नेपालबाट जिम्मेवारी आफ्नो काँधमा लिने इमरान खानले इच्छा, के हो त्यो जिम्मेवारी ?

काठमाडौं –

पाकिस्तानी प्रधानमन्त्री इमरान खानले नेपालको काँधबाट जिम्मेवारी आफ्नो काँधमा लिने इच्छा देखाएका छन् ।

उनले रोकिएको सार्क शिखर सम्मेलन आयोजना गर्ने चाहना व्यक्त गरेका हुन् । अहिले सार्कको अध्यक्ष नेपाल हो र अबको शिखर सम्मेलनपछि पाकिस्तानले सार्कको अध्यक्षता ग्रहण गर्नेछ ।

२०१४ मा काठमाडौंमा भएको शिखर सम्मेलनपछि नेपाल अध्यक्ष भएकोमा २ वर्षपछि २०१६ मा पाकिस्तानले शिखर सम्मेलन आयोजना गरेर अध्यक्षताको जिम्मेवारी लिनुपर्ने थियो ।

तर, ७ वर्षयता सार्कको शिखर सम्मेलन हुन सकेको छैन र ७ वर्षदेखि नेपालले अध्यक्षताको जिम्मेवारी हस्तान्तरण गर्न पाएको छैन ।

पाकिस्तानी प्रधानमन्त्रीले सार्कको शिखर सम्मेलन आयोजना गर्न केही कृत्रिम अवरोध भएको र यी अवरोध हटाएपछि पाकिस्तानले शिखर सम्मेलन आयोजना गर्ने बताए ।

शुक्रबार इमरान खानले सार्कका महासचिव एसाला रुवान वीराकुनसँग इस्लामाबादमा भेटघाट गरेका थिए । यस विषयमा पाकिस्तानको विदेश मन्त्रालयले जानकारी दिएको छ ।

भेटघाटमा पाकिस्तानी प्रधानमन्त्रीले सार्क देशहरुबीच आर्थिक तालमेल कायम राख्नको लागि पाकिस्तानले एक अनुकूल र फाइदाजनक वातारण प्रदान गर्न सक्ने बताउँदै यसले

दक्षिण एसियाका जनताको जीवन परिवर्तन गर्न सक्ने बताए । इमरानले जलवायु परिवर्तन, शिक्षा, गरिबी उन्मूलन, ऊर्जा एकीकरण र स्वास्थ्य चुनौतीहरुसहित सामान्य हितका मु द्दा हरुमा सहयोग मजबुत बनाउनेतर्फ पनि जोड दिए ।

महासचिव वीराकुनले सार्कसँग सम्बन्धित मु द्दा मा मार्गदर्शनको लागि प्रधानमन्त्री इमरानलाई धन्यवाद दिए र आफ्नो कार्यकालको क्रममा दक्षिण एसियाली क्षेत्रका सबै

देशको लाभको लागि सदस्य देशहरुबीच सहयोग बलियो बनाउनको लागि दृढ प्रयास गर्ने आश्वासन दिए । भेटमा पाकिस्तानी प्रधानमन्त्रीले यही महिनाको सुरुवातमा

सियालकोटमा श्रीलंकाली नागरिकको भीडले ह त्या गरेको घटनाको निन्दा गरे । उनले अ प रा धी लाई स जा य दिलाउन सबै प्रयास गर्ने आश्वासन दिए ।

दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन सार्कको २०१६ मा शिखर सम्मेलन हुन नसकेपछि यसको प्रभाव कम भएको छ ।

२०१६ को नोभेम्बर १५ देखि १९ सम्म इस्लामाबादमा शिखर सम्मेलन हुने तय थियो तर २०१६ को सेप्टेम्बर १८ मा जम्मु कश्मिरको उरीमा भारतीय

सेनाको शिविरमा आ तं क वा दी आ क्र म ण भएपछि भारतले शिखर सम्मेलनमा सहभागी हुन नसक्ने बताएको थियो । त्यसयता शिखर सम्मेलन हुन सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...