प्रधानन्यायाधीश राणालाई के आइलाग्यो यस्तो आपत, राणा त ना व मा !

काठमाडौं – 

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको परिवारको सम्पत्ति छानबिन गर्न सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले टोली खटाउने भएको छ ।

विभागले प्रधानन्यायाधीश राणाको परिवारको सम्पत्ति छानबिन गर्न अनुसन्धान अधिकृत तोक्ने तयारी गरेको हो ।

पदमा रहुञ्जेल राणाको सम्पत्ति छानबिन गर्न नमिल्ने भए पनि उहाँका परिवारका सदस्य, आफन्तको छानबिन गर्न बाधा नपर्ने भएकाले उ जु री परेपछि अनुसन्धान गरिने विभागका महानिर्देशक प्रेमप्रसाद भट्टराईले जानकारी दिनुभयो ।

बैंकहरूको कारोबार तथा मौज्दात हेर्न विभागले राष्ट्र बैंकलाई पत्राचार गर्ने गरेको छ । राष्ट्र बैंकले सम्बन्धित बैंकबाट विवरण मगाएर विभागलाई पठाउने गरेको छ ।

यसैगरी, जग्गा किनबेचको विवरण हेर्न विभागले मालपोत कार्यालयलाई पत्राचार गर्ने गरेको छ । बृहत् नागरिक आन्दोलनका तर्फबाट वरिष्ठ चिकित्सक गोविन्द केसीले राणाको, राणाकी पत्नी, भाइ, नातेदार लगायतको सम्पत्ति अनुसन्धान गर्न माग गर्दै हिजो उ जु री दिनुर्भएको थियो ।

उजुरीमा राणालाई सहयोग गर्ने न्यायाधीश, संवैधानिक निकायका पदाधिकारी, कर्मचारीलगायतको पनि सम्पत्ति छानबिन गर्न केसीले माग गर्नुभएको थियो ।

यो पनि : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले प्रमुख राजनीतिक दलले ३१ वर्षदेखि मुलुकलाई ब न्ध क बनाएर राखेको आ रो प लगाएका छन् ।

पार्टीको गण्डकी प्रदेश सम्मेलन अगाडी पुर्वी नवलपरासीको कावासोतीमा आयोजित आमसभालाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले यस्तो बताएका हुन् ।

प्रजातन्त्र, गणतन्त्र र धर्म निरपेक्षको नाममा कांग्रेस, एमाले र माओवादीले मुलुकलाई बन्धक बनाएको भन्दै अब मुख्य राजनितिक शक्तिको रूपमा प्रजातन्त्र पार्टीलाई विश्वास गर्न आग्रह गरे ।

राजतन्त्र र सनातन हिन्दु धर्मले मात्र नेपालको समृद्धी र विकासमा टेवा पुर्याउने भन्दै अबको निर्वाचनमा राप्रपा पहिलो पार्टी हुने दाबी गरे ।

विदेशीको चलखेलमा परेमा गणतन्त्र र धर्म निरपेक्ष बनाउने राजनितिक दललाई अब जनता आफैँले पाखा लगाउने लिङदेनको भनाई थियो ।

आज र भोली पुर्वी नवलपरासीको कावासोतीमा हुन लागेको प्रदेश सम्मेलनले आगामी कार्यनिति र प्रदेश राजनितिक दस्तावेज तयार पार्ने राप्रपा नेपाल पुर्वी नवलपरासीका अध्यक्ष विष्णु अधिकारीले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...