काठमाडौं –
सत्तारुढ दल नेकपा माओवादी केन्द्रको ८ औ राष्ट्रिय महाधिवेशन काठमाडौंमा जारी छ । पार्टी अध्यक्ष पुष्प कमद दाहाद प्रचण्डले प्रस्तुत गरेको राजनितिक प्रतिवेदन उपर छलफल पनि बेजोड चलिरहको छ ।
प्रचण्डले समग्र राष्ट्रिय राजनिति नै कोल्टे फेर्ने गरि आफुले प्रतिवेदन ल्याएको दाबी गरे पनि केहि नेताहरुले कसिलैसँग फरक मत राखेको छन् । बन्द सत्र हल भित्र रहेको एक माओवादी नेताले प्रचण्डको प्रतिवेदनलाई बोइरलर कुखरासँगै तुलना गरिदिएका छन् ।
माओवादी केन्द्रका नेता कालिबहादुर मल्लले प्रचण्डले ल्याएको प्रतिवेदनलाई बोइलर कुखुराको मासु र रक्सस्सँग तुलना गरेका छन् ।
निकै घ’त लाग्दो कथा सुनाउँदै नेता मल्ले प्रचण्डको प्रतिवेदन उपर यस्तो टिप्पणी गरेका हुन् । सिधा शब्दमा नभनी उनले कथात्मक प्रस्तुतिले प्रचण्डको प्रतिवेदन उपर कडा टिप्पणी गरेका छन् ।
कालिबहादुरले सुनाएको कथा यस्तो छ एकादेशमा एउटा राजा थियो,उसले चढ्ने घोडा थियो । तर त्यो घोेडा ढिलो र अल्छी थियो । राजाकै देशमा एकजना मान्छे पनि थियो । जो एकदमै चर्चित थियो । उसले भन्थ्यो,“म जोसँग संगत गर्छु,सात दिनमा त्यसबारेमा, सबै थाहा पाउँछु । ”
त्यसपछि अल्छे घोडाबाट दिक्क राजाले भने छ त्यसो भए यो घोडा बारे पत्ता लगाउ भनेर उसैलाई जिम्मा दियो । त्यो मान्छेले ७ दिन सम्म घोडालाई आफुलाई राखेर राजालाई भेट्न गयो ।
अनि राजाले उसलाई सोधेछ के पत्ता लगायौ घोडा बारेमा ? उसले जवाफ दियो, यो घोडाको नस्ल (जात) नै होइन । त्यसपछि राजा घोडा किनेको ठाउँमा गयो, यो त घोडाको नश्ल नै होइन भन्ने आयो कुरा के हो ?
अनि उसले जवाफ पाएछ (घोडा त घोडा हो तर यो गाइको दुध खाएर हुर्किएको हो हजुर, सानैमा उसको आमा बितेको भएर । त्यसपछि राजा दरबार फर्किएर त्यहि मान्छेलाई सोध्यो
(तिमिले के कारणले घोडाको नश्ल होइन भन्यौ ? त्यो मान्छेले जवाफ दिया, “किनकी यसको घाँस खाने तरिका गाईको जस्छै छ ।”
घोडाबारे जवाफ पाइसकेपछि राजाले अर्को पटक आफ्नी रानी उसलाई जिम्मा लगायो । घोडाको जस्तै रानीबारे पनि पत्ता लगाउन समय दियो ।
७ दिन महारानीसँग नजिक रहेर बसेको त्यो मान्छेले आएर राजालाई भन्यो, यिनि राजखानदानकी छोरी होइनन् ।” त्यसपछि राजा ससुरालीमा सोध्न यो, त्यस्तो भव्य बिहे गर्यौ त राजखानकी छोरी होइन भन्ने आयो, वास्तविकता के हो ?
सासु ससुराले जावफ दिए –हतार हतार भयो, तपाईले पनि उनैलाई मन पराएँ भन्न्भयो । उनीखास हाम्री छोरी होइनन्, अस्पतालबाट ल्याएकी हुन् ।
त्यसपछि राजा दरबार फर्किए । उनले फेरी त्यहि मान्छेलाई सोधे, तिमिले यस्ता कुरा कसरी थाहा पायौँ ? त्यो मान्छेले जवाफ दियो, कर्मचारीलाई गा’ली ग’लौ’ज र हप्कीदप्की गर्ने महारानीको तरिका सामान्य गाउँले महिलाको जस्तो छ ।
त्यसपछि राजाले अब मसँग ७ दिन बस र मेरो बारे बताउ भने । त्यो मान्छे राजासँग बसेर सात दिन पछि भन्यो,“ तपाई राजाको सन्तान होइन । ” त्यसपछि
राजा बाआमालाई सोध्न गयो, म राजखानदानको होइन ? बाआमाले भने – तिमि अस्पतालबाट ल्याइएका हौ , कसैको जुम्ल्याहा सन्तान जन्मिएको रहेछ, अनि हामीले तिमिलाई ल्यायौँ ।
राजा फेरी त्यो मान्छे कहाँ गएर सोध्यो तिमिल्े यस्ता सबै कुरा कसरी थाहा पाउँछौ ? उसले जवाफ दियो – खास राजाले यस्ता र’क्सी ,ब्रोइलर कुखुराको मासु उपहार दिँदैन ।
महङ्गा हिरामोति जहवारत उपहार दिन्छ । तपाइले मलाई लोकल र क्सी र ब्रोइलर कुखुराको मास दिनुभयो ।अध्यक्ष प्रचण्डको प्रतिवेन माथि विभिन्न कोणबाट
आलोचना भइरहेको बेला मल्ले पनि राजाको कथा सुनाउँदै कटाक्ष गरेका हुने् । मल्लले सुझाव दिने क्रममा सुरुमै अध्यक्ष प्रचण्डको राजनितिक प्रतिवेदनप्रति संकेत गर्दै त्यसलाई ब्रोइलरको संज्ञा दिएका हुन् ।





















