काठमाडौं –
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले पर्यटन बोर्डमा धनञ्जय रेग्मी सिइओ रहेसम्म बोर्डको प्रगति नहुने बताएका छन् ।
पर्यटन बोर्डको स्थापना दिवसका अवसरमा शुक्रबार बोर्डमा आयोजित कार्यक्रममा उनले सो कुरा बताएका हुन् ।
सिइओ रेग्मीको आलोचना गर्दै मन्त्री आलेले भने-धेरै रिसाउनुभो जाम् र’क्सी खान भन्ने साँढेलाई राखेर बोर्ड चल्छ ?
आफूलाई एकपटक जबर्जस्ती लण्डन लगेको प्रसंग कोट्याउँदै उनले त्यहाँ आफू अपमानित भएको सुनाए । ‘म लन्डन जाँदै जान्न भन्दा जबर्जस्ती लगेर गयो, बोल्ने कार्यक्रम छैन भन्यो साँढेले,’
लन्डन गएँ दूतावासमा राखिदियो, न गाडी छ, खाना आफैं खोजेर खानुपर्ने,’ मन्त्री आलेले भने, ‘म यो देशको मन्त्री, जनताले छानेर आएको मन्त्री, लन्डनमा बोल्न पाइनँ, मलाई दुः’ख लाग्यो । यस्तो साँढेलाई सिइओ बनाए भने बोर्ड चल्छ ?’
उनले आफूलाई खरिद गर्छु भनेर नसोच्न चे’ता’व’नी दिए । ‘चार ओटाको टोयोटा गाडी बेचेर प्रेम आलेलाई खरिद गर्छु भन्ने नसोचे हुन्छ,’ उनले भने, ‘इमान बेचेर म यो चेयरमा बस्ने वाला छैन ।’
तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले २०७७ माघमा रेग्मीलाई पर्यटन बोर्डको सिइओ पदमा नियुक्त गरेको थियो । र’क्सिको नि’हुँ’मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारका कर्मचारीसँग झ’ग’डा गरेपछि उनी वि’वा’द’मा तानिएका थिए ।
त्यसपछि पदको दु’रु’प’यो’ग गरेको र आर्थिक अनियमिततामा मुछिएको आ’रो’प’मा उनी यही पुस २ गते निलम्बनमा परेका थिए ।
यो पनि : सर्वोच्च अदालतले नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत धनञ्जय रेग्मीलाई नि’ल’म्बनको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरकालीन आदेश जारी गरेको छ ।
पुस २ गते संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव महेश्वर न्यौपानेको अध्यक्षतामा बसेको पर्यटन बोर्ड सञ्चालक समितिको बैठकले सीईओ रेग्मीलाई निलम्बन गर्ने निर्णय गरेको थियो ।
सो निर्णय वि’रु’द्ध रेग्मीले सर्वोच्च अदालतमा रि’ट दिएका थिए । बिहीबार न्यायाधीश दीपककुमार कार्कीको इजलासले उनको निलम्बनको निर्णय तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो ।
सर्वोच्चले रेग्मीलाई गरेको का’र’बा’ही’को विषयमा मन्त्रालयसँग लिखित जवाफ माग गरेको छ भने अन्तरिम आदेशका लागि दुबै पक्षलाई माघ ३ गते छलफलमा बोलाएको छ ।
विदेशबाट फर्किँदा त्रिभुवन विमानस्थल भन्सार कार्यालयका कर्मचारीमाथि दुर्व्यवहार गरेका रेग्मीलाई मन्त्रालयले लिखित स्पष्टीकरण सोधेको थियो । पर्यटन बोर्ड सञ्चालक समितिले रेग्मीमाथि छानबिन गर्न एक समिति पनि गठन गरेको थियो ।





















