काठमाडौं –
भिसा सकेर मलेशिया आउन रोकिएका विदेसीहरु लाई बिना सर्त फेरी मलेशिया को भिसा रिनिउ गर्ने सकिने भनेर गृह मन्त्रालयले सूचना प्रकासित गरको छ।
मलेशिया कम्पनी हरु ले आफ्नो पुरानो कामदार लाई ल्याउन KDN बाट सशर्त भिसा स्वीकृति पत्रको निबेदन खोलेको सूचना भर्खरै मलेशिया गृह मन्त्रालयले प्रकासित गरेको छ।
सो सूचना मा लिखित अनुसार १ मार्च २०२० देखि ३० सेप्तेम्बेर २०२१ सम्म सकेको भिसा कुनै कारण वस रिनिउ गर्न असफल भएको या आफ्नो देश फिर्ता
गएर कोविदको कारण मलेशिया फिर्ता आउन नपाई कन भिसा सकिएको हरु ले पूर्ण बिना शर्त फेरि मलेशिया KDN बाट भिसा रिनिउ गर्न सकिने।
मलेशिया सरकार ले जब नया बिदेसी कामदार आउन स्वीकृति दिन्छ त्यति बेला पुरानो कामदार पनि आउन मिल्छ यस बिना सर्त निबेदन बाट।
यस्तै भ्रमण भिसामा मलेसिया गएर उतै बसेका नेपालीहरुले अब तत्काल मलेसिया छोड्नुपर्ने भएको छ । स्वदेश नफर्केर मलेसियामै बसेकाहरुलाई त्यहाँको सरकारले यही वैशाख ९ गतेसम्ममा स्वदेश फर्कन निर्देशन दिएको छ ।
भिजिट भिसामा मलेसिया गएर विगत एक वर्षदेखि उतै बसेकाहरु अब मलेसिया बस्न नपाउने भएका हुन् । मलेसिया नछाडेका विदेशी नागरिकलाई २१ अप्रिल अर्थात् आगामी
९ वैशाखसम्म मलेसिया छाड्न त्यहाँको सरकारले निर्देशन दिएको हो। निर्देशन नमान्नेहरुलाई मलेसिया सरकारको अध्यागमन नियम अनुसार कारवाही गर्ने भएको छ ।
मलेसिया सरकारले २०२० को जनवरीबाट भिजिट भिसामा आफ्नो देश आएका तर भिसा नवीकरण नगरेर बसेकाहरुलाई देश छोड्न भनेको हो ।
त्यस्ता विदेशी नागरिकलाई २१ अप्रिलसम्ममा आफ्नो देश नछाडे कडा कारबाही गर्ने चेतावनी दिएको छ। रोजगारीको उद्देश्य लिएर भ्रम’ण भिषामा मलेसिया प्रवेश गरेकाहरुलाई पनि देश छोड्न भनिएको हो ।
२१ अप्रिलसम्म पनि मलेसिया नछोड्नेले त्यहाँको कडा अध्यगमन नियमानुसार कार’बाही भोग्नुपर्ने मलेसियास्थित नेपाली दूतावासले जनाएको छ।
मलेसियाले भ्रमणमा जाने विदेशीलाई सुरुमा ९० दिनको भिसा जारी गर्ने गरेको छ । भ्रमण भिसामा गएर स्वदेश नफर्किनेको सङ्ख्या बढेपछि मलेसियाले यस्तो चेतावनी दिएको हो।





















