काठमाडौं –
पार्टी एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमले नेकपा )माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रशंसा गरेका छन्।
काठमाडौँको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा आइतबार आयोजित माओवादीको आठौँ महाधिवेशन उद्घाटन समारोहमा प्रचण्डले आलोचना नगरी संक्षिप्त र तर्कयुक्त विचार राखेको भन्दै गौतमले वक्तव्य जारी गरी उनको प्रशंसा गरेका हुन् ।
सचिवालयमार्फत गौतमले जारी गरेको वक्तव्यमा भनिएको छ, ‘उहाँको मन्तव्यमा एउटा पनि दुर्वचन थिएन । कतिपय पार्टीका नेता दुर्वचनबाट आफ्नो मन्तव्य सुरु गर्छन् र दुर्वचनबाटै मन्तव्य अन्त्य गर्छन् । उनको तुलनामा प्रचण्ड एकदमै सुसंस्कृत र भव्य देखिनुभयो ।’

यो पनि : प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को प्रशंसा गरेका छन् ।
नेकपा माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै देउवाले ‘प्रचण्ड’ को राजनीतिक योगदानको चर्चा गर्दै ‘प्रचण्ड’ कै बलमा संविधानसभाबाट संविधान बनेको बताएका छन् ।
उनले भने, ‘पुष्पकमल दाहालजीले नेपालको राजनीतिमा धेरै ठुलो योगदान दिनुभएको छ । उहाँकै बलले हामी संविधानसभामा गएका हौं ।
संविधानसभाबाट संविधान बनाउने कुरा २००७ सालमा काँग्रेसले गरेको हो, पछिल्लो चरणमा प्रचण्डले लिएकै अडानका कारण संविधानसभाको चुनाव भएको हो ।’
यस्तै देउवाले सत्तारुढ गठबन्धन कसैका वि रु द्ध नभएको दाबी गरेका छन् । उनले गठबन्धनले वर्तमान संसदलाई पुरै कार्यकालसम्म बचाउने बताए ।
‘यो गठबन्धन कसैको वि रो धमा बनेको होइन, अहिलेको संविधानले जुन परिकल्पना गरेको छ, त्यहीअनुसार संसद पूरा कार्यकाल चलोस्, बीचमा संसद भंग नहोस् भन्ने संविधानको पुनित उद्देश्य पूरा गर्नका लागि गठबन्धन बनाइएको हो,’ उनले भने ।
उनले पाँच दलीय गठबन्धन कसैको वि रु द्धमा नरहेको पनि प्रस्ट पारे । अहिलेको संविधान अन्तर्गत संसद पूरा समय चलोस् भन्ने पुनीत उद्देश्यले गठबन्धन निर्माण भएको उनको भनाइ थियो ।
उनले गठबन्धन पूरा समय चल्ने भन्दै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली लगायतलाई यो गठबन्धन आफू वि रु द्ध बनाइएको हो कि भन्ने शं का नगर्न पनि आग्रह गरे ।
देउवाले गठबन्धन कसैको खिलापमा नभएको भन्दै तीन पटक सम्म दोहोर्याएका थिए ।





















