मेरो लागि खादा, मालाको तामझाम नगर्नूः राजेन्द्र लिङदेन

काठमाडौं – 

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीका कार्यक्रमहरुमा माला, खादा लगायतका तामझाम नगर्न ७७ जिल्ला कार्यसमितिलाई निर्देशन दिएका छन् ।

पार्टीका अध्यक्ष, पदाधिकारी, केन्द्रीय सदस्य, प्रतिनिधिहरू जिल्लाको भ्रमणमा जाँदा वा स्थानीय तहका कार्यक्रममा माला, खादा, उपहार वा कुनै किसिमको तामझाम नगर्न, सादगी व्यवहार आचरण

अपनाउन मातहतका निकायलाई अध्यक्षको निर्देशानुसार सर्कुलर गरिएको राप्रपा महामन्त्री भुवन पाठकले जानकारी दिए ।

केही दिन अघि दाङमा आयोजित लुम्बिनी प्रदेश स्तरीय विस्तारित बैठकमा लिङ्देनले २५ केजीको फुलको माला अस्वीकार गरेका थिए ।

यो पनि : प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को प्रशंसा गरेका छन् ।

नेकपा माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै देउवाले ‘प्रचण्ड’ को राजनीतिक योगदानको चर्चा गर्दै ‘प्रचण्ड’ कै बलमा संविधानसभाबाट संविधान बनेको बताएका छन् ।

उनले भने, ‘पुष्पकमल दाहालजीले नेपालको राजनीतिमा धेरै ठुलो योगदान दिनुभएको छ । उहाँकै बलले हामी संविधानसभामा गएका हौं ।

संविधानसभाबाट संविधान बनाउने कुरा २००७ सालमा काँग्रेसले गरेको हो, पछिल्लो चरणमा प्रचण्डले लिएकै अडानका कारण संविधानसभाको चुनाव भएको हो ।’

यस्तै देउवाले सत्तारुढ गठबन्धन कसैका वि रु द्ध नभएको दाबी गरेका छन् । उनले गठबन्धनले वर्तमान संसदलाई पुरै कार्यकालसम्म बचाउने बताए ।

‘यो गठबन्धन कसैको वि रो धमा बनेको होइन, अहिलेको संविधानले जुन परिकल्पना गरेको छ, त्यहीअनुसार संसद पूरा कार्यकाल चलोस्, बीचमा संसद भंग नहोस् भन्ने संविधानको पुनित उद्देश्य पूरा गर्नका लागि गठबन्धन बनाइएको हो,’ उनले भने ।

उनले पाँच दलीय गठबन्धन कसैको वि रु द्धमा नरहेको पनि प्रस्ट पारे । अहिलेको संविधान अन्तर्गत संसद पूरा समय चलोस् भन्ने पुनीत उद्देश्यले गठबन्धन निर्माण भएको उनको भनाइ थियो ।

उनले गठबन्धन पूरा समय चल्ने भन्दै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली लगायतलाई यो गठबन्धन आफू वि रु द्ध बनाइएको हो कि भन्ने शं का नगर्न पनि आग्रह गरे ।

देउवाले गठबन्धन कसैको खिलापमा नभएको भन्दै तीन पटक सम्म दोहोर्‍याएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...