दाङ प्रहरीको यस्तो अनौठो ह र्क त गरेपछि परे प क्रा उ, कारण थाहा पाउदा सबै चकित !

दाङ –

घोराही कारागारका कै दी भगाउन सहयोग गरेको अभियोगमा प्रहरी कार्यालय दाङले जेलर र प्रहरी हवल्दारलाई प क्रा उ गरेको छ ।

योजनाबद्ध रुपमा कै दी लाई भगाउन भूमिका खेलेको पाइएपछि अनुसन्धानका लागि सोमबार प क्रा उ गरिएको कारागार प्रशासनले जानकारी दिएको छ ।

तत्कालिन जेलर युवराज परियार, कारागारका प्रहरी ईन्चार्ज, प्रहरी सहायक निरिक्षक रुद्रबहादुर सेन र प्रहरी हवल्दार गणेश बहादुर थारुलाई हिजो साँझ प क्रा उ गरिएको घोराही कारागारका जेलर अमरबहादुर ओलीले जानकारी दिएको छ ।

गर्भवती प्रेमिकालाई ह त्या गरी कर्तव्य ज्यान मु द्दा मा ज न्म कै द स जा य पाएका गढवा गाउँपालिका-३ बेलाका २९ वर्षीय यमराज परियार उपचारको बहानामा बिहीबार कारागारबाट निस्केर भागेका थिए ।

कै दी परियारलाई भगाउन जेलर परियारले विभिन्न किसिमले सहयोग गरेको खुलेपछि प क्रा उ गरिएको प्रहरीले जनाएको छ ।

परियार पुस ६ देखि १३ गतेसम्म बिदामा बसेका थिए । ८ गते बिहान कारागारमा आएर उनले कै दी परियारलाई उपचारका लागि बाहिर जान अनुमति दिएको प्रहरीको अनुसन्धानमा खुलेको छ ।

बिदामा बसेको बेला कार्यालयमा आएर कैदीलाई बाहिर जान दिएपछि र अन्य विभिन्न सम्बन्ध खुलेपछि परियारलाई प क्रा उ गरिएको प्रहरीले जनाएको छ ।

यस्तै कारागार सुरक्षामा रहेका प्रहरी सहायक निरीक्षक रुद्रबहादुर सेन ठकुरी, एक प्रहरी हवल्दार र प्रहरी जवान धनबहादुर चौधरी पनि नियन्त्रणमा छन् ।

उनीहरूबारे गहिरो अनुसन्धान भइरहेको जिल्ला प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले बताए । अहिले जेलर परियारको ठाउँमा तुलसीपुर कारागारका जेलर अमर वलीलाई जिम्मेवारी दिइएको छ ।

घटनाबारे अनुसन्धान जारी रहेको र सम्पूर्ण तथ्य बाहिर आउन केही दिन लाग्ने जेलर वलीले बताए । यसैगरी प्रहरी सहायक निरीक्षक ठकुरीको ठाउँमा प्रहरी नायब निरीक्षक नन्दराम केसीलाई खटाइएको छ ।

छालाको उपचार गर्न भन्दै परियार प्रहरी जवान धनबहादुर चौधरीका साथ बिहीबार दिउँसो लु ३४ प ४१० नम्बरको मोटरसाइकलमा कारागारबाट बाहिर निस्किएका थिए । तर उनीहरू अस्पताल नगई होटलमा पुगेका थिए ।

उनीहरू सुरुमा घोराहीको प्याराडाइज होटलमा पुगेर कफी पिएका थिए । त्यसपछि प्रहरीको मोटरसाइकल कै दी परियारले चलाएर सब्जीमण्डी हुँदै थकाली होटलमा पुर्‍याएका थिए ।

होटलमा पुगेपछि परियारले दुई केटीलाई बोलाएका थिए । तीमध्ये एक परियारकी प्रेमिका थिइन् भने एक अर्को महिला थिइन् ।

परियारले आफ्नो प्रेमिकालाई प्रहरी जवान चौधरीको साथमा छुट्टै कोठामा पठाएका थिए भने आफू अर्को महिलाको साथमा छुट्टै कोठामा गएका थिए ।

त्यही मौकामा चौधरी बसेको कोठाको बाहिरबाट चुकुल लगाएर परियार प्रहरीकै मोटरसाइकल लिएर भागेका थिए । चौधरीलाई प्रेमिकाले लामो समयसम्म कोठामा भुलाउने र त्यही मौकामा आफू भाग्ने योजनामा परियार रहेको प्रहरी अनुसन्धानमा खुलेको छ ।

कै दी परियारलाई जेलर परियारले भदौ २३ मा कारागारको नाइके बनाएका थिए । त्यसपछि दुईजनाबीच लामो समयसम्म विभिन्न सम्बन्ध भएको प्रहरीले पत्ता लगाएको छ ।

नाइके भएपछि परियार सहजै कारागारबाहिर आउनेजाने गरेका थिए । प्रेमिका नियमित रुपमा कारागारमा परियारलाई भेट्न जाने गर्थिन् । परियारकी प्रेमिका, होटलमा सँगै रहेकी अर्की महिला र होटल व्यवस्थापनमा खटिने एक युवालाई पनि प क्रा उ गरिएको एसपी काफ्लेले बताए ।

भाग्न प्रयोग गरेको मोटरसाइकल लमही नगरपालिका ६ बेलदमारको जंगलमा फेला परे पनि कै दी भने अझै फेला परेका छैनन् ।

परियारको खोजीमा डिएसपी मुकुन्दप्रसाद रिजालको कमाण्डमा जिल्लाको प्रहरी टोली खटिएको छ । सीआईबीको टोली पनि अनुसन्धान र खोजीमा खटिएको छ ।

यसअघि दुई जना महिला, प्रहरि जवान धनवहादर चौधरी र अर्का एक जना पुरुष प क्रा उ परिसकेका छन् । ह त्या आरोपमा जेल जिवन विताइरहेका यमराज परियारलाई उपचार गर्न राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान लगेका धनवहादुर चौधरी, अस्पताल नगइ होटलमा पुगेको र परियार त्यहीबाट भागेको देखिएको प्रहरिले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...