आफु दो षी भएको भन्दै प्रचण्डले स्वीकार गरेपछि नेताकार्यकर्ता नै चकित !

काठमाडौँ –

नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहालले माओवादी पार्टी कमजोरमा हुनुमा मुख्य दो षी आफैं भएको बताएका छन् ।

आठौं महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले राजनीतिक प्रतिवेदनमा सबैभन्दा बढी आफ्नै समीक्षा र आत्मसमीक्षा गरेको बताएका छन् । 

उनले ज न यु द्ध देखि अहिलेसम्म आइपुग्दा धेरै वटा घटनामा आफू नेतृत्व गरेको र अहिले माओवादी केही कमजोर भएको महसुस भएको बताए ।

‘ज न यु द्ध को तयारीदेखि त्यसको सञ्चालनसम्मको नेतृत्व गरेँ । १२ बुँदे समझदारी र शान्ति सम्झौतासम्ममा सहभागी भएँ । संविधानसभा निर्माणदेखि संविधान निर्माण भयो ।

सरकारको नेतृत्व गरेँ’ दाहालले भने, ‘पछिल्लो समयमा माओवादी केही कमजोर भएको महसुस भएको छ । अरुलाई आलोचना होइन,आरोपित गरेर हुँदैन । मैले आफैंलाई चिरफार गरेको छु ।’

यो पनि : नेकपा (क्रा न्ति का री माओवादी)का नेता सिपी गजुरेलले पूर्व माओवादीहरुको एकिकरणका लागि ज न यु द्ध पुर्वको केन्द्रीय समितिले अघि सारेको प्रतिवद्धता पुर्नस्थापना हुनुपर्ने बताएका छन्।

आइतवार नेकपा (माओवादी केन्द्र)को आठौं राष्ट्रिय महाधिवेशन उद्घाटन समारोहमा बोल्दै नेता गजुरेलले आफूहरुले पूर्व माओवादीहरुको

एकतालाई सकारात्मक रुपमा लिएको भन्दै एकता गर्ने भए ज न यु द्ध पुर्वको केन्द्रीय कमिटीले गरेका प्रतिवद्धताहरु पुरा हुनुपर्ने बताएका हुन्। 

उनले ज न यु द्ध ले लिएको लक्ष्य अधुरो र अपुरो रहेको भन्दै नेपाललाई जनगणतन्त्र बनाउनका लागि कार्यक्रम पारित गरे एकता हुनसक्ने बताए। त्यसैगरी एमसीसी खारेज गराउन महाधिवेशनले जोड गर्नुपर्ने सर्त पनि उनले अघि सारे।

नेता गजुरेलले मिचिएका नेपाली भुमि फिर्ता लिन माओवादी केन्द्रले प्रतिवद्धता गर्नुपर्ने पनि बताए। माओवादीले कालापानि, लिपुलेक र लिम्पियाधुरा लगायतका भुमि फिर्ता लिने प्रतिवद्धता गर्न सके पूर्व माओवादीहरु बीचको एकताको ढोका खुल्ने उनको भनाई छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...