किन झ्याप्प झ्याप्प गइरहेको छ बिजुली ? यसो भन्छन् कुलमान घिसिङ

काठमाडौं – 

हिउँदे झरी परिरहेको बेला काठमाडौं उपत्यकामा झ्याप्प झ्याप्प बिजुली जानुको कारणबारे नेपाल विद्युत प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक कुलमान घिसिङले स्पष्ट पारेका छन् ।

शुक्रबार प्रधििकरणमा पत्रकार सम्मेलनमा यसबारे जानकारी गराउदै कार्यकारी निर्देशक घिसिङले उपत्यकामा बिजुलीको माग अत्यधिक बढेर वितरण प्रणालीमा सम’स्या देखिएपछि बिजुली जाने गरेको स्पष्ट पारे ।

उनका अनुसार पोहोर सालकोभन्दा ५० मेगावटीभन्दा बढी बिजुलीको माग बढेपछि यस्तो सम’स्या निम्तिएको छ । उनका अनुसार काठमाडौंमा अहिले पिक आवरमा झन्डै ५ सय मेगावाट बिजुलीको माग रहेको छ।

काठमाडौंमा बिजुलीको माग बढेपछि फिडर लाइन र ट्रान्सफर्मरहरूले ओभरलोडेड थेगिरेहको पनि कार्यकारी अधिकृत घिसिङले बताए । उनले हाल उपत्यकाभरि झन्डै ३८ सय ट्रान्सफर्मर रहेको र तीमध्ये पनि ५० देखि ६० वटामा समस्या आएको बताए ।

साथै, धेरैजसो ट्रान्सफर्मर २ सय केभिएको भएको र बिजुलीको लोड बढेपछि त्यसको साट्टोमा ३ सय केभिएको ट्रान्सफर्मर राखिने पनि उनले बताए । उनले भने, ‘अब, २ सय केभीएको साट्टो ३ सय केभिए जडान गर्छाै । त्यसले पनि थेगेन भने अर्को ट्रान्सफर्मर थप्नुपर्ने देखिन्छ ।’

कार्यकारी अधिकृतका अनुसार स्थानीयले आफ्नो घरनजिक ट्रान्सफर्मर राख्न नदिँदा पनि यस्ता सम’स्याहरु निम्तिएका छन् । साथै, बिजुलीको माग बढेर तीन दिनदेखि विद्युत वितरण नियमित गर्न नसेकेको उनले सबैसँग मा’फी पनि मागेका छन् ।

उनले यसबाट पाठ सिक्नुपर्दै भने, ‘यो सम’स्यलाई हामीले अवसरका रूपमा पनि लिएका छौं । यसले हामीलाई कस्ता पूर्वाधार बनाउनुपर्छ भने शिक्षा दिएको छ।’

अब काठमाडौंका ९ स्थानमा सबस्टेशन बनाइने र तारहरू भूमिगत गरेर काठमाडौंको विद्युत वितरण भरपर्दो हुने पनि उनले बताए । उनका अनुसार यो कार्य दिगो बनाउनलाई करिब दुई वर्ष लाग्ने पनि बताए ।

यस्तै नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले हिउँदे वर्षाका कारण जाडो बढेका बेला एक्कासी अप्रत्यासित दरमा लोड बढ्दा स्थानीय वितरण प्रणालीमा समस्या आएको बताएका छन् ।

मंगलबार रातिदेखि भएको भएको वर्षाका कारण उपत्यकाको करिब ३८ सय वटा वितरण (टोल-टोल रहने) ट्रान्सफर्मरमध्ये ५०-६० वटा ट्रान्सर्फमर जलेको उनले बताए ।

उनले पिक आवरमा १७ सय मेगावाटसम्म बिजुलीको माग धान्न तामाकोशी, कालीगण्डकी, मर्स्याङ्दीजस्ता जलविद्युत्, आयोजना पिकिङ गर्दा अधिकतम् स्वदेशकै बिजुलीले माग धानिएको उनको भनाइ छ ।

‘दिउँसो आयोजनाका जलाशयमा पानी जमाउन केही घण्टा भारतबाट तीन सय मेगावाटसम्म बिजुली ल्याउँछौं,’ घिसिङले भने,’मागअनुसार दिन बिजुलीको अभाव छैन । वितरण प्रणालीमा देखिएको प्राविधिक समस्याले केही अप्ठेरो पारेको हो ।’

उनले हिउँदे वर्षाका कारण क्षमताभन्दा लोड धेरै आएका कारण स्थानीय रुपमा केही क्षत्रेका ट्रान्सर्फमरहरु जलेको बताए । इमाडोल, कालधारा, महाराजगञ्ज, नयाँबानेश्वर लगायतका क्षेत्रका ५०-६० वटा ट्रान्सर्फमर जलेर बिग्रिएको उनले बताए ।

‘सिंहदरबार स्बस्टेसनबाट निस्कने एउटा फिडरमा पनि आगलागी भयो, त्यसले अनामनगर र डिल्लीबजार क्षेत्रमा पनि स’मस्या भयो,’ घिसिङले भने,’तर लगातार खटेर हाम्रो टोलीले ट्रान्सर्फमर फेरेको छ, धेरै स्थानमा बिजुली आइसक्यो, कतै बाँकी छ भने आजसम्म सबैतिर बिजुली आपूर्ति सुचारु हुन्छ ।’

घिसिङले काठमाडौंमा बिजुलीको माग गत वर्षभन्दा करिब ८० देखि १०० मेगावाटसम्म बढेको भन्दै त्यसअनुसार नै ट्रान्सर्फमरहरु फेर्ने काम भइरहेको बताए । तर, स्थानीय क्षेत्रमा आफूहरुले अपेक्षा गरेको भन्दा बढी लोड आएकाले ठूलो क्षमताको ट्रान्सर्फमरहरु राख्ने काम चलिहरेको उनले बताए ।

काठमाडौंमा कहिले ५ सय मेगावाटसम्म बिजुलीको माग भइरहेको भन्दै ६ सय मेगावाटसम्म माग आएपनि धान्न सकिने दावी गरे । ‘हामीले सबस्टेसनको स्तरोन्नति गरेर झण्डै आधाजसो क्षमता बढाएका छौं, त्यसैले स्थानी क्षत्रेमा ट्रान्सफर्रमरको क्षतमा बढाएपछि सम’स्या रहँदैन, ’घिसिङलेले भने ।

आफूहरु अहिले काठमाडौंको प्रणालीलाई विश्वसनीय बनाउन काम गरिरहेको भन्दै  कार्यकारि निर्देशक घिसिङले ९ वटा सबस्टेसन नयाँ बनाउने क्रम जारी राखिएको बताए । मातातीर्थ, चोभर, टेकु, फुटुङ, ठिमी, मूलपानी, चाँगुनारायण, बालकुमारी लगायतका ठाउँमा सबस्टेसन बनेपछि उपत्यकाको बिजुली वितरण थप विश्वसनीय हुने उनको दावी छ ।

‘पानी परेकारले फिडरहरुका आगलागी भएको ताहररु फेर्न पनि सम’स्या भयो, रुझ्दै-रुझ्दै हाम्रा प्राविधिकले काम गरे,’ उनले भने,’हामी २४ घण्टा नै सम’स्या देखिएका क्षेत्रमा समाधानका लागि खटिएका छौं ।’

उपत्यकामा रहेका ३८ सय ट्रान्सर्फमरमध्ये केही क्षेत्रमा बढी सम’स्या देखिएकाले तुरुन्तै त्यहाँ लोडको व्यवस्थापन गर्न थप कदम चाल्न लागिएको उनले बताए ।

भविष्यमा काठमाडौंमा दुई हजार मेगावाटसम्म बिजुली माग हुँदा पनि सजिलै दिन सकिने गरी लाइनहरु बनिरहेको भन्दै उनले काठमाडौंकै मुटुसम्म १३२ केभीको लाइनहरु ल्याउन भूमिगत प्रसारण लाइनमा आयोजनाहरु पनि सुरु गरिएको उनले बताए ।

‘सडक र खानेपानीका अड्डाबाट अनुमति नपाएका कारण हामीले वितरणलाइन भूमिगत गर्ने काम पनि तीव्र गतिमा गर्न सकेका छैनौं, मुख्य क्षेत्रमा त तार बिछ्याउने अनुमति नपाएर काम नै हुन सकेको छैन,’ घिसिङले भने, ‘भित्री क्षेत्रमा कामै काम गर्नुपर्दा अर्को सम’स्या छ ।’

कहिलेकाँही स्थानीय क्षेत्रको वितरण प्रणालीले माग अनुसार बिजुली आपूर्ति गर्ननसक्दा त्यसलाई ठूलो सम’स्यमा रुपमा अर्थ्याउन नहुने उनको भनाइ छ । यस्ता सम’स्या आएपछि नै सम्बन्धित क्षेत्रमा रहेको सम’स्या छिटो पत्ता लागेर समाधन पनि निकाल्न सहज हुने घिसिङको भनाइ छ ।

‘हामी निकै संवेदनशील भएर काम गरिरहेका छौं, हामी पनि कतै पनि एक मिनेट लाइन नजआोस् भनेरै चाहन्छौं,’ घिसिङले भने,’तर, विश्वमा कतैपनि प्रणालीहरु समस्यारहित छैनन्, सकिनेसम्म समस्यारहित बनाउन हामी पनि प्रयत्नरत छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...