काठमाडौं –
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले नेपालका ठूला तीन दल पूर्व राजा ज्ञानेन्द्रको वि रो ध गरेर आ-आफनो संगठन विस्तारमा लागेको आ रो प लगाएका छन् ।
पूर्वी नवलपरासीको सदरमुकाम कावासोतीमा सोमबार आयोजित आम सभामा बोल्दै उनले पूर्व राजाको विरोध गरेर आफ्नो संगठन मजबुत हुन्छ भन्ने भ्र म मा ठूला दलहरु अघि बढेको चर्चा गरे ।
नेपालका ठूला तीनवटा दलहरुले (कांग्रेस, एमाले र माओवादी) ०६२, ०६३ मा जनआ’न्दो’ल’न गर्ने नाममा जनचाहाना विपरित हिन्दु धर्म फालेको र देशलाई सिक्किमीकरणतर्फ लगेको आ’रो’प लगाए ।
अध्यक्ष लिङ्देनले ठूला तीन दलले भ्र’ष्टा’चा’र र वि’संग’ति बढाउने बाहेक देश र जनहितमा एउटा पनि काम नगरेका कारण उनीहरुबाट देश जोगाउने राजनीतिक एजेण्डा राप्रपाको भएको बताए ।
यस्तै, उनले कमल थापाको नाम उच्चारण नगरिकन राजाको वि’रो’ध गरेर चर्चामा आउन खोज्नेहरुबाट देश जोगाउन पर्ने बताए ।
अध्यक्ष लिङ्देनले कांग्रेस, एमाले र माओवादीका नेताहरुले भ्र’ष्टा’चा’र’लाई संस्थागत गरेका कारण जनतामा राजनीतिमै वितृष्णा जागेको दाबी गरे ।
देशका ठूला दल शासनमा रहँदा जनताको अवस्था नफेरिएको बरु भ्र’ष्टा’चा’र संस्थागत भएको उनको भनाइ थियो ।
राप्रपा पूर्वी नवलपरासीले सोमबार कावासोती थानाको चौरमा आयोजना गरेको सभामा राप्रपका अधिकांश केन्द्रीय नेताहरुको उपस्थिती छ ।





















