काठमाडौं –
नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले संसदभित्र एमालेले जात्रा देखाएको आ रो प लगाएका छन् ।
एमालेले सदनमा माधव नेपाललाई देख्न नचाहेको भन्दै प्रचण्डले उसले गठबन्धन तो ड्ने प्रयास गरिरहेको आ रो प समेत लगाए । सर्वोच्च अदालत र सदनले समेत मान्यता दिइसकेको अवस्था एमालेले त्यो माग राख्नु राम्रो नरहेको प्रचण्डको भनाई छ ।
माओवादी केन्द्रको राष्ट्रिय सम्मेलनको पूर्वसन्ध्यामा शनिबार विभिन्न सञ्चारमाध्यमका सम्पादकसँग छलफल गर्दै प्रचण्डले एमालेले तेस्रोपटक संसद वि घ ट न को प्रयास गरिरहेको बताए । उनले कुनै पनि हालतमा संसद वि घ ट न हुन नदिने दृढता व्यक्त गरे ।
एमसीसीका सन्दर्भमा बोल्दै अध्यक्ष प्रचण्डले आफुहरु विदेशी लगानी वा सहयोग आउनै नदिने पक्षमा नरहेको बताए ।
उनले भने, ‘विदेशी लगानी वा सहयोग आउनै नदिने भन्ने होइन, सहयोग लिनुपर्ने पक्षमा हामी छौ, तर एमसीसीको बारेमा हरेक पक्षसँग छलफल गरेर अगाडि बढ्न जरुरी छ ।’
यो पनि : गठबन्धनका दलहरुसँग छलफल गरेरै मिलिनियम च्यालेन्ज कर्पोरेसन(एमसीसी) संसद्मा प्रस्तुत गर्ने गृहमन्त्री बालकृष्ण खाँणले बताएका छन् ।
शनिबार गोरखा उद्योग वाणिज्य संघको ४६ औं वार्षिक साधारणसभा तथा १६ औं अधिवेशनको उद्घाटन समारोहलाई सम्बोधनका लागि गोरखा आएका खाँणले
पत्रकारसँग संक्षिप्त प्रक्रिया दिँदै एमसीसी नेपालले नै प्रस्ताव गरेको परियोजना भएकाले संसद्बाट पास गर्नुपर्ने बताए । ‘हाउसमा लैजाँदा साइत हेराउन पर्दैन, गठबन्धनसँग छलफल गर्नुपर्छ,’ उनले भने ।
नेपालले नै प्रस्ताव गरेको विकास परियोजना भएकाले एमसीसीको बारेमा सबैले सकरात्मक रुपमा लिनुपर्ने खाँणले बताए । ‘यो कुनै सैन्य गठबन्धन होइन, नेपालमा खास गरेर विद्युत ट्रान्सलेसन र
सडक निर्माण गर्ने गरिबी निवारण र रोजगार वृद्धिको परियोजना हामीले नै प्रस्ताव गरेको हो,’ उनले भने,‘एमसीसीले यो परियोजना स्वीकृत गरेको हो, सरकारले नै यो प्रस्तावलाई संसद्बाट स्वीकृत गर्ने प्रावधान राख्यो, त्यहि अनुसार स्वीकृत गर्नुपर्छ ।’ एमसीसी सम्झौता सदनबाट पास गर्ने प्रस्तावमा छलफल चलिरहेको उनले बताए ।
एमसीसी ऋण नभइ अनुदान भएकाले रकमको सदुपयोग हुन सकोस् भनेर कामना गर्नु सकरात्मक रहेको उनले बताए । ‘एमसीसी अनुदान हो, ऋण होइन, अनुदान नेपालमा आउँदा अमेरिकनहरुले आफ्नो नागरिकको ट्याक्सबाट पैसा पठाउने हो,’
उनले भने,‘उहाँहरुले जहाँ जहाँ अनुदान दिनुहुन्छ अनुदान रकम सदुपयोग होस् भनेर चासो र चिन्ता हो, दाता मुलुकले अनुदानले राम्रो प्रतिफल दियोस भनेर कामना गर्नु सकरात्मक नै हो ।’
त्यस्तै श्रंखलाबद्ध निर्वाचनका लागि निर्वाचन आयोगको कार्यतालिका अनुसार सरकारले तयारी र पूर्वतयारी गर्दै जाने खाँणले बताए । ‘स्थानीय र आम निर्वाचनको चर्चा चलिरहेको छ, निर्णय भइसकेको छैन,’
उनले भने,‘श्रंखलाबद्ध निर्वाचनका लागि हामी सबै तयार हुनुपर्छ, निर्वाचन गर्ने दायित्व निर्वाचन आयोगको हो, निर्वाचनमा सहयोग पुर्याउने दायित्व सरकारको हो, निर्वाचन आयोगले बनाएको प्रस्ताव अनुसार सरकारले तयारी गर्छ त्यसको लागि सरकारले समुचित तयारी र प्रबन्ध गर्दै जान्छ ।’
कांग्रेसका केन्द्रीय सदस्य सुरेन्द्रराज पाण्डेले जिल्लामा ठूला लगानीकर्ता भित्र्याउन पहल गरिदिन उद्योग वाणिज्य महासंघका पदाधिकारीसँग अनुरोध गरे । यसका लागि जिल्लामा लगानीको वातावरण वनाउन सहयोग गर्ने बताए ।





















