ट नै गरेन।
त्यसैले घुँडाभन्दा माथिको भागले नै टेकेर हिँड्न थालेका हुन्। स्थायी घर डडेल्धुरा भएका उपेन्द्र त्यहाँबाट बसाइँ सरेर कञ्चनपुर महेन्द्रनगर पुगेका छन्। उनी कञ्चनपुरका स्थानीय नेता पनि हुन्।
युवा अवस्थादेखि नेपाली कांग्रेसको राजनीति थालेका उनी कांग्रेसको महाधिवेशन प्रतिनिधि पनि हुन्। उपेन्द्र भन्छन्, ‘१२औं, १३औं र अहिले १४औं महाधिवेशनमा पनि कांग्रेसको प्रतिनिधि बन्न पाएँ। यो मेरा लागि खुसीको कुरा हो।’
उपेन्द्र नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधिसँगै प्रदेश सदस्य पनि हुन्। पाँच जना प्रतिस्पर्धीलाई पराजित गर्दै उनी कांग्रेस सुदूरपश्चिम प्रदेशको सदस्य जितेका छन्। साथै उनी राष्ट्रिय अपांग महासंघ सुदूरपश्चिम प्रदेशको अध्यक्ष पनि हुन्।
कसरी भए अ पां ग
उपेन्द्र काठमाडौंमा बस्थे। देशमा माओवादी द्व न्द्व चर्किएको थियो। गाउँघरमा बस्न सक्ने वातावरण थिएन। माओवादी पक्ष आफूसँगै हिँडाउन खोज्थ्यो, राज्यपक्ष शं का को दृष्टिले हेर्थ्यो। माओवादी र राज्य पक्षबाट जोगिनकै लागि उनी राजधानीको शरणमा आएका थिए।
सानै उमेरदेखि राजनीतिमा चासो थियो उनको। त्यसैले विद्यार्थीकाल देखि नै नेविसंघमा आवद्ध भएर काम गरे। त्यसैले पनि उनी माओवादीको नजरमा परेका थिए।
२०५७ साल असार ७ गते। अन्य दिनजस्तै उनी काममा गए। राजधानी पस्ने बित्तिकै उनी एक होटलमा काम गर्न थालेका थिए। काम सकेर राति डेरा आए।
सुतिसकेका थिए, एक्कासि कसैले ढोका ढक्ढक्यायो। ढोका खोल्दा एक हुल मानिसले उनलाई जबरजस्ती उठाएर लगे। उनीहरु को थिए, कहाँबाट आएका थिए र आफूलाई कहाँ लिएर गए केही पत्तो भएन।
होसमा आउँदा उनी अं ग भं ग बनेका थिए। शरीरबाट दुवै खुट्टा गायब थिए। बायाँ हात काटिएको थियो भने एकपट्टिको कान नै थिएन।
अ ज्ञा त समूहले उपेन्द्रको शरीरमा ए सि ड प्रहार गरेको थियो। एसिडले पोलेका कारण उनका अंगहरु का टे र फाल्नु परेको थियो। आ क्र म ण मा पर्दा उनी २९ वर्षका थिए।
मनोवैज्ञानिक रुपमा कमजोर भएँ
आधा रातमा काम छ भनेर लिएर गएको अ ज्ञा त समूहले के गर्यो, कसो गर्यो उनको सम्झनामा छैन। अं ग भं ग गरेर सडकमा फालिएको अवस्थामा प्रहरीले उद्धार गरेको थियो उपेन्द्रलाई।
उद्धार गरे लगत्तै उनको अपरेसन भयो। उनका अं ग काटिए। त्यसको झन्डै एक हप्तापछि मात्रै आफू जीवित रहेको थाहा पाए। शरीरमा पीडा त छँदै थियो। साथमा मानसिक चो ट पनि परेको थियो उपेन्द्रलाई।
‘दुई खुट्टाले हिँडिरहेको मानिस एक्कासि ब्युँझँदा खुट्टा गायब थिए,’ उनले भने, ‘मलाई त्यो समयमा मनोपरामर्शको आवश्यकता परेको थियो। तर कसैले त्यतातिर ध्यानै दिएन। जन्मजात अ पां ग र जन्मपछि अ पां ग भएकाहरुमा आकाश र जमिनको फरक हुन्छ।’
त्यो क हा लि ला ग्दो दिन सम्झँदै उनी भन्छन्, ‘मेरो दिमागले कन्ट्रोल गर्नै सकेन। मानसिक अवस्थामा निकै कमजोर बनें।’
परिवारले उनको घाउमा मल्हम लगाउने काम गर्यो। उपेन्द्र सुनाउँछन्, ‘विस्तारै परिवारका सदस्यहरुले मलाई विभिन्न कार्यक्रमहरुमा लिएर गए। त्यस्ता कार्यक्रममा आफूभन्दा अझै गम्भीर रुपमा अ पां ग भएका मानिस भेटें। जसले गर्दा आत्मबल बढ्दै गयो।’
द्व न्द्व बाट पी डि त मानिस आफू मात्रै होइन रहेछु भन्ने थाहा पाएपछि उनले आफूलाई सम्हाल्न थाले। बिस्तारै आफै हिँडडुल गर्नसक्ने भए र आत्मनिर्भर पनि बन्दै गए।
उ जु री हालेको हो, अज्ञात समूहको पहिचान भएको छैन
उपेन्द्र आ क्र म ण मा परेको २१ वर्ष भयो। उनलाई थाहा छ, सशस्त्र द्व न्द्व ले जन्माएका अज्ञात समूहले नै उनलाई आ क्र म ण गरेका हुन्। तर कुन पक्षबाट आफू यो अवस्थामा आइपुगें भन्नेबारे पत्तो छैन। अहिलेसम्म कुनै पक्षले पनि दु र्घ ट नाको जिम्मा लिएको पनि छैन।
सत्य निरुपण तथा मेलमिलाप आयोगमा समेत उनले उजुरी दिएका छन्। त्यो उजुरीको अहिलेसम्म पहिचान हुन सकेको छैन। पहिचान भएपछि राजपक्षले आफूलाई हेर्ला, अं ग भं ग भएको क्षतिपूर्ति त तिर्न सक्दैन सरकारले तर पनि केही मात्रामा हौसला र साहस भरिदेला भन्ने झिनो आशा उनीसँग अझै बाँकी छ।
उनले मात्र हैन, द्व न्द्व का लमा अज्ञात समूहको आ क्र म ण मा परेर अं ग भं ग भएका उनीजस्ता धेरै साथीहरुले आ क्र म ण कारी पहिचान गर्न सकेका छैनन्। आयोगले यथाशीघ्र पहिचान गरेर, सकेजति राहत देओस् भन्ने उनको आग्रह छ।
‘हामी न द्व न्द्व र त पक्षका हौं, न सरकारी पक्षका । हामी सर्वसाधारण नागरिक हौं। बीचमा च्यापियौं। हामीलाई परेको क्ष ति तिर सरकारको ध्यान जाओस्,’ उनी याचना गर्छन्।
सर्वसाधारण पनि द्व न्द्व मा पि ल्सि ए का छन्। उनिहरुले राहत पाउनुपर्छ भन्दै उनले भने, ‘अहिले द्व न्द्व र त पक्ष र सरकारी पक्षले पाए सरह नै राहत हामीले पनि पाउनुपर्छ।’
अन्जानमा आफूहरु अं ग भं ग भएको उनी बताउँछन्। भन्छन्, ‘हामीसँग आ क्र म ण कारीको कुनै प्रमाण छैन। घटना सुनाउँदा वयक्तिगत रि स इ वी त हैन भनेर प्रश्न सोध्नेहरु पनि धेरै छन्।’
उनले अनुहार खुम्च्याउँदै भने, ‘हामी न राज्यका पी डि त भयौं, न प्रतिपक्षका। हाम्रो पीडा राज्यले बुझ्न सकिरहेको छैन। अचानोको पीडा खु कु री लाई कसरी थाहा हुन्छ र!’ उकेराबाट





















