एमसीसी पास हुने लगभग पक्का भएपछि भीम रावलले फाले बर्मास्त्रः एमसीसी वालाहरुको गयो सा तो, सिंगो देश उभियो रावलको पक्षमा !

काठमाडौं –

नेकपा एमालेका नेता भिम रावल अमेरिकी सहयोग नियोग कुनै पनि हालतमा पास हुन नदिने अडानमा शुरु देखि नै उभिदै आएका थिए । उनको चट्टानी अडान अहिलेपनि उस्तै छ ।

तर अब भने एमसीसी पास गर्नुपर्ने पक्षमा प्रमुख पार्टीका शीर्ष नेताहरु नै एकमत देखिएपछि रावलले अन्तिम अस्त्र फालेका छन् । उनको पक्षमा सिंगो देश उभिएको छ ।

रावलले कुनै पनि देशभक्त नेपाली एमसीसीको पक्षमा लाग्न नसक्ने भन्दै एमसीसीको समर्थनमा लाग्नेहरु सबै विदेशीको दलाल हुन् भन्दै कडा टिप्पणी गरेका छन् ।

नेपालमा एमसीसी ल्याउँनु पर्छ भनेर पहिलो पटक अमेरिकालाई पत्राचार गर्ने मान्छे बावुराम भट्टराई भएको भन्दै रावलले प्रमाणनै पेस गरेका छन् ।

काठमाडौंमा शनिबार आयोजित ‘अमेरिकी लोकतन्त्रको यथार्थ र एमसीसी’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै रावलले बावुरामलाई दलालकै संज्ञा दिएका छन् ।

अहिले पनि बावुराम भट्टराई एमसीसी पास हुन पर्छ भनेर हिँडेको भन्दै यस्ता मान्छेलाई नोटिसमा राख्न पनि रावलले भनेका छन् ।

एमसीसी जस्तो राष्ट्रघा’ती सम्झौताको भारी बोकेर हिड्ने बावुराम देशपरिवर्तनका लागी भएको जनयु’द्धको नेतृत्वमा कसरी पुग्यो भनेर पनि प्रश्न पनि गरेका छन् ।

एमसीसी कसरी नेपालको हित विपरित छ भनेर आजको कार्यक्रममा रावलले पावरप्वाइन्ट प्रिजेन्टेसननै गरेका थिए । राववलले एक एक बुँदा बुँदामा चिरफार गरेका थिए ।

कुनै पनि हालतमा एमसीसी पारित गर्न नदिने भन्दै उनले अझै पनि एमसीसी राष्ट्रघाती होइन भन्नेलाई डाक्टरकोमा गएर आँखा जाँच गरेर राम्रो चस्मा लगाएर पढ्न पनि उनले चुनौ’ती दिएका छन् ।

पूर्वउपप्रधानमन्त्री समेत रहेका नेता रावलले एमसीसी संशोधन बिना नै संसद्‌बाट पारित गरिए त्यसले मुलुकलाई शक्ति राष्ट्रहरुको द्व’न्द्व र संघर्षमा परिणत गर्ने चेताव’नी समेत दिए ।

नेता रावलले कुनै पनि देशभक्त नेपालीले त्यो सम्झौता मान्न नसक्ने अडान पनि दोहोर्‍याए । उनले एमसीसी सम्झौता संशोधन गरेर भने अघि बढाउन आफू पनि सहमत रहेको बताए ।

नेपालकै कतिपय नेताहरुले सो सम्झौता संशोधन बिना नै अघि बढाउनुपर्छ भनेको देखेर आफूलाई आश्चर्य लागेको नेता रावलको भनाइ छ । नेता रावलले मुलुकको सार्वभौमिकतामाथि आँच आउने खालका कुनै पनि सम्झौता नेपालका लागि स्वीकार्य हुनै नसक्ने बताए ।

नेत्र विक्रम चन्द नेतृत्वको नेकपाका नेता धर्मेन्द्र बास्तोलाले एमसीसी पारित गर्ने काम गरियो भने मुलुक ग’म्भि’र दुश्चक्रमा फस्ने चेताव’नी दिए । उनले एमसीसी सम्झौताबारे नेपाल सरकारले अमेरिकी सरकारलाई पठाएको पत्राचार सार्वजनिक हुनुपर्ने माग समेत गरे ।

पूर्वराजदूत लिलामणि पौडेलले एमसीसी राष्ट्र हितमा नरहेकाले त्यसलाई अगाडि बढाउन नसकिने स्पष्ट पारे । उनले अन्य मुलुकको सर्त लागू हुने गरी राखिएको सर्त,

सुरक्षासँग सम्बन्धित खतरानाक सर्तहरु एमसीसीमा रहेकाले त्यसलाई स्वीकार गर्दा मुलुक अन्य मुलुकको बन्दी बन्नुपर्ने अवस्था आउने ख’त’रा पनि औंल्याए ।

पूर्वराजदूत पौडेलले नेपालको हित प्रतिकूल हुने खालका सम्झौताहरु हटाइए एमसीसी मानेर अघि बढन नेपाल तयार रहेको पनि बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...